संसारमा कहीं पनि वास्तविक प्रजातन्त्र र मानव अधिकारको रक्षाको रट संविधान र कानुनी पन्नाहरुमा मात्र सीमित भएका हुन्छन् । प्रजातन्त्रको नाममा चार वर्षे या पाँच वर्षे चुनावको नाटक मञ्चन चाहिं गर्छन् । साम्राज्यवादी, विकसित पुँजीवादी तथा सैनिक जुन्टाहरुले पनि चुनाव गरेर आफूलाई प्रजातन्त्रवादी देखाउने ढोङ् गर्छन् । साम्राज्यवादी तथा विकसित पुँजीवादी मुलुकहरुमा राष्ट्रपति र प्रधानमन्त्री करोडपति अरबपति मात्र हुन्छन् । करोडपति अरबपति नभए पनि धनाढ्यहरुले महंगो चुनाव खर्च चन्दा दिएर जिताउँछन् । अरबपतिहरुले जितेपछि आफ्नो स्वार्थ अनुसार कठपुतली जस्तै नचाउँछन् । वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफै फोर्ब पत्रिकाका ९विश्वका धनाढ्यहरुको सम्पत्ति विवरण सार्वजनिक गर्छ० अनुसार सेप्टेम्बर २०२५ सम्मको सम्पत्ति ७।३ अरब अमेरिकी डलर छ । जब कि ट्रम्पको २०२४ मा ३।९ अरब अमेरिकी डलर मात्र थियो । जुलाई १९८९ मा फोबर्स अनुसार ट्रम्पको सम्पत्ति १।५ अरब अमेरिकी डलर थियो । राष्ट्रपति भएपछि सौगात , ऋण र अन्यबाट राष्ट्रपतिको सम्पत्तिमा दिन दुना रात चौगुनाले बढ्दै जान्छ । ट्रम्पको क्रिप्टो करेन्सीको अरबौंको तथ्यांक अलग छ । राष्ट्रपति हुनुभन्दा पनि अहिले नै कर छली गर्ने झुटको खेती गर्ने भनेर कुख्याती कमाएका अर्बपति हुन् । साम्राज्यवादी तथा विकसित पुँजीवादी मुलुकहरुका धनाढ्यहरु कर छली गर्नमा माहिर हुन्छन् र शासक भए पछि अरु शक्तिशाली धनाढ्य बन्छन् ।
जति ठूलो पुँजीपति बन्दै जान्छ त्यति ठूलो बजारको आवश्यकता पर्छ । एकाधिकार, सिन्डिकेट, कार्टेल, ट्रस्ट तथा कर्पोरेशनहरुको निर्माण पुँजीपतिहरुले गर्छन् । यस्ता संगठनहरु कानुनी बाटोबाट मात्र हिंड्दैनन्, बरु जालझेल गर्दै गैर कानुनी बाटोमा हिंड्छन् र अकुत नाफा कमाउँछन् । मोटो नाफा कमाउन शासन सत्तामाथि अधिकार जमाउनु अत्यावश्यक हुन्छ । आप्mनो देशको आवश्यकता भन्दा बढी माल उत्पादन भएपछि त्यो माल गोदाममा थुपारेर बेफाइदा हुने हुनाले त्यो बिक्री गर्न बाह्य मुलुकहरुलाई उपनिवेश बनाउनु अति जरुरी हुन्छ ।
पुँजीवादको उत्पत्ति पश्चिमी यूरोपबाट भएको हो । विशेष गरेर इंग्ल्याण्डमा सामन्तवाद र व्यापारवादबाट ९मर्कान्टालिजमबाट० विकास भएर १८ औं शताब्दी तिर औद्योगिक क्रान्ति भयो । इंग्ल्याण्डले १६ औं शताब्दीमा नै यसले व्यापारी पुँजी उपनिवेशहरुको शोषण गर्न लगाएको थियो । ब्रिटिश साम्राज्यवादको विकास र विस्तार १९ औं शताब्दीमा भयो । बेलायती साम्राज्यमा कहिल्यै घाम नअस्ताउने भनाई नै व्यापक रुपमा प्रचार थियो । बेलायती साम्राज्य अमेरिका, अफ्रिका, एसिया र ओसेनियासम्म फैलिएको थियो । जुन विश्व युद्धपछि विस्तारै स्वतन्त्र हुँदै गए । साम्राज्यवादीका