संयुक्त मोर्चा र राष्ट्रिय मुक्ति : मालेमावादी दृष्टिकोणमा वर्तमान परिस्थिति

संयुक्त मोर्चा र राष्ट्रिय मुक्ति : मालेमावादी दृष्टिकोणमा वर्तमान परिस्थिति

संयुक्त मोर्चा : तीन जादुगरी हतियार

संयुक्त मोर्चा क्रान्तिकारी रणनीतिको आधारभूत साधन हो । यसले मुख्य शत्रु—साम्राज्यवाद, सामन्तवाद र नोकरशाही पूँजीवाद—विरुद्ध श्रमिक, किसान, मध्यम वर्ग र राष्ट्रिय शक्ति समेट्ने एकीकृत मोर्चा निर्माण गर्ने रणनीतिक अवसर दिन्छ । सर्वहारा वर्गका महान गुरु कार्ल माक्र्स र एङ्गेल्सले कम्युनिष्ट घोषणा पत्रमा उल्लेख गर्नुभएको छ : “संसारका श्रमिकहरू, एकताबद्ध होऔं ! तिमीले गुमाउनुपर्ने अरु केही छैन।” यसले स्पष्ट पार्दछ कि वर्गीय ऐक्यबद्धता नै क्रान्तिको मूल आधार हो वर्गीय ऐक्यबद्धता विना क्रान्ति सम्भव हुदैन । लेनिनले यसलाई थप ब्याख्या र समृद्ध बनाउदै भन्नुहुन्छ “गतिविधिको विविध क्षेत्रमा गैर–कम्युनिस्टहरूसँग गठबन्धन बिना, कुनै पनि सफल कम्युनिस्ट निर्माणको प्रश्न नै उठ्न सक्दैन । ”
यसले देखाउँछ कि मोर्चा केवल अस्थायी युक्तिगत सहकार्य हो, विचारधारागत आत्मसमर्पण होइन । चीनियाँ क्रान्तिको क्रममा माओले संयुक्त मोर्चालाई तीन जादुगरी हतियारको रूपमा व्याख्या गर्नुभयो । उहाँले क्रान्तिकारी पार्टी, जनसेना, र संयुक्त मोर्चालाई थप बिकसित बनाउदै लेख्नुहुन्छ “साम्राज्यवाद र सामन्तवादलाई उखेल्न मजदुर वर्गको नेतृत्वमा सबै क्रान्तिकारी वर्गहरूको संयुक्त मोर्चा आवश्यक छ ।
नेपालको समाज बहुवर्गीय छ । हिजो अर्ध–औपनिवेशिक समाजका लागि यो दृष्टिकोण प्रत्यक्ष सन्देश थियो । आज नव औपनिबेशिक हाम्रो मुलुकमा क्रान्ति अपरिहार्य बन्न गएको छ । क्रान्तिकारी माक्र्सवादी सौन्र्दय चिन्तक मोहन बैद्य किरणले नेपाली क्रान्तिको आवश्यकता माथि जोड दिदै भन्नुहुन्छ “नेपालका जनता … हामीमाथि धेरै विश्वास गर्दैनन् ..मुख्यतया हाम्रो एकताको अभावका कारण । प्रतिरोधको वैकल्पिक मञ्चको रूपमा हामीमाथि जनताको विश्वास जगाउन हामी  एकजुट हुनुपर्छ।”
उहाँकै नेतृत्वमा तात्कालिन नेकपा(क्रान्तिकारी माओवादी) नेकपा(बहुमत)को महत्वपुर्ण हिस्सा र नेकपा(मशाल) २०८१ मंसिर १३ देखि २३ सम्म एकता महाधिबेशन सम्पन्न भएका छन् । साथमा वर्तमान अवस्थामा रणनैतिक मोर्चाका रुपमा क्रान्तिकारी संयुक्त मोर्चा नेपाल, कार्यनीतिक मोर्चाका रुपमा राष्ट्रिय क्रान्तिकारी मोर्चा र ११ गैरसंसदवादी पार्टीबीचको संयुक्त मोर्चा क्रियाशिल हुदै सामाज्यवाद बिरुद्धको मोर्चा समेत निर्माणाधीन छ ।
कृष्णदास श्रेष्ठले पनि स्वाधीनता र मुक्ति बारे विश्लेषण गर्दै भन्नुहुन्छ –“राष्ट्रिय स्वाधीनता र वर्गमुक्ति संघर्षबाट मात्र सम्भव छ ” । नेपालमा २०८२ भाद्र २३ र २४ गतेको जेनजी बिद्रोह पछि राजनैतिक अवस्था निकै तरल बन्दै गएको छ । दलाल संसदीय ब्यवस्था भित्रकै शासकीय स्वरुपमा परिर्वतनको वकालत गर्दै जेनजी बिद्रोह भएको थियो ।
वर्गीय मुक्ति आन्दोलनलाई भम्र पैदा गर्न उमेर समुहमा बिभाजन गर्दै सुशासन र सामाजिक संजाल बन्द गर्ने सरकारी रबैयाको बिरुद्ध उठेको जेनजी बिद्रोहलाई भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादले योजनाबद्ध तरिकाले उपयोग गरे । नेपालको वर्तमान राजनीतिक परिदृश्यमा सुशिला कार्की नेतृत्वको सरकार व्यवहारतः इन्डो–पश्चिमी शक्तिहरूको कठपुतली सरकारको रूपमा रहेको छ । स्वतन्त्र तिब्बतका नाममा संचालित पृथकतावादी आन्दोलनको निर्देशक अमेरिकी साम्राज्यवाद र क्षेत्रीय संरक्षक भारतीय विस्तारवाद हो । यी दुवैका रुचिहरु यस सरकारमा नांगो रुपमा देखिन्छ ।
“नेपालमा अमेरिकी तथा भारतीय विस्तारवादी शासकवर्गको स्वार्थ बाझिएको, तिनको दलाली गर्ने नेपालका विभिन्न स्वार्थ समूहहरुका बीचमा आपसी अन्तरर्विरोध रहेको र सेनाको दबाबमा पनि राष्ट्रपतिले अडान लिएका कारण तत्काल प्रतिगमनले स्पष्ट आकार ग्रहण गर्न सकेन । यस प्रकारको तरल स्थितिमा सुशिला कार्कीको नेतृत्वमा यथास्थितिवादी सरकार गठन हुन पुगेको छ । यो सरकार मुख्यतः अमेरिकी तथा भारतीय शासकवर्ग र तिनका नेपाली दलालका बिचको अन्तरिम सम्झौताको परिणाम हो । ” साथै, युरोपियन राष्ट्रहरूले आर्थिक, राजनैतिक र आईएनजिओ मार्फत हस्तक्षेप गर्दै नेपालमा आफ्नो रणनीति लागू गर्ने प्रयास गरिरहेका छन् । पछिल्लो समय बारबरा फाउण्डेसन, हामी नेपाल र टिओबी जस्ता गतिबिधि यसका प्रमाण भएका छन् ।

