
काठमाडौं । नेपाल वैंकर्स असोसियसनले सरकारले सरकारी ढुकुटी खर्च नगरेकाले वैंकहरुमा ऋणको व्याज निकै बढ्न गएको कुरा खुलस्त गरेको छ । हालैका दिनहरुमा एक त वैंकहरु लगानी गर्न इच्छुक नदेखिएका र लगानी गरेका केही थोरै भागहरुमा पनि निकै चर्को व्याज लगाइएको छ । यसबाट उद्योगधन्दाका साथै साना तथा मझ्यौला कृषि तथा पशुपालन व्यवसायहरु पनि निकै ठूलो मर्कामा परेका छन् ।
जनताले अब सरकारलाई यसको जिम्मा लिन अनुरोध गर्न र प्रश्न गर्न पनि छाडिसकेका छन् । लगाानी गरेका सबै वैंकहरुले न्युनतम् सरदर १३ प्रतिशत भन्दा व्याज लिने गरेका छन् । यसका लागि वैंकरहरुले राष्ट्र वैंक जवाफदेही भएको बताएका छन् । तर राष्ट्र वैंकले मुख खोलेको छैन ।
अर्थविदहरुका अनुसार राष्ट्र वैंकको नाकैमुनि रहेका वैंकहरु त यति अनियमित र स्वेच्छाचारी बनेका छन् भने अरुको हालत के होला भनेर टिप्पणी गरिरहेका छन् । अरुहरुले पनि सरकारको नियमनकारी निकाय सक्रिय नहुँदा र वैंकहरुलाई छाडा छोडिदिंदा यस्तो अवस्थाको सिर्जना हुन गएको बताइरहेका छन् ।
आम जनताहरु त पछिल्लो चरणमा वैैंकहरुले ह्वात्तै बढाएको व्याज नै नतिरेर सरकारको मुख ताकिरहेका छन् । पहिले गाउँमा चलेको साहुमहाजनको सुदखोरी अब यी वैंकहरुबाट सुरु हुन थालेको आम जनताको गुनासो रहेको छ । वैंकहरुले पछिल्लो चरणमा २७ प्रतिशत व्याज बढाएका छन् ।