समर्थक लेखकहरुले ब्रिटिश सत्ताले उपनिवेशहरुको समृद्धि र सभ्यतामा ठूलो योगदान गरेको बताउँछन् । जब कि साम्राज्यवादीहरुको उपनिवेशहरुको विकास नभएर सभ्यताको विनास, बर्बर शोषण, उत्पीडन र क्रुर बर्बर दमन मात्र हो भन्ने सत्यलाई ढाकछोप हो । इंग्ल्याण्ड एउटा सानो मुलुकले साम्राज्य विस्तार रानी एजिाबेथ प्रथमको समयमा ई। १५०० को आखिरीतिर प्रारम्भ भएको थियो । ब्रिटिश साम्राज्यको अन्त्य २० औं शताब्दीमा भयो ।
अमेरिकी साम्राज्यवादको उदय १९ आंै शताब्दीबाट राजनैतिक, आर्थिक र सैन्य शक्ति मजबुत भएपछि स्पेनिस अमेरिकी युद्धपति फिलिपिन्स, प्यूर्टो रिकोमाथि अधिकार जमाएपछि ल्याटिन अमेरिकामा पनि प्रभाव जमायो । अमेरिकाले सैन्य शक्तिको डर त्रासको धम्की दिन शुरु ग¥यो । सामुद्रिक सैन्य शक्तिद्वारा क्युवा माथि अधिकार जमाउने प्रयास नगरेको हो । त्यस बखत सोभियत युनियनले आणविक शस्त्र प्रयोग गर्ने धम्की दिएकाले क्युवामाथि आक्रमण गर्ने हिम्मत अमेरिकाले गरेन । १९६२ मा सोभियत संघले गोप्य रुपमा अमेरिकादेखि ९० माइलको दुरीमा आणविक मिसाइल तैनाथ गरेको थियो । क्युवाको मिसाइल संकट अक्टोबर १६ देखि २८ अक्टोबर १९६२ सम्म रह्यो । क्युवालाई घुँडा टेकाउन अमेरिकाले १९६२ देखि लगाएको प्रतिबन्ध हालसम्म जारी छ । अमेरिकाले १८४८ मा पेरिस सन्धि अन्तर्गत अमेरिकी भूमि बनाउन सफल भयो । अमेरिकाले फुल्जेन्सिओ बाटिस्टालाई हातहतियारहरु,रुपियाँहरु पैसाका साथै क्युवामा सैनिक तानाशाही सत्ता संचालन गर्ने जिम्मा दियो । बाटिस्टाले क्युवामा १९५२ देखि १९५८ सम्म शासन ग¥यो । बाटिस्टाको सत्ता पल्टाउने क्यास्ट्रोलाई मान सत्ता पल्टाउने र अनुमानित ६३८ पटक सिआइएद्वारा १९६० देखि २००० सम्म प्रयास ग¥यो।
अमेरिकाको विश्व प्रभुत्वको सपना, अमेरिका पहिलो एक ध्रुवीय सपना चीनको आर्थिक, प्राविधिक, सैन्यशक्ति तथा राजनैतिक प्रभावले गर्दा बहु ध्रुवीयमा परिणत भएको छ । ब्रिक्सको निर्माण र त्यसका सदस्य राष्ट्रहरुले आ–आफ्ना मुद्रामा कारोबार गर्नुले पनि अमेरिकी डलरको प्रभुत्व कम हुँदै गएको छ । सबैभन्दा ठूलो मानव अधिकार र प्रजातन्त्रको संरक्षक भएको दावी गर्ने साम्राज्यवादी अमेरिकालाई विश्वका सम्पूर्ण शान्तिप्रेमी, प्रजातन्त्रवादी र मानव अधिकार पक्षधर जनता तथा अमेरिकी श्रमजीवी जनता पनि घृणा गर्दछन् । बेलायती साम्राज्यवादीको उपनिवेश भएको अमेरिका साम्राज्यवादी भएपछि बेलायती साम्राज्यवादीको पदचिन्ह पछ्याउँदैछ । बेलायती साम्राज्यवादी बाइबल र बन्दुक लिएर उपनिवेश बनाउँथ्यो भने अमेरिकी साम्राज्यवादी एनजिओ, आइएनजिओ, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैंक, एसियाली विकास बैंकद्वारा एसिया, अफ्रिका तथा ल्याटिन अमेरिकी मुलुकहरुलाई आफ्नो हैकम कायम गर्दै आएको छ ।
