नेपालीमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सञ्चालन भएको महान् जनयुद्धको विकासले प्रतिक्रियावादी सत्ता र सेनाको विकल्पका रूपमा वैकल्पिक जनसत्ता र वैकल्पिक जनमुक्तिसेना स्थापना गरेको थियो । नेपाली समाजका परम्परागत समग्र मूल्य मान्यता माथि प्रहार केन्द्रित गरी त्यो सबैलाई भत्काएर नयाँ मूल्य मान्यता स्थापित गर्दै जान सफल भएको थियो । सँगसँगै जनकम्पू, जनसहकारी, जनवादी शिक्षालय, स–साना उद्योगहरू जनसत्ताद्वारा स्थापित र सञ्चालित भैरहेका थिए । अस्थायी आधार इलाका स्थायी तर्फ मजबुत हुँदै गैरहेका थिए । विडम्बना ती सबै–सबै उपलब्धीहरू नेतृŒवले धोका दिएर गद्दारी गरेर विगतमा जस्तै देशीविदेशी प्रतिक्रियावादीसँग आत्मसमर्पण गरेर सम्झौता गरी संसदीय आहालमा डुबुल्की मार्न पुगे र युद्धजनित प्रप्त उपलब्धी समाप्त पार्दै लगियो ।
ती सबै परिवर्तन उपलब्धीहरूमा महान् जनयुद्धमा होमिएका नेपाली आमाका सर्वोत्तम छोराछोरीहरू महान् जनयोद्धा–जनमुक्ति सेनाहरूको अहम् भूमिका नै अग्रणी रहेको थियो । योद्धाहरूको उच्च साहस, त्याग तथा समर्पणका किर्तिमानी गाथा निर्माण गर्न सफल भएकाहरू “जसले बाँच्न लायक उही हुन्छ जो सधैँ मर्न तयार हुन्छ” भन्ने दार्शनिक मान्यता स्वीकार गरी निरन्तर अगाडि बढे उनैको मात्र इतिहासमा लेखिन्छ । त्यो क्रममा धेरै विष्मयकारी घटनाहरू घटे हजारौंले सहादत प्राप्त गरे ।
अन्तर्राष्ट्रिय रूपमा नै मालेमावादी क्रान्तिकारी कम्युनिस्ट पार्टीको हरेक औपचारिक कार्यक्रमहरूमा ती महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने गरिन्छ । ती हरेक क्षणहरूमा जनयुद्धकै प्रथम सहिद दिलबहादुर रम्तेल, सुरेश वाग्ले, क. बासु सबै–सबै र महान् जनयुद्धका चितवन जिल्लाका प्रथम सहिद उत्तर कुमार गुरुङ (क. उमेश)को अझ बढि नै सम्झना हुन्छ मलाई । वहाँ साँच्चैको वीर साहसी, क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो । वहाँलाई जनयुद्धको उच्चतातिर लम्कने क्रममै दुश्मनले चुडेर लग्यो । क. उमेशलाई सम्झदा म आफैँ अलमलमा पर्ने गर्छु तर क्रान्तिमा क्षति विना उपलब्धी हुँदैन भन्ने कुराले मात्र म सम्हालिएको थिएँ त्यस बखत । हामी सबै यस्तै–यस्तै घटनाले असिम पीडाहरूमा डुब्दाडुब्दै थियौँ तर पीडालाई आक्रोशमा बदलेर शक्तिमा रूपान्तरण गर्दै क. उमेश लगायत महान् सहिदहरूको पदचिन्हलाई पछ्याउँदै आजका दिनसम्म पनि क्रान्तिको प्रक्रियामा निरन्तर खटिरहेको, डटिरहेको छु । जीवनको अन्तिमसम्म पनि यहि प्रण गर्दै क. उमेशप्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली तथा सम्मान प्रकट गर्दछु ।
