
पोखरा । नेकपा क्रान्तिकारी माओवादी प्रदेश ४ ले राष्ट्रघाती एमसीसी परियोजना हिन्द प्रशान्त रणनीतिको अंग भएकोले संसदबाट पारित नगर्न सम्पूर्ण सांसदहरुलाई अनुरोध गरेको छ ।
नेपाल र नेपाली जनतालाई दीर्घकालीन रुपमा असर पु¥याउने रणनीतिक महत्वको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट पारित गर्ने खतरा देखापरेको जनाउँदै क्रान्तिकारी माओवादी प्रदेश ४ का सेक्रेटरी केशबहादुर परियारले नेपालको स्वाधीनता र स्वतन्त्रताको रक्षा गर्न सम्पूर्ण नेपाली जनता एकजुट भएर लाग्नु पर्ने बेला आएको बताए ।
प्रदेश सेक्रेटरी परियारले विज्ञप्ति जारी गर्दै एमसीसीलाई संसदद्वारा पारित गराउन खोज्ने सरकारको प्रयत्नलाई विरोध गर्दैं त्यसको भत्सना गर्ने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ – राष्ट्रियता र सार्वभौमिकता तथा नेपालको परराष्ट्रनीति समेतमा आँच पुग्न नदिन सम्पूर्ण राजनीतिक पार्टीहरु, सांसदहरु, संघ ÷संस्थाहरु र सम्पूर्ण देशभक्त नेपाली जनता समक्ष हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ४ नं. प्रदेश समिति यो प्रेस बक्तब्य मार्फत र्हािर्दक अपील गर्दछौं ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटी नयाँ नक्सा जारी गर्नु नेपाली जनताको उपलब्धीः क्रान्तिकारी माओवादी
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले हालै लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटी नेपालको नयाँ नक्सा प्रकाशित गरी सार्वजनिक गर्ने काम यो नेपाल र नेपाली जनताको उपलव्धी भएको उल्लेख गर्दै कालापानी–लिपुलेक–लिम्पियाधुरा लगायतका सीमा बचाऔं अभियान क्रान्तिकारी माओवादीले निरन्तर सञ्चालन गर्दै आईरहेको समेत प्रदेश ४ का प्रदेश सेक्रेटरी केशबहादुर परियारले जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ – विगत लामो समयदेखि नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), संयुक्त मोर्चा देजमो नेपाल लगायत सम्पूर्ण स्वाभिमानी देशभक्त नेपाली जनताको संयुक्त संघर्षको उपलव्धीको रुपमा यसलाई लिनु पर्दछ । तर कालापानीमा दशकौदेखि नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामा हस्तक्षेप गरेर भारतले सैनिक अखडा जमाई रहेको छ । अहिले त्यहाँबाट तिब्बतको मानसरोबरसम्म पुग्ने बाटो नेपाली भूमिमा जबर्जस्ती बनाईरहेको छ । यो संन्दर्भमा भारतसँग निर्णायक रुपमा समस्या समाधान गर्न र नेपालको सम्पूर्ण अतिक्रमित भूमि फिर्ता र त्यहाँबाट भारतीय सेनालाई हटाउन सम्पूर्ण नेपाली जनता एकजुट भएर लाग्नु पर्ने स्थिति खडा भएको छ ।
कोरोना संक्रमणबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त
क्रान्तिकारी माओवादी कोरोना भाइरस अर्थात कोभिड १९ का कारण नेपालमा ज्यान गुमाएका ३ जना नेपाली प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ भने कोरोना संक्रमणका कारण आइसोलेशनमा बसेर उपचार गराई रहनु भएका सम्पूर्णको सिघ्र स्वस्थ्य लाभको कामना समेत गरेको छ ।
विज्ञप्तिमा कोरोना भाइरसको कारणले आज दुई महिनाको लकडाउन र फैलदो कोरोना संक्रमणको कारणले स्थिति असमान्य र भयावह बन्दै गएको उल्लेख गर्दै यस स्थितिमा सबैभन्दा बढी गरिव श्रमजीबी जनता, मजदुर किसान र श्रमिकहरुले अत्यन्तै ठूलो कठिनाईको सामना गर्नु परिरहेको स्थिति छर्लङ्ग बन्दै गएको यस्ता वर्गको विशेष सुरक्षामा सरकारसँग माग गरेको छ ।
प्रेस बक्तब्यको पूर्ण पाठ
नेपाल र नेपाली जनतालाई दीर्घकालीन रुपमा असर पु¥याउने रणनीतिक महत्वको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट पारित गर्ने खतरा देखापरेको छ । नेपालको स्वाधीनता र स्वतन्त्रताको रक्षा गर्न सम्पूर्ण नेपाली जनता एकजुट भएर लाग्नु पर्ने बेला आएको छ । राष्ट्रघाती एमसीसी परियोजना हिन्द प्रशान्त रणनीतिको अंग भएकोले संसदबाट पारित नगर्न सम्पूर्ण सांसदहरुलाई अनुरोध गर्दछौं । त्यसलाई संसदद्धारा पारित गराउन खोज्ने सरकारको प्रयत्नलाई विरोध गर्दैं त्यसको भत्सना गदछौं । राष्ट्रियता र सार्वभौमिकता तथा नेपालको परराष्ट्रनीति समेतमा आँच पुग्न नदिन सम्पूर्ण राजनीतिक पार्टीहरु, सांसदहरु, संघ ÷संस्थाहरु र सम्पूर्ण देशभक्त नेपाली जनता समक्ष हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ४ नं. प्रदेश समिति यो प्रेस बक्तब्य मार्फत र्हािर्दक अपील गर्दछौं ।
