क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको भातृ संगठन अखिल (क्रान्तिकारी)को जिल्ला भेला सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको भातृ संगठन अखिल (क्रान्तिकारी)को जिल्ला भेला सम्पन्न

४ आश्रीन बाँके ।
भाद्र १ र २ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको भातृ संगठन अखिल (क्रान्तिकारी)को जिल्ला भेला सम्पन्न भएको छ ।
अखिल (क्रान्तिकारी) विद्यार्थी केन्द्रीय सदस्य सुनिल सिंहको अध्यक्षतामा सम्पन्न भेलाका प्रमुख अतिथि पार्टी केन्द्रीय सचिवालय सदस्य दिपक शाही थिए भने विषेश अतिथी पार्टी केन्द्रीय सदस्य कृष्ण शाह थिए ।


अन्य अतिथिहरुमा विद्यार्थी केन्द्रीय कार्यालय सदस्य तथा ६ न. प्रदेश ईन्चारज दिपक विष्ठ, प्रदेश संयोजक रमेश र जिल्ला पार्टी नेताहरु सागर र जिवन थिए ।


प्रमुख अतिथि पार्टी केन्द्रीय सचिवालय सदस्य दिपक शाहीले भेलालाई बधाई तथा शुभकामना दिदै प्रत्येक नागरिकलाई आधारभुत शिक्षामा पहूँचको हक हुनेछ भन्ने ब्यवस्था धारा ३१ को उपधारा १ ले गरेको छ भने उपधारा २ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यामिक तहसम्मको शिक्षा निशुल्क पाउने हक हुनेछ भन्ने ब्यवस्था गरेको छ भन्दै उपधारा ३ मा अपाङ्गता भएका र आर्थिक रुपले बिपन्न नागरिकलाई कानून बमोजिम निशुल्क शिक्षा पाउने हक हुनेछ ब्यवस्था गरेको छ भने । यसै गरि उपधारा ४ मा दृष्टि बिहिन नागरिकलाई ब्रेनलिपि तथा बहिरा र स्वर बोलाई सम्बन्धि अपाङ्गता भएका नागरिकलाई सांकेतिक भाषाको माध्यामबाट कानून बमोजिम निशुल्क शिक्षा पाउने हक हुनेछ भनी स्पष्ट ब्यवस्था गरेको छ र यस्तै सोही धाराको उपधारा ५ मा नेपालमा बसोवास गर्ने प्रत्येक समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने, त्यसका लागी बिद्यालय तथा शैक्षिक सस्था खोल्ने र संचालन गर्ने हक हुनेछ भन्ने ब्यवस्था गरेको छ । यी उल्लेखित धाराहरु सवै लागू गर्न अब संधर्षको विकल्प छैन भन्दै आन्दोलन गर्न सवै विद्यार्थीलाई आवाहान गरे । भेलामा अन्य अतिथिहरुले पनि सम्वोधन गरेका थिए ।
भेलाले सुनिल सिंहको संयोजकत्वमा २५ सदस्यीय जिल्ला संगठन समिति र ८ सदस्यीय जिल्ला सचिवालय समेत गठन गरेको छ ।