
काठमाडौं । १३२ आैं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा एक वक्तव्य जारी गरी शुभकामना व्यक्त गरेकाे छ ।
महासंघका अध्यक्ष ईश्वर तिमिल्सिनाले जारी गरेकाे शुभकामना वक्तव्यमा भनिएक्काे छ, “विक्रम सम्वत २०७८ वैशाख १८ तदनुसार १ मई २०२१ संसारका श्रमिकवर्गका लागि गौरवको दिन हो । अमेरिकी श्रमिकवर्गले वीरता र वलिदानद्वारा पुँजीपतिवर्गद्वारा गरिदै आएको श्रमशक्तिको बर्बर शोषणका विरुद्ध विजय प्राप्त गरेको ऐतिहासिक दिनको स्मरण गर्नु र त्यसको आलोकमा श्रमिक आन्दोलनको बाटो तय गर्नुले विशेष अर्थ राख्दछ । १३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा देश विदेशमा कार्यरत श्रमिकहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं । श्रमिकवर्गको मुक्ति र परिवर्तनकालागी जीवन आहुती दिने महान शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै क्रान्तिकारी योद्धाहरुमा सम्मान, अभिवादन व्यक्त गर्दछौं । “































