काठमाडौं । चार विद्यार्थी संगठनले संयुक्त वक्तव्य जारी गर्दैै फागुन २१ गतेको संसदीय निर्वाचन बहिस्कार गर्न सार्वजनिक अपिल गरेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष महेश श्रेष्ठ, नेकपा बहुमत निकट अखिल क्रान्तिकारीका अध्यक्ष विरेन्द्र शाह, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपालका अध्यक्ष हिमांशु र अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराई संयुक्त रुपमा प्रेस वक्तव्य जारी गर्दै यस्तो अपिल गरेका हुन् ।
वक्तव्यमा भनिएको छ, “देशको स्वाधीनतामाथि ठाडो वैदेशिक हस्तक्षेपबीच साम्राज्यवादको डिजाइनमा कठपुतली सुशीला कार्की नेतृत्वमा हुने कथित निर्वाचनमा सहभागी नबन्न र सशक्त बहिष्कार गर्न आमजनसमुदायमा हार्दिक अपिल गर्दछौं ।”
वक्तव्यमा निर्वाचन बहिस्कार आन्दोलनको क्रममा गिरफ्तार गरिएका नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला लगायतका नेताहरु, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पिबिएम सोमानसिंह तामाङ, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य नरेन्द्र बहादुर रिजाल, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवम् विद्यार्थी नेता बासुदेव बुढा र नरेन्द्र विकलाई यथाशीघ्र ससम्मान रिहाईको जोडदार माग गरिएको छ ।
वक्तव्यमा अगाडि भनिएको छ, “शैक्षिक क्षेत्रको आमूल रूपान्तरण, भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना, वैदेशिक हस्तक्षेपको अन्त्य र राष्ट्रिय स्वाधीनताको रक्षार्थ हामी संयुक्त विद्यार्थी संगठन निरन्तर संघर्षरत छौं । देशमा फागुन २१ गते हुन गइरहेको दलाल संसदीय पूँजीवादी व्यवस्थाको निर्वाचनबारे हाम्रो स्पष्ट धारणा छ कि यस निर्वाचनले देशलाई अग्रगमनको दिशामा डोऱ्याउन सक्दैन । दुई वर्ष पछाडि हुने निर्वाचन दुई वर्ष अगाडि गरेर तिनै नयाँ र पुराना अनुहारका भ्रष्ट र ठगहरूको संसदीय वैधता पुन: नविकरण गर्नु मात्रै हुनेछ । जो विगतदेखि नेपाली जनताहरूले गरिरहेको संघर्ष र जेन जी आन्दोलनको मर्म, भावना र उद्देश्य विपरीत हुनेछ । अहिले जेन जी आन्दोलनको अपहरणबाट निर्मित सरकारले निर्वाचन बहिष्कार गर्ने, निर्वाचनमा सहभागी नबन्ने र फरकमत राख्नेहरूप्रति दमनको नीति अख्तियार गरेको छ । कुनै पार्टी, संगठन वा विचारधारामा आस्था भएको वा फरक मत राखेकै आधारमा गिरफ्तार गरिनु लोकतान्त्रिक मुल्यमान्यताको चिरहरण, मानव अधिकारको गम्भीर उलंघन र अभिव्यक्ति स्वतन्त्रतामाथिको बन्देज हो । यसप्रकारको सरकारी श्वेत आतंक प्रति घोर भत्सर्ना र कडा निन्दा व्यक्त गर्दछौं ।
यहीँ फागुन २१ गते हुने भनिएको कथित निर्वाचन बहिष्कारको नेतृत्व गरिरहेका पार्टीहरू क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा ९बहुमत०, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र पार्टी सम्बद्ध जबस मोर्चाका नेताकार्यकर्तामाथि राज्यले चरम दमन गरिरहेको छ । जस अन्तर्गत नेकपा ९बहुमत० का महासचिव कमरेड धर्मेन्द्र बास्तोला ुकञ्चनु लगायतका नेताहरु, नेकपाका अध्यक्ष कमरेड ऋषि कट्टेल ९हाल बन्दी प्रत्यक्षीकरणको रिटपछि रिहा०, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पिबिएम कमरेड सोमानसिंह तामाङ, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य कमरेड नरेन्द्र बहादुर रिजाल, अखिल ९क्रान्तिकारी० का केन्द्रीय सदस्य एवम् विद्यार्थी नेता क। बासुदेव बुढा र क। नरेन्द्र विकलाई कथित निर्वाचन बहिष्कारको आरोपमा अपहरणशैलीमा गिरफ्तार गरिएको छ । त्यति मात्रै होइन मुद्दा लड्ने अधिवक्तामाथिको धरपकड, जेन जी नेता सुप्रीया नेपाली लगायतको गिरफ्तारीले राज्यको हिंसात्मक अशान्ति मच्चाउने हिंस्रक चरीत्र उदाङ्गो भएको छ । निर्वाचन विरूद्ध फरकमत राखेर संघर्षको क्रममा गिरफ्तार नेताकार्यकर्ता र अन्य सबैको यथाशीघ्र ससम्मान रिहाईको जोडदार माग गर्दछौ । राज्यको यसप्रकारको हिंसा भडकाउने प्रवृत्तीबारे गम्भीर बनेर मानव अधिकारको रक्षा र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पहलकदमी लिन नागरिक समाज, मानव अधिकारवादी संघसंस्था, बुद्धिजीवी लगायत सबैमा आग्रह गर्दछौ । देशको स्वाधीनतामाथि ठाडो वैदेशिक हस्तक्षेपबीच साम्राज्यवादको डिजाइनमा कठपुतली सुशीला कार्की नेतृत्वमा हुने कथित निर्वाचनमा सहभागी नबन्न र सशक्त बहिष्कार गर्न आमजनसमुदायमा हार्दिक अपिल गर्दछौं ।”
































