जहाज दुर्घटना ः पत्रकार त्रिभुवन पौडेलसहीत मृतक संख्या ६८ पुग्यो, सोमबार राष्ट्रिय शोक घोषणा

जहाज दुर्घटना ः पत्रकार त्रिभुवन पौडेलसहीत मृतक संख्या ६८ पुग्यो, सोमबार राष्ट्रिय शोक घोषणा

१ माघ पोखरा ।
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी पत्रकार त्रिभुवन पौडेलसहीत मृतक संख्या ६८ पुगेको छ ।


नेपाल नागरिक उड्डयन प्राधिकरणका विमानमा चार जना चालकदलबाहेक महिला २५, पुरुष ३७, बालक ३ र शिशु ३ यात्रु रहेका थिए। हालसम्म मृतक संख्या ६८ रहेको छ ।
पोखराको विमानस्थल नजिकै सेती नदी खोँचमा यतीको ९एन–एएनसी एटीआर ७२ जहाज दुर्घटना भएको हो।
यसैबीच यती एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख जनाउँदै सरकारले भोलि (सोमबार) राष्ट्रिय शोक घोषणा गरेको छ ।
आइतवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् उपप्रधानमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो ।
यति एयरलाइन्सको विमान दुर्घटना परी पत्रकार त्रिभुवन पौडेल पर्वत कुस्मामा जन्मनुभएका पौडेल हाल पोखरा महानगरपालिका वडा नम्बर ११, फूलबारीमा बस्दै आउनुभएको थियो ।
उहाँ प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष र नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।
दिवगंत पौडेलका एक श्रीमती र एक छोरा छन् । पत्रकार पौडेलको शवलाई अहिले पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानमा राखिएको छ ।