अमेरिकी साम्राज्यवादी शक्तिले मानव अधिकार, प्रजातन्त्र, लागु पदार्थ उत्पादन र अमेरिका निर्यातको नाममा कम्युनिस्टको नाममा, आक्रमण, आतंक, हत्या र सत्तापलट र आफ्नो साम्राज्यवादी नीतिको समर्थक, प्रतिक्रियावादी, सामन्तवादी जुन्टा तानाशाहहरुलाई सत्ता सुम्पँदै आएको छ । विगतमा आफूले नै हातहतियार र तालिम दिएको तालिवानीसँग मतभेद हुँदा २० वर्षसम्म अमेरिकाले युद्ध ग¥यो । त्यस अफगान युद्धमा अमेरिका तथा नेटोका ३,४८६ सेना मारिएका थिए । अमेरिकी साम्राज्यवादीले कोरियाली, भियतनामी र अफगान युद्धमा लाजमर्दो हार बेहोरेको छ। साम्राज्यवादी कसैको पनि मित्र हुन सक्दो रहेनछ भन्ने तथ्य हालै ग्रीनल्याण्डलाई अमेरिकाले अमेरिकाको अधीनमा राख्ने घोषणाले नाटोका सदस्य राष्ट्रहरु आक्रोशित बनेका छन् । ५७,००० जनसंख्या भएको ग्रीनल्याण्डमाथि अधिकार जमाउन ट्रम्प लागि पर्नुको पछाडि ग्रीनल्याण्डमा रहेको ठूलो परिमाणमा दुर्लभ पृथ्वी खनिज पदार्थ हो । दुर्लभ ९रायर अर्थ इलिमेन्ट आरइई,० खनिज पदार्थ ९० प्रतिशत चीनमा रहेकोले चीनमाथि अमेरिका निर्भर छ । यसकारण राष्ट्रपति ट्रम्प ग्रीनल्याण्डलाई अमेरिकाको अधीन गर्न आतुर छन् ।
निर्लज्ज खुँखार नरभक्षी अमेरिकी साम्राज्यवादीले अरु सार्वभौम सत्ता सम्पन्न राष्ट्रहरुलाई अनेकौं झुटमुठको आरोप लगाएर आक्रमण आम नरसंहार गरेर शासनसत्ता आफ्नो कठपुतली शासकलाई सुम्पिनु र त्यहाँ रहेका खनिज पदार्थ र प्राकृतिक स्रोत र कच्चा पदार्थको चरम रुपले दोहन गरेर त्यहाँका जनतालाई चरम गरिबी, भोकमरी र रोगी बनाएर छोड्नु मानव अधिकारको रक्षा गरेको वयानबाजी गर्छ । आफ्नै देशका अमेरिकी नागरिकमा काला र गोराका बीचमा चरम भेदभाव गर्दै आएको छ । अमेरिकी जेलमा विश्वको जेलहरुमा भन्दा ठूलो संख्यामा बन्दीहरु छन् । बन्दीहरुमा काला बन्दीको संख्या अत्यधिक छ भने गोराहरुको संख्या कम छ । बन्दीहरुलाई शारीरिक, मानसिक कुनै पनि किसिमको यातना दिन कानुनमा लेखिए पनि जेलमा राखिएका बन्दीहरुलाई नङमा पीनले घोच्ने, कुटन्े, पिट्ने, अंगभंग गर्ने, बलात्कार गर्ने, औषधोपचार नगर्ने र तड्पीतडपी मार्ने गरिन्छ । अमेरिकामा बन्दीहरुको संख्या करिब १० लाख ८० हजार छन् । ९क० राज्यको जेलमा १० लाख भन्दा बढी बन्दी छन् । ९ख० संघीय जेलमा करिब १५६००० छन् । ९३० इन्डियन काउन्टी जेलमा २,३४० ९२०२३० ९स्रोतः व्यूरो अफ जस्टिस स्टाटिस्टिक ० चीनमा १।६९ मिलियन बन्दी छन् । ९२०२५०
मानवअधिकार र प्रजातन्त्रको ठेकेदार अमेरिकाको क्युवाको ग्वान्तानामो वेल जेलमा दिइने यातनाबारे सानो चर्चा गरौं जुन साम्राज्यवादीकै संचारमाध्यमले नै प्रकाशित गरेको थियो ।
