नेवाः राष्ट्रिय मुक्ति मोर्चाको बीसौं स्थापना दिवस भव्य रुपमा सम्पन्न (फोटोफिचर)

प्रकाशित मिति : २०७५ जेष्ठ ९

काठमाडौं । नेवा राष्ट्रिय मुक्ति मोर्चाको बीसौं स्थापना दिवस राजधानी सहर काठमाडौंको महाबौद्धस्थित मासंगल्लीमा रहेको प्रदीप्त पुस्तकालयको हलमा बुधबार भव्य रुपमा सम्पन्न भएको छ । आज भन्दा बीस वर्ष पहिले यही हलमा एक भव्यभेलाको आयोजना गरी मोर्चाको स्थापना गरिएको थियो ।

बीसौं स्थापना दिवस कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव कमरेड मोहन वैद्य किरण र अतिथिहरुको रुपमा पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीस, पिविएमद्वय कमल चौधरी, सीताराम तामाङ, नेवा मोर्चाका सल्लाहकारहरु सूर्यबहादुर नकर्मी, महेशमान श्रेष्ठलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

महासचिव किरणले मैनबत्ति बालेर उद्घाटन गर्नुभएको उक्त कार्यक्रमको अध्यक्षता नेवाः राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन मोर्चाका महासचिव सुरेश श्रेष्ठले गर्नुभएको थियो । नेता गोर्की श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।

महासचिव किरण लगायत वक्ताहरुले नेपालको सङ्घीयता आफैमा प्रष्ट नभएको र यो सारसंग्रहवादी सोचबाट आएको भन्दै प्रदेशहरु पहिचान र सामथ्र्यको आधारमा बन्न नसकेको हुनाले साच्चै पहिचान र सामथ्र्यका आधारमा प्रदेश निर्माण गर्ने हो भने कम्तिमा ११ देखि १४वटासम्म प्रदेशहरु बनाइनुपर्ने विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मोर्चाका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
यहाँ राजेन्द्र रञ्जितले आफ्नो क्यामेरामा कैद गर्नुभएको कार्यक्रमका तस्बीरहरुलाई फोटो फिचरको रुपमा प्रस्तुत गरिएको छ ।