यो शिर्षकमा लेख लेख्दा एक पटक फेरी महान लेनिनले गरेको तत्कालिन साम्राज्यवादको विश्लेषण ताजा बनेर आएको छ । उक्त विश्लेषणमा उहाँले ‘साम्राज्यवाद के हो ?’ भन्ने सवालमा काउट्स्की र अन्य अवसरवादीहरूद्धारा निर्माण गरिएको भ्रमलाई स्पष्ट पार्ने कोशिस गरेको पाइन्छ । यसको उत्तर दिनका लागि, उहाँले सुस्पष्ट पार्नु भएको छ कि पुँजीवादको एउटा विशिष्ट ऐतिहासिक चरण साम्राज्यवाद हो । यसका विशिष्ट विशेषताहरुलाई उहाँले तीन वटा भागमा बाँडनु भएको छ ः साम्राज्यवाद भनेको (१) एकाधिकार पुँजीवाद; (२)परजीवी, अथवा कुहिएको पुँजीवाद; र (३) मरणासन्न पुँजीवाद अथवा मृत्यु शैयामा परेको पुँजीवाद ।
यसरी साम्राज्यवादका विशिष्ट तीन वटा विशेषताहरु बिश्लेषण गर्दै उहाँले एकाधिकारद्धारा स्वतन्त्र प्रतिष्पर्धाको विष्थापन आधारभूत आर्थिक वनावट, साम्राज्यवादको मर्म वा गुँदी हो भन्नु भएको छ ।
अहिले अमेरिकी साम्राज्यवादको नाइके ट्रम्पको नेतृत्वमा अमेरिकी साम्राज्यवाद बौलाएको छ । उसको दिमागमा लेनिनले भनेको एकाधिकार पुँजीवाद सवार भएको छ । लेनिनले एकाधिकार पुँजीवाद पाँच प्रमुख रूपहरूमा आफैलाई स्पष्ट गर्दछ भन्नु भएको छ र ती हुन ः (१) कार्टेलहरू, सिण्डिकेटहरू र प्रष्ठिानहरू – उत्पादनको केन्द्रीकरण एउटा डिग्रीमा पुगेको छ जसले पुँजीवादीहरूका यी एकाधिकारवाला संगठनहरू जसले अन्य प्रतिष्पर्धावालाहरूलाई मास्न आपसमा गठजोड गर्दछन् । तिनीहरूले मूल्यहरू तोक्छन्, आफूहरूबीचमा उत्पादन भाग गर्दछन् र बजारमा आउने र सफल हुँदै अन्य अरूलाई रोक्नका लागि व्यवस्थापनहरू र सम्झौताहरू बनाउछन् । तिनीहरूले आर्थिक जीवनमा एउटा निर्णायक भूमिका खेल्छन् ।
(२) ठूला बैंकहरूको एकाधिकारवादी पोजिशन र एकाधिकार औधोगिक पुँजी र बैंक पुँजीको मर्जरमार्फत आर्थिक पुँजीको निर्माण – लेनिनको समयको दौरान यो पहिले नै लेभलमा पुगिसकेको थियो जहाँ तीन, चार वा पाँच ठूला बैंकहरूले प्रमुख औधोगिक देशहरूमा समग्र आर्थिक जीवनलाई कुशलतापूर्वक सञ्चालन गरेका थिए ।
(३) पुँजीको निर्यात जसले विशेष महत्व प्राप्त गर्दछ– यो बनावट जुन गैर एकाधिकार पुँजीवाद अन्तरगत सामानहरूको निर्यातबाट भिन्न छ त्यो विश्वको आर्थिक र राजनीतिक विभाजनसित नजिकै हुने गरी जोडिएको छ ।
(४) अन्तराट्रिय कार्टेलहरूद्धारा विश्वको आर्थिक विभाजन – लेनिनको समयमा त्यहाँ पहिले नै एकसयभन्दा बढी यस्ता अन्तराट्रिय कार्टेलहरू थिए, जसले समग्र विश्वबजारलाई कमाण्ड गर्दथे र यसलाई तिनीहरू आफै बीचमा एउटा ‘मित्रतापूर्ण तरिकाले’ भाग लगाउदथे । वास्तवमा यो ‘मित्रता’केबल अस्थाई मात्रै हुन सकथ्यो र बजारको एउटा पुनःविभाजनका लागि जवसम्म युद्ध हूँदैनथ्यो त्यसवेलासम्म टिक्दथ्यो ।
(५) सबैभन्दा ठूला पुँजीवादी शक्तिहरूबीच विश्व(उपनिवेशहरू)को भू–भाग(राजनीतिक) विभाजन– विश्वका सबै पिछडिएका देशहरूको उपनिवेशिकरणको यो प्रक्रिया साम्राज्यवादको उदयको समयमा आधारभूत रूपले पुरा गरियो । अन्य अरू ज्यादा उपनिवेशहरू युद्धमार्फत विश्वको पुन विभाजन गरेर मात्रै पाउन सकिनथ्यो ।
