स्वाधीन संयुक्त सरकारको माग गर्दै बनेपामा क्रान्तिकारी कम्युनिस्ट पार्टीको जनसभा सम्पन्न

स्वाधीन संयुक्त सरकारको माग गर्दै बनेपामा क्रान्तिकारी कम्युनिस्ट पार्टीको जनसभा सम्पन्न

बनेपा । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको १० नं ब्युरोको आयोजनामा काभ्रे जिल्लाको बनेपामा जनसभा सम्पन्न भएको छ । सुशिला कार्की नेतृत्वको सरकार खारेज गरेर स्वाधीनन संयुत्त सरकार गठनको माग गर्दै बनेपामा जनसभा सम्पन्न भएको हो ।

पार्टीका सिन्धुली जिल्ला ईन्चार्ज भरत वुर्जा मगर को अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थायी समिति सदस्य सीताराम तामाङले सम्बोधन गर्दै शुसिला कार्की नेतृत्वको सरकार गठन भएपछि नेपालको राष्ट्रियता झन संकटमा परेको बताउनुभयो । जेन्जि आन्दोलन हाईज्याक गरेर साम्राज्यवाद र विस्तारवादले नेपाली स्वाभिमानमाथि हस्तक्षेप भएको भन्दै तामाङले अबको निकास स्वाधीन संयुत्तm सरकार गठन गरेर मात्र समाधान हुने दावी गर्नुभयो ।

दोलखा सेक्रेटरी गोविन्द काफ्लेले उद्घोषणमा सम्पन्न भण्डाफोर कार्यक्रममा व्युरो इन्चार्ज सुरेश श्रेष्ठले विदेशी हस्तक्षेप बढ्दै जाँदा नेपालको स्वाधीनता संकटमा परेको भन्दै साम्राज्यवादले नयाँ नयाँ दलाल तयार गरेर आफ्नो स्वार्थ पुरा गरिहेको बताउनुभयो । श्रेष्ठले स्वाधीन संयुत्तm सरकार गठन अहिले नेपाली जनताको उत्तम विकल्प भएको भन्दै उहाँले अग्रगमनको पक्षमा संयुत्तm मोर्चा निर्माणमा जोड दिनुभयो ।