फुर्नाम्गेल मोक्तानको संयोजकत्वमा ३५ सदस्सीय समिति गठन

फुर्नाम्गेल मोक्तानको संयोजकत्वमा ३५ सदस्सीय समिति गठन

 

 

ललितपुर । तामाङ राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय भेलाले फुर्नाम्गेल मोक्तानको संयोजकत्वमा ३५ सदस्सीय राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको छ ।

भेला २०८२ माघ ९गते ललितपुरमा सम्पन्न भएको हो ।

 

भेलाले सह संयोजकमा रङगवीर दोङ र शुरेश तामाङ रहनु भएको छ भने सदस्यहरुमा बाबुलाल लोप्चन,रवि तामाङ, कान्छामान थिङ, मंगल तामाङ, धनबहादुर तामाङ, ज्ञानबहादुर तामाङ, पदम तामाङ, डम्बर तामाङ, सुवाङ मोक्तान ,जुवान सिङ तामाङ , चन्द्र बहादुर तामाङ, इन्द्र बहादुर तामाङ, कान्छी थिङ, रामकुमार दोङ , भिम तामाङ र अस्मिता गोले रहनु भएको छ । बाँकी रहेका सदस्यहरु पछि पूर्ति गर्ने निर्णय पनि भएको छ । भेलाले ५ जनाको कार्यालय गठन गरेको छ ।

भेलापछि तत्काल बसेको बैठकले १ वर्ष भित्र भव्य रुपमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय गर्दै मोर्चाको संयोजक फुर्नाम्गेल मोक्तानले वैठक समापन गर्नु भएको छ।