क्रान्तिकारी कम्युनिष्ट पार्टी सुनवलद्वारा चुनाव बहिष्कार गर्न सहित अपिल पर्चा वितरण

क्रान्तिकारी कम्युनिष्ट पार्टी सुनवलद्वारा चुनाव बहिष्कार गर्न सहित अपिल पर्चा वितरण

नवलपरासी २५ पौष – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सुनवल नगर संगठन समितिले संसदीय निर्वाचन बहिष्कार गर्न अपिल गर्दै घरदैलो कार्यक्रम शुरु गरेको छ । सुशिला कार्की नेतृत्वको कठपुतली सरकार खारेज गरेर स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्ने र त्यसले मात्र देशको राजनीतिक गतिरोध अन्त्य हुने पार्टीको ठहर रहेको नगर संयोजक प्रेम रिमालले जानकारी दिए ।
पार्टी केन्द्र, ब्युरो, जिल्ला र नगरको बैठकले निर्वाचन बहिष्कारको योजना बनाएकोले निर्वाचन बहिष्कारको अपिल गर्दै घरदैलो अभियान संचालन गरेको रिमालको भनाई छ । पार्टीले सुनवल ७ र ८ का केही टोलहरुमा शनिवार घरदैलो गरेको जनाएको छ ।
संसदीय निर्वाचनले श्रमिकवर्गको हित चुनावले गर्न नसक्ने भएकोले निर्वाचन औचित्य नभएको उनले बताए । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय, जिल्ला सदस्य रवि पुन , नेवाः मुक्ति मोर्चाका केन्द्रीय सदस्य चन्द्रमान मानन्धर पार्टीका नगर सदस्यहरु हिमलाल भण्डारी, प्रकाश बास्तोला , क्रान्तिकारी किसान महासंघका गोबिन्द अधिकारी , बिजय चापागाई लगायतले घरदैलोमा सहभागी भएर जनतालाई मत दिन नजान आग्रह गरेका थिए । उनीहरुले पार्टीको झण्डा सहित बहिष्कारको पर्चा समेत लिएर घरघरमा आब्हान गरेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।