पश्चिम चितवनको मूख्य जिम्मेवारीमा रहँदा २०५७ साल बैशाखमा इलाका स्तरकै कर्मठ योद्धा केशव क्षेत्री (क. निडर)को साथमा एउटा साईकलमा नारायणी र राप्तीको दोभान स्थित एउटा कुमाल बस्तीका एमालेबाट निर्वाचित वडाध्यक्ष सहित धेरै एमाले कार्यकर्ताहरू ने.क.पा.(माओवादी)मा प्रवेश गराउने सिलसिलामा त्यसतर्फ जाँदै गर्दा बाटोमा दुई होनहार युवाहरूसँग भेट भयो । तर हामी कोही रोकिएनौँ । जान पहिचान थिएन । कुरासम्म पनि भएन, हेराहेर मात्र भयो । क. विदुरलाई ‘रोक्नुस् त यी युवाहरू कता जान्छन् जनमुक्ति सेनामा कमाण्डर हुन लायक हेर्नुस् त’ भनँे मैले र हामी रोकियौँ । एकजाना अलि वरैबाट पूर्वतर्फ लागे ती (राजु रहेछन्) । एकजना उत्तरकुमार रहेछन् पर एउटा घरमा छिरेको देख्यौँ । ‘भोली यहि बाटो आउनुपर्छ, त्यो घर याद गर्नुस है, यिनीहरूलाई भेट्नु पर्छ’ भनेर गन्तव्य तिर लाग्यौँ । भोलीपल्ट सरासर आएर त्यही घरमा पस्यौँ । आमा सीतामाया, बुबा कमानसिंह र दिदी टुलकुमारीसँग भेट भयो । तनहुँबाट बसाई सरेर आएको गुरुङ परिवार रहेछ । कुरा गर्दै गयौँ । छलफल भयो हामीले हाम्रो कुरा राख्यौँ । ‘म एक्लै छैन साथीहरू हुनुहुन्छ हामी एमाले पार्टीको इलाका सदस्य र प्र.रा.यू.सं. को जिल्लामा छौँ । सबै सँग छलफल गर्नुपर्छ” भन्नुभयो उत्तरकुमारले । खाना खाएर हामी निस्कयौँ पर हिमलाल भूषालको घर । वहाँसँग हामीलाई छाडेर उत्तरकुमारले राजु अधिकारीलाई लिएर आउनु भयो । तीनजना युवाहरूसँग दिन भरिनै छलफल भयो । कन्भिन्स भएर एमालेको सम्पूर्ण जिम्मेवारीबाट हटेको राजिनामा पत्र हामीलाई हस्तान्तरण गर्नुभयो । वाइ.सी.एल.को तीन सदस्यीय कमिटी गठन गरेर साँझपख हामी त्यहाँबाट निस्कयौँ ।
लगत्तै २०५७ कै जेठ महिनाको अन्तिमतिर गएर सो कमिटीको बैठकबाट निर्णय गरी तिनै जनालाई पार्टी सदस्यको फारम भराई स्थानीय पार्टी कमिटी (सेल) गठन गरी राती अबेरसम्म छलफल गरी फर्किए लगत्तै २०५७ भदौतिर गएर सो कमिटीको बैठक राखेर बैठक बारे उत्तरकुमार गुरुङ, राजु अधिकारी पूर्णकालीन भएर पार्टीको योजनामा लाग्ने र हिमलाल र अन्य साथीहरूलाई समेटेर स्थानीय रूपमा पार्टी विस्तार गर्ने निर्णय गरियो । भोलीपल्ट नै क. उमेश र क. रमेश मसँगै पार्टीको योजनामा लाग्नुभयो । पूर्णकालीन घोषित हुनुभयो । क. रमेश २०५८ मै पार्टी एरिया सदस्य र अ.ने.कि.सं. (का.) को जिल्ला सचिवको जिम्मेवारीमा आउनुभयो । वहाँलाई दुश्मनको शाहीसेनाले गिरफ्तार गरी तड्पाई तड्पाई २०५९ असोज ४ गते राती १२ : ०० शुक्रनगरको किसान चोकमा निर्ममतापूर्वक हत्या गर्यो, उहाँले सहादत प्राप्त गर्नुभयो । अमरत्व प्राप्त गर्नुभयो ।
