काभ्रे । काभ्रको धुलिखेल–५ स्थित अरनिको राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।

बाँसघारीबाट धुलिखेलतर्फ जाँदै गरेको बा८३प ३३५४ नम्बरको मोटरसाइकललाई डाँडापारी जाँदै गरेको ना४ख ९२२१ नम्बरको बसले पछाडिबाट ठक्कर दिंदा मोटरसाइकलमा सवार धुलिखेल–३ कुत्तालका २० वर्षीय शन्त तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी दिपक गिरीले जानकारी दिए ।

हार्दिक शुभकामना !

मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन् । बस चालक र मोटरसाइकल चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको डीएसपी गिरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर