महलका चिन्तनहरु
मक्किईसकेको छ
तिम्रो महलका चिन्तनहरु
अन्दाज गर
अडकल गर
गन्तब्य कता हो ?
साम्यवादी यात्रामा लु लागेर
मान्छे मारिईरहेका छैनन्
बरु
इरान – इराक किन नहोस् भियतनाम
दशजगामा पड्किनेछन् बारुदी सुरुङहरु
पिनोसेका अन्तरकथामा हेर
जेल नेल तोड्न मान्छेहरु कुदिरहेछन्
क्रुर बादशाहहरु ढलिरहेछन्
अहिले
हिटलरहरु समाजवादको माला जपिरहेछन्
दुनियाँबाट महलका चिन्तनहरु पल्टनेवाला छ
जिलेस्पीका बन्दुकका कुन्दाबाट हाम्रो साहस ढलेन्
जारहरुका बिध्वंसबाट आस्था डगमगाएन्
न सिंहदरवार, न नारानहिटीबाट ढल्नेछन्
न बल्खु दरबार बन्नेछ हाम्रो आस्था
बरु प्रीय पेरिस कम्युन जन्मने छ