मथि उल्लेखित बनावटहरूका आधारमा, लेनिनले साम्राज्यवादलाई निम्न तरिकाले परिभाषित गर्नु भएको छ ः “ साम्राज्यवाद विकासको त्यो चरणमा पुँजीवाद हो, जसमा एकाधिकारहरूको प्रभुत्व र आर्थिक पुँजीले आफैलाई स्थापित गरेको छ; जसमा पुँजीको निर्यातले उल्लेखनीय महत्व प्राप्त गरेको छ;जसमा अन्तराष्ट्रिय ट्रष्टहरूका बीचमा विश्वको विभाजन सुरू भएको छ; जसमा ग्लोबको सबै भूभागहरूको विभाजन सबैभन्दा ठूला पुँजीवादी शक्तिहरूबीच पुरा भएको छ ।”
तत्थ्य यो हो कि साम्राज्यवाद परजीवी वा कुहिएको पुँजीवाद हो जुन सर्बप्रथम मरणशील छ भन्नेमा स्पष्ट थियो, जुन उत्पादनको साधनहरूको नीजी स्वामित्वको प्रणाली अन्तरगत प्रत्येक एकाधिकारको विशेषता हो । स्वतन्त्र प्रतिष्पर्धा अन्तरगत द्रुत फैलावट तुलना गरेर हेर्दा, त्यहाँ एकाधिकार अन्तरगत उत्पादन समग्रमा तल झर्नका लागि एउटा प्रवृति हुन्छ । प्राविधिगत प्रगतिलाई निरूत्साहित गरिएको छ र नयाँ खोजहरूमाथिको विशेष अधिकारहरू जानाजानी दवाइएको छ ।
माक्र्सको पुँजीवादको गतिको नियमहरूको विश्लेषण स्वतन्त्र प्रतिष्पर्धात्मक पुँजीवादको त्यो चरणमा पर्दछ, जहाँ एउटा ठूलो संख्याका पुँजीवादी उत्पादकहरूले बजारमा प्रतिष्पर्धा गर्दथे । तै पनि उहाँले केहि हदसम्म पुँजीको केन्द्रीकरणको प्रक्रिया विश्लेषण गर्नु भएको थियो । उहाँ यद्धपि पुँजीवादमा एउटा नयाँ चरण–साम्राज्यवादी चरण, देख्नका लागि आवश्यक पर्ने लामो समयसम्म बाच्नु भएन ।
यो २०सौ शताब्दीको सुरूमा घटयो र यो लेनिनको जिम्मेवारी भित्र पर्न गयो ताकि उहाँले यो प्रक्रियाको विश्लेषण गरोस । १८९७–९८मा लेनिनले पुँजीवादी विश्व बजारको विकासको केहि सुरूको विश्लेषण गर्नु भएको पाइन्छ तर साम्राज्यवादको पुरा विषयमा विश्लेषण गरेको पाइदैन । यद्धपि पहिलो विश्व युद्धको सुरूसंगै जुन युद्ध साम्राज्यवादका कारणले भएको थियो र युद्धको आर्थिक आधार र सर्वहाराका लागि राजनीतिक पूर्व घटनाहरूको प्रभाव बुझनका लागि साम्राज्यवादको पुरा विश्लेषण गर्नु आवश्यक थियो ।
यो प्रश्न सबैभन्दा ज्यादा जरुरी सन १९१५मा भयो जब दोस्रो अन्तराष्ट्रियका अवसरवादी र संशोधनवादी नेता, कार्ल काउटसकीले साम्राज्यवादमाथि एउटा किताब लेखे, जसमा उनले तर्क गरे कि विश्व आर्थिक प्रणाली ‘उग्र–साम्राज्यवाद’ तर्फ बढिरहेको थियो जहाँ स्थिरता हुने छ र युद्धको खतरा हुने छैन् । उनको बहस र केही मानिसका जस्तो थियो जसले वर्तमान भूमण्डलीकरणको विश्लेषण गर्दछन् र तर्क गर्दछन् कि, बहुराष्ट्रिय समूहहरू र कर्पोरेसनहरूको वृद्धि र सबै देशहरूमा उनीहरूको पुँजी फैलावटको कारणले बहुराष्ट्रियहरूले युद्धलाई विरोध गर्ने छन् र त्यहाँ त्यसकारणले एउटा विश्व युद्धको खरता छैन् । प्रथम विश्व युद्धका दौरानमा प्रस्तुत गरिएको यो सिद्धान्तले साम्राज्यवादको गलत चित्र दियो । काउट्स्कीद्धारा प्रस्तुत गरिएको यस्तो एउटा गलत सिद्धान्त जसलाई त्यो समयमा माक्र्सवादको प्रमुख सिद्धान्तकारका रूपमा स्विकार गरिएको थियो, लेनिनव्दारा यो सिद्धान्तको विरोध गरिनु र सहि बुझाइको प्रस्तुत गर्नु पूर्णत सही थियो । दोस्रो अन्तराष्ट्रियद्धारा निर्माण गरिएको भ्रमलाई अन्तराष्ट्रिय मजदुर वर्गको आन्दोलनका अगाडि स्पष्ट पार्न, सही विश्लेषण दिन र सही कार्यनीतिहरू प्रस्तुत गर्न आवश्यक थियो । यो गर्नका लागि लेनिनले १९१६मा लगातार अनुसन्धान गर्नु भयो र उहाँको प्रशिद्ध काम, साम्राज्यवाद, पुँजीवादको सबैभन्दा उच्च चरण उत्पादन गर्नु भयो । यो प्रमुख कामको अलवा उहाँले यो आधारभूत आर्थिक विश्लेषणलाई सर्वहाराको कार्यनीतिहरूसित जोडदै घेरै अरू लेखहरू पनि लेखको पाइन्छ ।
लेनिनले गरेको तत्कालिन साम्राज्यवादको विश्लेषणमा प्रथम साम्राज्यवाद परजीवी वा कुहिएको पुँजीवाद हो जुन सर्बप्रथम मरणशील छ भन्नेमा स्पष्ट थियो, जुन उत्पादनको साधनहरूको नीजी स्वामित्वको प्रणाली अन्तरगत प्रत्येक एकाधिकारको विशेषता हो । स्वतन्त्र प्रतिष्पर्धा अन्तरगत द्रुत फैलावट तुलना गरेर हेर्दा, त्यहाँ एकाधिकार अन्तरगत उत्पादन समग्रमा तल झर्नका लागि एउटा प्रवृति हुन्छ । प्राविधिगत प्रगतिलाई निरूत्साहित गरिएको छ र नयाँ खोजहरूमाथिको विशेष अधिकारहरू जानाजानी दवाइएको छ ।
दोस्रो पुँजीवादको सडेको किरायदारहरू, पुँजीवादीहरूको एउटा विशाल तहको निर्माणमा सुस्पष्ट पारिएको थियो, जो काम नगरी तिनीहरूले लगानी गरेकोमा सिर्फ व्याज अथवा डिभिडेण्डबाट तिनीहरूको कमाइको आधारमा प्राप्त कमाईबाट बाच्छन् ।
तेस्रो पुँजीको निर्यात परजीवीवादी छ र एउटा उच्च विन्दुमा पुगेको छ किनभने यसको अर्थ पिछडिएका देशहरूको सस्तो लेबरको खुल्ला शोषण हो ।
चौथो, आर्थिक पुँजीले स्वतन्त्रताका लागि नभई, दवावका लागि संघर्ष गर्छ । साम्राज्यवादको एउटा विशेष वनावट समग्र लाइनभरी राजनीतिक प्रतिक्रिया हो । विशाल स्केलमा भ्रष्टाचार, घुस र सबै प्रकारका धोखाधडी सामान्य हुन्छन् ।
पाचौ, उत्पीडित राष्ट्रहरूको शोषण र विशेषगरी ‘ठूला’ शक्तिहरूका एउटा मुठ्ठिभरद्धारा उपनिवेशहरूको शोषणले पिछडिएका राष्ट्रहरूमा सयौ लाखौका शरिरमा एउटा परजीवीभित्र साम्राज्यवादी विश्व बढदो रूपले रूपान्तरण भइरहेको छ । यो त्यो चरणमा पुगेको छ जहाँ साम्राज्यवादी देशहरूमा सर्वहाराको एउटा विशेषाधीकार प्राप्त माथिल्लो तहका उपनिवेशहरूमा सयौको लाखौ खर्चमा पछि रहन्छ ।
साम्राज्यवाद मृत्यु शैयामा सुतेको पुँजीवाद हो किनभने यो समाजवादमा जानका लागि सक्रमणमा रहेको पुँजीवाद हो । एकाधिकार, जुन पुँजीवादबाट विकसित हुन्छ, पहिले नै मरिरहेको पुँजीवाद हो, यसको सक्रमणको सुरू समाजवाद हो । साम्राज्यवादद्धारा लेबरको अत्यधिक समाजवादीकरणले उही परिणाम उत्पादन गर्दछ । उत्पादनको सामाजिक चरित्र र स्वामित्वको नीजी चरित्र बीच पुँजीवादको आधाभूत अन्तरविरोधले दझ ज्यादा मात्रै घेरै तीव्र प्राप्त गर्छ । यसरी लेनिन भन्नु हुन्छ, “ साम्राज्यवाद सर्वहाराको सामाजिक क्रान्तिको उत्सव हो । साच्चे लेनिनले भनेझै ट्रप्मको नेतृत्वमा बौलाएको अमेरिकी साम्राज्यवादको अन्त्य सर्वहाराको सामाजिक क्रान्तिको सूरुवातसंगैको एउटा महान उत्सव हुने छ ।































