काठमाडौं । जेनजी विद्रोहपछि मुलुकमा उत्पन्न राजनीतिक संकटको निकासका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले साम्राज्यवाद र विस्तारवादविरोधी राजनीतिक शक्तिहरुका बिच राष्ट्रिय राजनीतिक सम्मेलन र सोही सम्मेलनबाट वर्तमान कठ्पुतली सरकारको विघटन गरी स्वाधीन संयुक्त सरकार गठनको बटमलाइन अगाडि सारेको छ । सो पार्टीले आफ्नो बटमलाइन अनुसारको परिस्थिति निर्माणका लागि देशव्यापी संघर्षको कार्यक्रम समेत घोषणा गरेको छ ।
वर्तमान राजनीतिक संकटबाट निकासका सन्दर्भमा सो पार्टीको केन्द्रीय कार्यालयले जारी गरेको सार्वजनिक अपिलमा भनिएको छ, “साम्राज्यवाद र विस्तारवाद विरोधी सबै राजनीतिक दल, संगठन, समूह तथा व्यक्ति–व्यक्तित्वहरुको राष्ट्रिय राजनीतिक सम्मेलन, वर्तमान कठपुतली सरकारको विघटन र उक्त सम्मेलनद्वारा गठित स्वाधीन संयुक्त सरकार आजको तत्कालीन राजनीतिक निकास हो ।”
राष्ट्रिय राजनीतिक सम्मेलनबाट गठन गरिने स्वाधीन सरकारका विषयमा भनिएको छ, “यसप्रकारको सरकारले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, जनजीविका तथा जनवादका समस्या हल गरी अग्रगमनको बाटो खोल्ने छ । यसका लागि जुन हदसम्म नीतिहरु मिल्न सक्छन्, त्यो हदसम्म विभिन्न पार्टी, संगठन, समूह तथा व्यक्तिहरुका बीचमा संयुक्त मोर्चा बनाएर तलसम्म जनतालाई आन्दोलित बनाउनु आजको आवश्यकता हो ।”
अपिलमा भनिएको छ, “त्यसैले हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले संयुक्त आन्दोलन अगाडि बढाउन चाहन्छ । यसै सिलसिलामा पार्टीले साम्राज्यवाद, विस्तारवाद, प्रतिगमन, यथास्थितिवाद र भ्रष्टाचारका विरोधमा यही कार्तिक २३ गतेको पत्रकार सम्मेलनदेखि मंसिरसम्म चरणबद्ध कार्यक्रम गर्न गइरहेको छ । यस अभियानमा सहभागी हुन र यसलाई विविध प्रकारले सहयोग गर्न हामी सम्पूर्ण देशभक्त वामपन्थी तथा जनवादी शक्तिहरु तथा मजदुर, किसान, व्यापारी, युवा, विद्यार्थी लगायत सबै तह र तप्काका जनतालाई हार्दिक अपील गर्दछौं ।”
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ‘साम्राज्यवाद, प्रतिगमन तथा यथास्थितिवादको विरोध गरौं !, स्वाधीन संयुक्त सरकार गठन गरौं !!’ भन्ने मूल नाराका साथ देशव्यापी संर्षको घोषणा समेत गरेको छ । घोषित कार्यक्रम अनुसार कात्तिक २८ गत्ते (आज) गाउँ तथा नगरपालिका केन्द्रित जनसभा गर्ने, मंसिर १ गते देशव्यापी पर्चा वितरण गर्ने, मंसिर ७ गते महेन्द्रनगर, धनगढी सुर्खेत, घोराही, बुटवल, बागलुङबजार, पोखरा, भरतपुर, विदुर, काठमाडौं, धुलिखेल, विरगञ्ज, धनुषा, गाइघाट, धरान र विराटनगरमा जनसभाहरु गर्ने, मंसिर महिनाभरि भ्रष्टाचारी र दलालहरुको





