स्वतन्त्र तिब्बत आन्दोलन र चीनविरोधी  गतिविधिहरूले नेपालको भूराजनीतिक संवेदनशीलता समेत बढाएको छ । भारत–चीन सीमाप्रदेशको रणनीतिक अवस्थिति र नेपालको भू–राजनीतिक लोकेशनले यी विदेशी गतिविधिहरूलाई अझ संवेदनशील बनाएको छ । यस्ता तमाम चुनौतीहरूलाई सम्बोधन गर्न मालेमावादी दृष्टिकोण आवश्यक भएको छ — देशभक्त, क्रान्तिकारी जनवादी र वामपन्थी शक्तिहरूबीच व्यापक संयुक्त मोर्चा, राष्ट्रिय राजनीतिक सम्मेलन र संघर्षको बलमा स्वाधीन संयुक्त सरकार गठन । यसै मार्गले वर्तमान प्रतिक्रियावादी संविधान खारेज गरी जनसंविधान निर्माणको दिशामा दृढतापूर्वक अघि बढाउन सकिन्छ । साथै, नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै बैज्ञानिक समाजवादमा लागि श्रमजिवी जनताको एकता र धुब्रीकरणमा समेत हामीले जोड दिनुपर्छ ।

निष्कर्षमा, संयुक्त मोर्चा केवल गठबन्धन होइन, यसलाई मालेमावादी दृष्टिकोणले बुझ्नु आवश्यक छ । यो जनसङ्घर्षको एक महत्वपुर्ण साधन हो । बर्तमान अवस्थामा राष्ट्रिय स्वाधीनता र वर्गीय मुक्ति आन्दोलन एक सिक्काका दुई पाटा बन्न गएको छ । हामीले आत्मगत अवस्था बृद्धि गर्दै,संसारभर भएका न्यायपुर्ण बिद्रोहका साथै जेनजी बिद्रोहको अनुभवबाट सिकेर सबै प्रकारका तयारी गर्न सके मात्र वर्तमान संकटको समाधान गर्दै अग्रगामी बाटोमा देशलाई नेतृत्व गर्न सक्छौ ।

स्रोत सूचीः

  • Karl Marx & Friedrich Engels, The Communist Manifesto, 1848.
  • I. Lenin, Left-Wing Communism: An Infantile Disorder, 1920.
  • Mao Zedong, Selected Works, Vol. II.
  • Mao Zedong, “On the New Democracy”, 1940.
  • Krishna Das Shrestha, Janandolan ra Vargiya Rajniti.
  • Mohan Baidya ‘Kiran’, Interview, org, 2018.
  • Human Rights Watch (2023), China and Tibet in South Asia.
  • ORF Analysis (2024), India–Nepal Relations and Western Aid Politics.
  • Le Monde (2025), Generation Z Revolt in Kathmandu.
  • Financial Times (2025), Foreign NGOs and Political Influence in Nepal
  • Analysis and synthesis of the Revolutionary Communist Party of Nepal on the GenZ Movement -Moolbato.com (2025)