काठमाण्डौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला सचिव अर्घाखाँचीका जिल्ला सचिव राजेन्द्र नेपालीलाई प्रहरीले पक्राउ गरेको जानकारी प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) अमर बहादुर थापाले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका जिल्ला सचिव राजेन्द्र नेपालीलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । अर्घाखाँची सन्धिखर्कमा निर्वाचन बहिस्कार सम्बन्धी पर्चा बाँडिरहेको अवस्थामा पर्चा सहित पक्राउ गरिएको डिएसपीको भनाइ रहेको छ । वहाँलाई जिल्ला प्रहरी कार्यालय सन्धीखर्कमा राखिएकोमा आजै रिहा गरिएको जानकार िप्राप्त भएको छ ।
































