कञ्चन गाउँपालिकामा निर्वाचन बहिस्कार कार्यक्रम तीव्र

कञ्चन गाउँपालिकामा निर्वाचन बहिस्कार कार्यक्रम तीव्र

 

 

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकाको हनुमान नगर ,हरैया, वागेश्वरी चोक लगायतका स्थानहरुमा कोण सभा पर्चा वितरण र जनभेटघाट कार्यक्रमसहित निर्वाचन बहिस्कार कार्यक्रम सञ्चालन गरिएको छ ।

कोण सभाहरुमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका रुपन्देही जिल्ला सचिव लक्ष्मीकान्त पौडेल र क्रान्तिकारी महिला संगठनका सचिवालय सदस्य लक्ष्मी न्यौपानेले सम्बोधन गर्नु भएको थियो । उक्त कोणसभाको सञ्चालन पार्टीका जिल्ला सदस्य मनिराम सापकोटाले गर्नु भएको थियो ।