२०५७ मङ्सिर २४ गते साविक भरतपुर न.पा. ६ हाल भ.म.न.पा ४ हरिकिर्तन चोकमा अ.ने.म.सं. (क्रान्तिकारी)को ३ नं. एरिया सम्मेलनमा दुश्मनले अन्धाधुन्ध गोली प्रहार गर्यो । महिला नेतृ क. गौरी सापकोटाको हत्या गर्यो । रमा घिमिरे र सरस्वती प्याकुरेललाई गोली लागेर घाइते हुनुभयो । यो हत्याकाण्डको विरोधमा २०५७ पुस १८ र १९ दुईदिने चितवन बन्दको घोषणा गरियो । सोको तयारी र प्रतिरोध कार्वाहीको तयारीमा पार्टीको योजनामा क. सुवास, क. विदुर, क. उमेश र क. सुमन प्राविधिक र अन्य तयारीमा लाग्दै गर्दा पूर्व चितवनको पर्सामा प्रहरी फोर्सको गस्तिसँग जम्काभेट भैहाल्यो र आक्रमण गर्यो । कमरेडहरूले प्रतिकार गर्नुभयो तर केही भएन । आन्तरिक गडवडि पनि भएको थियो । दुश्मनका शक्ति बलियो थियो । चारै जना कमरेडहरू ढल्नु भयो । क. उमेशले तत्कालै सहादत प्राप्त गर्नुभयो । क. सुवास र क. विदुर छेतविच्छेत शरीर लिएर पीडायुक्त क्षण पार गर्दैगर्दा विदुर गिरफ्Çतार पनि हुनुभयो र केही समयपछि दुवै कमरेडहरूले पनि मृत्युवरण गर्नुभयो । क. सुमन अपाङ्गकै रूपमा अहिले पनि पार्टीमै क्रियाशील त हुनुहुन्छ तर वहाँ ती सबै कुरा विर्सिएर यही संसदीय आहालमा पौडिँदै हुनुहुन्छ । तर पनि त्याग गरेर आएको व्यक्तित्व त्यो संसदीय पार्टीमा कति रमाइरहनु होला जस्तो लाग्छ ।
उत्तरकुमार गुरुङ चितवन जिल्लाको महान् जनयुद्धको जनमुक्ति सेनाको पि.एल. सदस्यको हैसियतको प्रथम सहिदको रूपमा अमर हुनुहुन्छ । वहाँले उच्च मृत्युवरण गर्नु भएको छ ।
क. उमेशको बुबा सु. कमानसिंह तनहुँ साविक क्यामिन गाउँ पञ्चात वडा नं. ९ हाल भानु नगरपालिकाको–१० अर्चलेबाट २०२७ साल मङ्सिरमा साविक पाल्पाको आदर्श गाउँ पञ्चायत हाल नवलपुरको गैंडाकोट न.पा.–१ प्रतिभा चोकमा बसाई सरी सो स्थानमा यथावत कायम राखेर २०४४ माघमा साविक मेघौली गा.पा.–७, हाल भरतपुर म.न.पा. २७ वनकट्टामा बसोबास कायम गरेर बस्नुभयो । क. उमेश, क. रमेश र क. नरेशलाई सोही स्थानमा सङ्गठित गरी पार्टीमा जनयुद्धको महान् यात्रामा समावेश गरेको हो । मैले अहिले त्यो परिवार भरतपुर म.न.पा.–४ यज्ञपुरीमा बसोवास गर्दै आइरहेको छ ।
क. उमेशको पारिवारका अन्य सदस्यहरूमा आमा सीतामाया, बुबा सु. कमानसिंह गुरुङ, दिदीहरू टुलकुमारी, दिलमाया र आजमाया तथा दाजुहरू केशबहादुर, डिलबहादुर र टुकबहादुर, भाइहरूमा कृष्णबहादुर र डोनबहादुर हुनुहुन्छ । उत्तरकुमार र कृष्णबहादुर जुम्ल्याहा जन्मनु भएको हो । वहाँ जुम्ल्याहाको जेठो र दाइ भाइहरूमा काँहिलो छोरा हुनुहुन्थ्यो ।
