श्रमक्षेत्रमा क्रियाशिल मजदुर सङ्गठनहरुद्धारा संयुक्त प्रेस विज्ञप्ति प्रकाशित

श्रमक्षेत्रमा क्रियाशिल मजदुर सङ्गठनहरुद्धारा संयुक्त प्रेस विज्ञप्ति प्रकाशित

४ श्रावण काठमान्डौ,
श्रमक्षेत्रमा क्रियाशिल मजदुर सङ्गठनहरुको बैठक बसी वर्तमानमा मजदुरमाथि भएका अन्याय तथा कोरोना भाइरस र त्यसको रोकथाम र नियन्त्रणका नाममा अपनाइएका गलत पद्दति र विधिका कारण श्रमिकहरुले व्यहोरिरहेका अनेकौ चुनौतिका सन्दर्भमा श्रमक्षेत्रमा क्रियाशिल सङ्गठनहरुको साझा धारणा सार्वजनिक गर्न एक संयुक्त विज्ञप्ति प्रकाशित गरेका छन्, जसको पूर्णपाठ तल दिइएकोछ–
संयुक्त प्रेस विज्ञप्ति
कोरोना भाइरस र त्यसको रोकथाम र नियन्त्रणका नाममा अपनाइएका पद्दति र विधिका कारण देसभित्र र वैदेशिक रोजगारीका क्षेत्रमा परेका सङ्कटका तथा श्रमिकहरुले व्यहोरिरहेका चुनौतिका सन्दर्भमा श्रमक्षेत्रमा क्रियाशिल सङ्गठनहरुको साझा धारणा सार्वजनिक गर्न यो संयुक्त विज्ञप्ति जारि गरेका छौं ।
१) बन्दाबन्दीका कारण श्रमबजारमा परेको गम्भिर असरका कारण श्रमिकहरुको जिबनमा परेका सङ्कटहरुको समाधानका लागि नेपाल सरकारका तर्पmबाट कुनै ठोस र प्रभावकारी कदम चालिएको छैन बरु सबै कुरा राम्रो भएकै प्रचार गरेर आनन्द लिइरहेको सन्दर्भप्रति रोषप्रकट गर्दै सरकारको ध्यानाकर्षण गर्न सङ्घर्षका साझा कार्यक्रमहरु बनाउने निर्णय गरियो ।
२) विश्वव्यापी सङ्कटका वेला श्रमिकहरुलाई सङ्कटतिर धकेलिदिएर आफु उम्कने उद्योगी व्यवसायीहरुको निर्मम चरित्रको विरोध गर्दै श्रमिकहरुको योगदानका कारण अतिरिक्र लाभ लिएर अकुत नाफाको सानो हिस्सा श्रमिकहरुलाई वितरण गर्नेभन्दा पनि वर्तमान श्रम कानुन, सामाजिकसुरक्षा कानुनलगायत ऐन नियमसमेतको खिल्लि उडाउँदै रोजगारी कटौति, तलब÷ज्याला कटौतिलगायतका काम गरेर श्रमिकविरोधि चरित्र प्रदर्शन गरिरहेको सन्दर्भमा त्यसको विरोध र भण्डाफोर गर्ने ।
३) देसका सबै श्रमबजारलाई सुचारु गर्न वातावरण बनाउने दायित्व सरकारको रहेको सन्दर्भमा त्यसतर्पm ठोस कदम चाल्न सरकारलाई दबाब बढाउने तथा हाल कायम रहेको सङ्कटपुर्ण अवधिमा सामाजिक सुरक्षाकोष परिचालन गरि श्रमिकहरुको रोजगारी, राहत तथा क्षतिपुर्तिकारुपमा नगद रकम उपलब्ध गराउन माग गर्ने ।
४) वैदेशिक रोजगारिको कमारोतुल्य श्रम बजारबाट श्रमिकहरुलाइ स्वदेसमा नै रोजगारी व्यवस्था गर्ने नितिलाइ लागु गर्न र तत्काल विदेसमा समस्या व्यहोरिरहेका श्रमिकहरुबारे ठोस योजना बनाउन दबाब सिर्जना गर्ने ।
५) होटल, रेष्टुरेण्टमा काम गर्ने श्रमिकहरुका सन्दर्भमा हान तथा केहि ट्रेड युनियनकाबिचमा भएको भनिएको सहमति श्रमिक विरोधि हुनुकासाथै विधि, प्रक्रिया र नियम कानुनका दृष्टिलेसमेत गलतरहेकोले खारेज गदै त्यसकाविरुद्ध सङ्घर्ष अगाडि बडाउने ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ
ईश्वर तिमिल्सिना
अध्यक्ष
नेपाल समाजवादी ट्रेड युनियन महासंघ
लालध्वज नेवाङ
अध्यक्ष
क्रान्तिकारी ट्रेड युनियन महासंघ
राजन तिमिल्सिना अध्यक्ष मेघबहादुर खत्री महासचिव
नेपाल प्रगतिशील नेपाल ट्रेड युनियन महासंघ
केदार गिरि
अध्यक्ष
नेपाल ट्रेड युनियन फेडेरेसन स्
गङ्गाराम खड्गी
अध्यक्ष
वतन्त्र ट्रेडयुनियन महासंघ, नेपाल
खगेन्द्र प्याकुरेल
अध्यक्ष