९१० आतंकवादीको आशंकामै गिरफ्तार गरिएका बन्दीहरुलाई निर्दयतापूर्वक कुट्नु, घुस्सा हान्नु लात्तै लात्ताले हिर्काउनु, पर्खालमा जोरले टाउको ठोक्नु र टाउको फुटाल्नु र पागल बनाउनु। धेरैपटक वाटर बोर्डिङ दिनु,
९२० बन्दीलाई निदाउन रोक्ने एक दिन मात्र होइन एक हप्तासम्म सुत्न निदाउन नदिन हल्ला मचाउनु, उज्याला बत्तिहरु बाल्नु, ठूलठूलो स्वरले बाजा बजाउनु,
९३० बन्दीलाई ज्यादै गरम गर्नु कहिले ज्यादै चिसो भूईमा नांगै चिसो पारेर सुताउनु, मुस्लिम बन्दीलाई धार्मिक रुपले अपमानित गर्न कुरानलाई चर्पीमा राख्नु, बन्दीहरुलाई सास फेर्न र चल्न ओर्कन फर्कन नहुने गरेर मुर्दा राख्ने बाकसमा बन्द गरेर यातना दिनु आदि शायद अन्तर्राष्ट्रिय कानुन अनुसार यो जघन्य अपराध हो ।
अमेरिकालाई स्वर्ग सम्झेर मानव अधिकारवादी र प्रजातान्त्रिक अधिकारको रक्षा हुने सम्झेर लाखौं खर्चेर श्रम बेच्न ज्यान जोखिममा राखेर अमेरिका पुग्ने आप्रवासीलाई साम्राज्यवादी अमेरिकाले पासविक तरिकाले हतकडी नेल लगाएर अमेरिकाबाट निकाल्दै आएको छ । दशकौंदेखि अमेरिकामा बसेका आप्रवासीलाई पनि निकाल्दै छ । आफ्ना सामान पनि ल्याउन रोक लगाउँदै हतकडी लगाएर निस्कासन गर्दै आएको छ ।
आफ्ना सामान त के आफ्ना छोराछोरीसम्मलाई पनि सँगै लैजान दिएको छैन । आफ्नो सन्तानबाट विछोडिनुको पीडा कति कष्टदायी हुन्छ । त्यो वयान गर्न सकिंदैन । अमेरिकाबाट निकालिने सबैलाई आपराधिक गतिविधिमा लागेको आरोप लगाइएको छ । जब कि तीन भागमा एक भाग पनि आपराधिक गतिविधिमा लागेका छैनन् । आइसिइ अफिसरहरुले आप्रवासीहरुलाई सुङगुरलाई झै अपमानित गर्ने गर्छन्, अमेरिकामा मानव अधिकारको रक्षा होइन दानवीय व्यवहारको रक्षा हो । तीन सन्तानकी आमा रेनी निकोली गुड जो प्ुरस्कार विजेता कवयत्री थिइन । उनलाई आइसिई अफिसरले उनको कारमा गोली हानेर हत्या गरेपछि अमेरिकाका विभिन्न सहरहरुमा आप्रवासीहरुले त्यसका विरुद्ध प्रदर्शनहरु गरे । आइसिईले रेनी निकोली गुडलाई आतंकवादी भनेर मारेको जनाउँदै आफ्नो बचाउ ग¥यो । मार्ने अफिसरलाई राष्ट्रपति ट्रम्पले बचाउ गर्दै हिरो भनेर प्रशंसा गरे । गुडको हत्या मिलियोपोलिसमा भएको थियो ।
उपरोक्त विवरणले के छर्लङ हुन्छ भने अमेरिकी साम्राज्यवादीको देशमा कस्तो विधिको सत्ता हुँदोरहेछ । साम्राज्यवादीका लागि मानवीय संवेदनशीलता मानवीय प्रेम, मानवीय मूल्य मान्यता र सामूहिक कर्तव्य भन्ने तत्व कै पूर्ण आभाव पाइन्छ । यसकारण ठूला पुँजीपतिकै मूल्य मान्यता हुन्छ र अन्य सर्वसाधारण जनताको जीवन झिंगाको जस्तै सम्झन्छन् र आम नरसंहार गर्नु सामान्य घटना मान्दछन् । यस्ता नरभक्षीहरुका अन्याय, अत्याचार, शोषण, उत्पीडन र हस्तक्षेपबारे जानकारी गराउँदै साम्राज्यवादका विरुद्ध संघर्ष गर्न एक हुनु आजको आवश्यकता हो ।































