नवलपरासी – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाँच नम्बर ब्युरो द्वारा आयोजित दुई दिने प्रशिक्षण समापन भएको छ । नवलपरासीको बर्दघाटमा आइतबारदेखि शुरु प्रशिक्षण सोमबार अबेर सकिएको हो। कार्यक्रममा पार्टी स्थायी समिति सदस्य एवं स्कुल विभाग प्रमुख राम सिं श्रीस, स्थायी समितिका सदस्यहरु हेमन्त प्रकाश वली सुदर्शन,कृष्ण राज पौडेल , पोलिटब्युरो सदस्य परी थापा , सिताराम तामाङ र प्रेम सुबेदीले प्रशिक्षण दिनुभएको थियो । उक्त प्रशिक्षणमा दर्शनशास्त्र , ऐतिहासिक भौतिकवाद , नेपालको कम्युनिस्ट आन्दोलन , तात्कालिक राजनैतिक परिस्थिति र भ्रष्टाचार बिरोधी अभियान लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
 उक्त प्रशिक्षणमा दर्शनशास्त्र , ऐतिहासिक भौतिकवाद , नेपालको कम्युनिस्ट आन्दोलन , तात्कालिक राजनैतिक परिस्थिति र भ्रष्टाचार बिरोधी अभियान लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । समापन कार्यक्रममा पार्टी नम्बर ब्युरो सचिव जितामित्र सुनारको अध्यक्षता, पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाको संचालनमा भएको थियो । कार्यक्रममा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा नवलपरासी जिल्ला सेक्रेटरी रवि पाण्डेय, क्रान्तिकारी युवा संघका संगिन भिउ थापालगायतले बोल्नुभएको थियो । प्रशिक्षणमा ब्यूरो अन्तरगतका ६ जिल्लाका जवस मोर्चाका नेता कार्यकर्ता सहभागी थिए । सो कार्यक्रममा जिल्ला पार्टीले गरेका गतिविधि र जन वर्गीय मोर्चाका कार्यक्रम बारे रिपोर्टिङ समेत गरिएको थियो । प्रशिक्षणको ब्यवस्थापन नवलपरासी जिल्ला पार्टीले गरेको हो ।
 समापन कार्यक्रममा पार्टी नम्बर ब्युरो सचिव जितामित्र सुनारको अध्यक्षता, पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाको संचालनमा भएको थियो । कार्यक्रममा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा नवलपरासी जिल्ला सेक्रेटरी रवि पाण्डेय, क्रान्तिकारी युवा संघका संगिन भिउ थापालगायतले बोल्नुभएको थियो । प्रशिक्षणमा ब्यूरो अन्तरगतका ६ जिल्लाका जवस मोर्चाका नेता कार्यकर्ता सहभागी थिए । सो कार्यक्रममा जिल्ला पार्टीले गरेका गतिविधि र जन वर्गीय मोर्चाका कार्यक्रम बारे रिपोर्टिङ समेत गरिएको थियो । प्रशिक्षणको ब्यवस्थापन नवलपरासी जिल्ला पार्टीले गरेको हो ।





 
						

















 
 
                    					
                    					 











