क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’लाई मातृशोक

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’लाई मातृशोक

आमा जानकी देवी उपाध्यायको आज १०० बर्षकाे उमेरमा निधन

काठमाडाैं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’लाई मातृशोक परेको छ।

अध्यक्ष वैद्यकी आमा जानकी देवी उपाध्यायको आज बेलुकी ५ः३० बजे १०० वर्षको उमेरमा घोराही उपमहानगरपालिका-१५ रतनपुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

दिवङ्गत उपाध्यायको आजै बेलुकी घोराही-१८ शङ्खेपीपलघाटमा  दाहसंस्कार गरिने बताइएको छ। उहाँका ७ छोरा र १ छोरी हुनुहुन्छ ।