क. उमेशको बढी नै स्याहार सुसार र माया दिएर हुर्काउने काम दिदी टुलकुमारी गुरुङले गर्नु भएको थियो । वहाँ स्वयम् विद्रोही स्वभावकी भएर पनि वहाँकै प्रभावले क. उमेश सानै उमेरबाट क्रान्तिकारी, विद्रोही अन्याय सहनै नसक्ने प्रतिरोधी हुनुहुन्थ्यो । दुःखी र गरिब, असहायप्रति सद्भाव राख्नुहुन्थ्यो । क. उमेशमा वहाँ प्रभावले सानै उमेरदेखि नै विद्रोही स्वभाव र प्रतिरोधी विचार विकसित हुँदै आएको थियो ।
शिक्षा कक्षा १ देखि ५ कक्षा सम्म प्राथमिक शिक्षा गैंडाकोट स्थित शम्शेर मा.वि. गेंडाकोटबाट प्राप्त गर्नुभयो । कक्षा ६ देखि १० माध्यमिक शिक्षा आदर्श मा.वि. दिब्यनगरबाट प्राप्त गरी एस.एल.सी. परीक्षा उत्तीर्ण गर्नु भएको थियो । उच्च शिक्षा प्राप्त गर्ने चाहना हुँदाहुँदै पनि सो अवसरबाट बञ्चित हुनुभयो ।
क. उमेश मेरो सम्झनामा सानै उमेर विद्यार्थीकालदेखि नै अत्यन्त लगनशील, मेहनती, परिश्रमी, सेवा र सहयोगात्मक भावनाको मिलनसार, सरल, नरम मिजासको अनुशासित, नैतिकवान व्यक्तित्वको हुनुहुन्थ्यो । अन्याय सहनै नसक्ने विद्रोही क्रान्तिकारी स्वभाव वहाँमा विद्यमान थियो ।
स्कुल जीवनबाटै ने.क.पा. (माले) समर्थित विद्यार्थी सङ्गठन प्र.रा.यू.सं. को जिल्ला तहसम्म र पार्टीको इालाका सदस्यको हैसियतले क्रियाशील रहँदै गर्दा २०५७ जति बेला महान् जनयुद्धको प्रभाव देशैभरी आमजनतामा प्रसारित भैसकेको थियो, त्यसै अवस्थामा २०५७ बैशाखमै एमाले सम्बद्ध सबै जिम्मेवारीबाट राजिनामा गरी ने.क.पा. (माओवादी) मा प्रवेश गर्नुभयो । यसको विस्तृत अगाडि नै राखि सकिएको छ ।
क. उमेशले सहादत प्राप्त गरिसकेपछि पि.एल.ए. को आधिकारिक पात्र र पार्टीको तर्फबाट आधिकारिक जानकारी दिनुपर्ने र परिवारको तर्फबाट शवयात्रा श्रद्धाञ्जली र शोकसभामा उपस्थित पनि गराउनु पर्ने भएर पार्टीले कमरेडहरूलाई निर्देशन गर्यो तर घर परिवार धेरै आक्रोशित र पीडामा छ भन्ने भएर कोही पनि जान नमानी सकेपछि महान् सहिद डम्बर गुरुङ क. लेकाली को छोरा क. सुरेन्द्र गुरुङ (वहाँ पनि जान मानिरहनु भएको थिएन) लाई सम्झाएर म आफै मेघौली स्थित बनकट्टा घरमा पुग्यौँ र सबै घटना बिबरणको जानकारी पत्र हस्तान्तरण र बुबा कमानसिंह गुरुङ स्वयम्लाई साथै लिएर कार्यक्रममा सहभागी गराउन सफल भयौँ । सबयात्रा शोक श्रद्धाञ्जली लगायतका कार्यक्रमबाट बुबा कमानसिंह प्रभावित मात्र हुनु भएन, छोराका निमित्त हजारौं जनसागर उर्लेको, हजारौंको आँखाबाट बलिन्द्र आँसु बगेको छोरा उमेशबाट धेरै शिक्षा लिएको बदला भावले सबैको दिल दिमाग छचल्किएको “कोही बाँचेर पनि मरे सरह हुन्छन् कोही मरे पनि सदाका लागि बाँचि रहन्छन् भन्ने समेतका कुरा चरितार्थ मेरै छोरा उत्तरकुमार गुरुङले गरेको रहेछ भनेर बुबा कमानसिंह एउटा योद्धा गुमाए पनि हजारौं छोरा छोरीहरू क्रान्तिमा लामबद्ध रहेछन्” भन्दै सबै पीडा पन्छाएर कार्यक्रममा सहभागी हुनुभयो । पछि त कुरा बुभ्mदै जानुभयो । मैले सम्मानको लागि पनि भनेर पार्टी सदस्यता दिएर सङ्गठित गर्न सफल भएको थिएँ । यसरी छोराको उच्च सहादातले पीडा भन्दा वर्गदुश्मनप्रति आक्रोश र बदलाभाव थियो, कमानसिंह र त्यो सिङ्गो परिवारमा ।