कोरोना भाइरसको कारणले आज दुई महिनाको लकडाउन र फैलदो कोरोना संक्रमणको कारणले स्थिति असमान्य र भयावह बन्दै गएको छ । तिन जनाको मृत्यु समेत भइसकेको छ । ती मृत्यु हुनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दछौं र शोकाकूल परिवारजनप्रति गहिरो समबेदना ब्यक्त गर्दछौं । कोरोना संक्रमणका कारण आइसोलेशनमा बसेर उपचार गराई रहनु भएका सम्पूर्णको सिघ्र स्वस्थ्य लाभको कामना गर्दछौं । यस स्थितिमा सबैभन्दा बढी गरिव श्रमजीबी जनता, मजदुर किसान र श्रमिकहरुले अत्यन्तै ठूलो कठिनाईको सामना गर्नु परिरहेको स्थिति छर्लङ्ग बन्दै गएको छ । भाइरसबाट कसरी जोगिने भन्ने अत्यन्तै गम्भीर प्रश्न खडा भएको छ भने अर्कोतिर भोक र रोगको भय बढ्दै गएको छ ।
हालै लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटी नेपालको नयाँ नक्सा प्रकाशित गरी सार्वजनिक गर्ने काम भएको छ । यो नेपाल र नेपाली जनताको उपलव्धी हो । कालापानी–लिपुलेक–लिम्पियाधुरा लगायतका सीमा बचाऔं अभियान हाम्रो पार्र्टीले निरन्तर सञ्चालन गर्दै आईरह्यो । विगत लामो समयदेखि नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), संयुक्त मोर्चा देजमो नेपाल लगायत सम्पूर्ण स्वाभिमानी देशभक्त नेपाली जनताको संयुक्त संघर्षको उपलव्धीको रुपमा यसलाई लिनु पर्दछ । तर कालापानीमा दशकौदेखि नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामा हस्तक्षेप गरेर भारतले सैनिक अखडा जमाई रहेको छ । अहिले त्यहाँबाट तिब्बतको मानसरोबरसम्म पुग्ने बाटो नेपाली भूमिमा जबर्जस्ती बनाईरहेको छ । यो संन्दर्भमा भारतसँग निर्णायक रुपमा समस्या समाधान गर्न र नेपालको सम्पूर्ण अतिक्रमित भूमि फिर्ता र त्यहाँबाट भारतीय सेनालाई हटाउन सम्पूर्ण नेपाली जनता एकजुट भएर लाग्नु पर्ने स्थिति खडा भएको छ ।
.
१. राष्ट्रघाती एमसीसी सम्झौतालाई संसदबाट पारित नगर्न र नेपाली जनता र राष्ट्रको भाग्य र भबिष्यमाथि खेलवाड नगर्न सम्पूर्ण सांसद र सरकारसँग जोडदार माग गर्दछौं ।
.
२. नेपालको स्वाधीनता र स्वतन्त्रतामाथि बढ्दो हस्तक्षेपको सन्दर्भमा सम्पूर्ण देशभक्त नेपाली जनता, राजनीतिक संगठन तथा दलहरु एक भएर स्वाधीनता, सार्वभौमिकता, अखण्डता र स्वतन्त्रताको निमित्त एकजुट हुन जोडदार माग गर्दछौं ।
.
३. कोरोना भाइरसको फैलदो महामारीबाट सम्पूर्ण नेपाली जनतालाई जोगाउन बढी प्रभावित जिल्ला र क्षेत्रका सम्पूर्ण नागरिकलाई तीब्र रुपमा पिसीआर टेस्ट गरी क्वारेण्टाइन वा आइसोलेशनमा राख्ने कार्यलाई ब्यापक बनाउन जोडदार माग गर्दछौं ।
.
४. भारत लगायत अन्य देशहरुबाट नेपाली श्रमिकहरु स्वदेशमा फर्कन चाहनेलाई र विदेशी भूमिमा अलपत्र परेकालाई फिर्ता ल्याइयोस् र उपयुक्त ब्यवस्था गरेर क्वारेण्टाइनमा राख्ने, स्वास्थ्य परिक्षण गर्ने र घर पठाउने वा आइसोलेशनमा राख्ने कुरालाई तीब्र पारियोस् र नेपाली नागरिकलाई नेपाल फर्किने र स्वदेश मै काम गर्ने सहज बातावरण बनाइयोस् ।
.
५. सुरक्षित र साबधानीपूर्बक उद्योगधन्धाहरु सञ्चालन गर्न सकिने बातावरण बनाउने र जनतालाई भोक र बेरोजगारीबाट मुक्त हुने स्थिति तत्काल सिर्जना गरियोस् ।
.
६. विगत लामो समयदेखि वृद्धा, बालबालिका, अपाङ्ग, एकल महिलालाई दिदै आएको सामाजिक सुरक्षा व्यवस्था अन्तरगतको भत्ता कटौती गर्ने काम यो सरकारले गरेको छ त्यो अत्यन्तै बेठिक र गलत काम हो । सरकारले सांसद विकास कार्यक्रम, सांसदको तलव भत्ता र कर्मचारीको तलव भत्ता कटौती गरेर सामाजिक सुरक्षा व्यवस्था अन्तरगतको भत्तालाई नियमित गरियोस् ।
.
७. सबै किसिमका भ्रष्टाचार, कालोबजारी, तस्करी र मुल्य बृद्धि रोक्न कडा कदम चालियोस् ।
क. किशोर
मितिः २०७७ । २ । ९ गते सेक्रेटरी
४ नं. प्रदेश समिति































