फाल्गुन १२ दाङ ः क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ४ नं. ब्यूरो अन्तर्गत दाङको घोराही उप महानगरपालिकास्थित प्रदेश निर्वाचन कार्यालय कम्पाउण्डमा कालो ब्यानर राख्ने कार्यक्रम सम्पन्न भएको छ । साथै पार्टीले ४ नम्बर ब्युरो अन्तर्गत पर्ने दाङसहित ६ वटै जिल्लामा फागुन २१ गतेको संसदीय निर्वाचनकालागि उम्मेदवारी दिएका उम्मेदवारहरुलाई आफनो उम्मेदवारी फिर्ता लिन पत्राचार गरेको छ ।
पार्टीका अनुसार हाल आयोजना गरिएको प्रतिनिधि सभा निर्वाचन राष्ट्रिय समस्या समाधान गर्ने उद्देश्यका लागि नभई साम्राज्यवादी शक्तिहरूको स्वार्थअनुसार अघि बढाइएको दाबी गरिएको छ । यस्तो निर्वाचनमार्फत जुनसुकै दलको सरकार बने पनि देशको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र जनहितका मुद्दा समाधान नहुने पार्टीको ठहर छ ।
उम्मेदवारलाई पठाएको पत्रमा भनिएको छ— निर्वाचन बहिष्कारको कार्यनीति वर्तमान परिस्थितिमा वस्तुगत र आवश्यक भएको उल्लेख गर्दै सबै उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिई बृहत् राष्ट्रिय राजनीतिक सम्मेलन आयोजना गर्ने, वर्तमान कठपुतली सरकार विघटन गर्ने र उक्त सम्मेलनमार्फत स्वाधीन संयुक्त सरकार गठन तथा जनसंविधान निर्माण को प्रक्रियामा सहयोग गर्न आग्रह गर्दछौँ । पार्टीका क्षेत्रीय ब्युरो इन्चार्ज समीरका अनुसार ४ नम्बर क्षेत्रीय ब्यूरो अन्तर्गतका जिल्लाहरूमा यहीे सोमबार देखि उम्मेदवारहरूलाई प्रत्यक्ष भेटेर चिठी बुझाउने, राजनीतिक सन्देश स्पष्ट पार्ने र बहिष्कारको औचित्यबारे जानकारी गराउने कार्यक्रम सञ्चालन भइरहेको छ । अभियानलाई आगामी दिनहरूमा थप सशक्त बनाइने र अन्य क्षेत्रहरूमा पनि विस्तार गरिने जनाइएको छ ।
पत्रको पूर्ण पाठ तल दिइएको छ ः

