मानव समाजमा घट्ने हरेक घटनाहरू अरूहरूको भन्दा क्रान्तिकारीहरूको कयौँ गुणा भिन्न हुन्छ । शोषण दमन अन्याय अत्याचार र उत्पीडनमा परेका व्यक्ति नै समाजको सचेत क्रान्तिकारी व्यक्ति हुन्छ । प्रत्येक मानिसहरूको हृदयमा उर्लने समवेदना भावना र असिम पीडालाई विचारमा र विचारलाई व्यवहारमा बदल्न सक्ने व्यक्तिले मात्र क्रान्तिको नेतृŒव गर्न सक्दछ । नेता हुन्छ । यो मालेमावाद भित्र अर्थात क्रान्तिमा मात्र पाउन सकिन्छ । क्रान्तिकारी सम्वेदनहिन कहिल्यै हुँदैनन् । मानवीय समवेदना, भावना सबै हुन्छ । यसले आफन्त गुमेको कुराले भन्दा सहिदहरू सधँै हिमाल भएर खडा रहिरहन्छन् भन्ने बोध भैरहनु पर्दछ ।
क्रान्तिले यस्तै राम्रा असल त्यागी मानिसहरू मात्र किन खोज्दछ उडाएर लान्छ ? किनकि क्रान्ति परिवर्तनको यात्रा सरल हुँदैन । जो कोहीले यो यात्रा पुरा गर्न सक्दैन । क. उमश जस्तै जो–जो सहिद हुनुभयो वहाँहरूले यो यात्रा पुरा गर्नुभयो । त्यसैले त सहिदहरू आमजनताको हृदय हृदयमा अमर भएर बाँचिरहन्छन् । युद्ध क्रान्ति आफैंमा कला हो । क्रान्तिकारीले आफ्ना सिप र कला क्षमता युद्धकालमा मिसाउने भनेकै क्रान्ति र युद्ध मोर्चामा नै हो । कला र सिर्जनाका खानीहरू मात्र निसन्देह क्रान्तिको यात्रामा सहभागी बन्न सक्दछन् । क्रान्ति बिना परिवर्तन सम्भव छैन स्वयम्को मुक्तिका खातिर हामी धेरै पटक मरेर बाँच्नु पर्छ । जन्म पछि मृत्यु त सबैको अपरिहार्य नै छ । जहाँ जसलाई जे चाहिन्छ त्यो आफैंले प्राप्त गर्नुपर्दछ । जुन क्रान्ति परिर्वतनबाट मात्र प्राप्त हुन्छ । त्यसैले क्रान्ति हुनुपर्दछ । गर्नुपर्दछ ।
प्रकृति र विज्ञानको द्वन्द्वात्मक भौतिकवादी नियम अर्थात मालेमावादी विचार, सिद्धान्त अनुसार विश्व ब्रह्माण्डले तीव्रगति प्राप्त गर्दछ र अघि बढ्छ । यही गतिमा आफूलाई हिडाउन सक्नेले मात्र विजय प्राप्त गर्दछ । अमर हुन्छ, मृत्युलाई जित्छ । नवजवान क्रान्तिकारी योद्धाले मात्र यो यात्रा पुरा गर्न सक्दछ । यो संसार साहसीहरूको हो, कायरहरूको होइन । जसले वीरत्व अमरत्व प्राप्त गर्दछ उसैको हो । जसरी क. उमेश लगायत महान् जनयुद्धका महान् सहिदहरूले प्राप्त गर्नुभयो । यिनै महान् सहिदहरूको काँधमा चढेर रगतमा होलि खेलेर यो प्रतिक्रियावादी सत्तालाई नै पुनर्जिवित गराएर भत्ता पचाई रहेकाहरूलाई यी सबै कुराको हेक्का छ कि छैन ? साम्राज्यवादी–विस्तारवादी तथा घरेलु प्रतिक्रियावादीहरूको चाकडीमा र उनै प्रभुहरूको आशिर्वादले सत्ताको दुरूपयोग गरी जनतालाई दमन थिचोमिचो गरेर मोजमस्तिमा रमाउन पाएपछि ती महान् सहिद, वेपत्ता, घाइते अपाङ्ग योद्धाहरू तमाम कार्यकर्ता तिनका परिवारलाई किन सम्झन पर्यो । साम्राज्यवाद–विस्तारवादको चाकडीमै व्यवस्त रहेकाहरूलाई देश जनतासँग के नै सरोकार भयो र ।
साम्राज्यवादी–विस्तारवादी तथा घरेलु प्रतिक्रियावादी एवम् दलाल नोकरशाही पूँजपति वर्गको कब्जामा रहेको सत्तालाई ध्वंश गरी आमूल परिवर्तन सहितको सत्ता नेपाली जनताको हातमा सुम्पेर जनवाद–समाजवाद हुँदै विश्व सम्यवादसम्मको दीर्घकालीन उद्देश्य पुरा गर्नका लागि वर्गदुश्मनसँग भिड्ने क्रममा सहादत प्राप्त गर्ने महान् सहिदहरू नै राष्ट्रका सपुत हुन् । महान् सहिद क. उमेश पनि त्यही कोटीमा दर्ज हुनुभएको छ । संसारका सबै मान्छेहरूले अमरत्व प्राप्त गर्न सक्दैनन् । थोरै मान्छेहरूले मात्र त्यो हैसियत राख्दछन् । मानव जातिका निमित्त अतुलनीय योगदान, त्याग र बलिदान दिएर समाजमा क्रान्तिकारी परिवर्तन ल्याउने उद्देश्यका साथ क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्णय र सो अनुसारको योजनामा समर्पित तिनै राता मान्छेहरूको इतिहास मात्र विरता र बलिदानका गाथाले भरिएका हुन्छन् । जसले गौरवशाली मृत्युवरण गर्दछन् ।
क्रान्तिकारीहरूका लागि क्रान्ति परिवर्तन यात्रामा हुने मृत्यु नै महान् आदर्श र यथार्थ बन्ने गर्दछ । मृत्यु जीवनको जीत यसै मानेमा हुन्छ । मृत्युका अगाडि विचार त्यो पनि मालेमावादी विचार, सिद्धान्त, क्रान्ति, युद्धप्रतिको आस्था दृढ हुन्छ । प्रमुख हुन्छ । जो क्रान्तिकारीहरूमा मात्र पाउन सकिन्छ । कसैले २/४ दिन महिना, वर्ष मात्र चर्को क्रान्तिको कुरा गरेर अर्थात व्यवहारमै देखिएर हुँदैन जीवनको अन्तिम क्षणसम्म निरन्तर मालेमावादद्वारा निर्देशित हुन सकेन थोरै बाटो बिरायो मात्रै भने सकियो । ऊ परिवर्तनकारी भैसक्दैन, बाटो धेरैले विराएर त संसदीय फोहरी खेलमा रमाइरहेका छन् त साराका सारा । क.उमेश जस्तै हजारौंको बाटो बिरिदैन बिरिएन, वहाँहरूले त अमरत्व प्राप्त गर्नुभयो । उत्तरकुमार गुरुङप्रति पुनः हार्दिक सम्मानका साथ श्रद्धाञ्जली अर्पण गर्दछु र साथै क. उमेश जस्ता क्रान्तिकारी राता मान्छेहरू जन्माउने हुर्काउने र क्रान्तिको यात्रामा पठाउने सबै बुबा आमाहरू, दाजु, दिदीहरू महान् हुनुहुन्छ । बुबा कमानसिंह, आमा सीतामाया, दिदी टुलकुमारी अरू दाजुहरू, दिदीहरू भाइहरू सबै गुरुङ परिवार प्रति हार्दिक सम्मान प्रकट गर्दछु । अस्तु ।




























