काठमाडाैं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल महाधिवेेशन आयाेजक समितिकाे तेस्राे पुर्ण बैठकले महाधिवेशनकाे उद्घाटन सत्र र बन्द सत्र व्यवस्थित, प्रभावकारी र भव्य बनाउने निर्णय गरेकाे छ । उद्घाटन सत्र न्युराेडस्थित भूगाेल पार्कमा आयाेजना गरिएकाे छ । एकता महाधिवेशन उद्घाटनपुर्व ११ बजे रत्नपार्क शान्तिबाटिका र त्रिपुुरेश्वरबाट जुलुस निकालिने छ । जुलुसकाे नेतृत्व पार्टीका शीर्ष नेतृत्वहरुले गर्नुहुुनेछ । त्रिपुरेश्वर र शान्तिबाटिकाबाट निकालिएकाे जुलुस सुन्धरामा मिसिएर भुगाेल पार्कमा पुगेपछि ठिक १ बजे महाधिवेशनकाे उद्घाटन हुनेछ ।
पार्टी कार्यालय कुपण्डाेलमा सम्पन्न महाधिवेशन आयाेजक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार महाधिवेशनकाे उद्घाटन पार्टी संयाेजक माेहन वैद्य किरणले गर्नु हुनेछ । संयाेजक किरणले लिखित मन्तव्य दिने पनि सम्बद्ध स्राेतले जानकारी दिएकाे छ । महाधिवेशनकाे सञ्चालन पार्टी प्रवक्ता हेमन्तप्रकाश ओली सुदर्शन, अध्यक्षता सन्तबादुर नेपाली र स्वागत मन्तव्य पार्टीका बरिष्ठ नेता सीपी गजुरेल गाैरवले गर्ने गरी कार्यक्रमकाे तालिका बनाइएकाे छ ।
कार्यक्रमलाई चुस्त बनाउन उद्घाटन समाराेहमा निम्त्याइएका अतिथिहरुलाई पनि निश्चित समय निर्धारण गरिएकाे छ । सम्बद्ध स्राेतका अनुसार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे याे महाधिवेशनलाई शुभकामना दिन जर्मनी, भारत, बंगलादेश र टर्कीका कम्युनिस्ट पार्टीहरुबाट ९ जना अतिथिहरु आइसकेका छन् । त्यसैगरी नेपाालका मित्र पार्टीहरु माेहन विक्रम सिंह नेतृत्वकाे नेकपा (मसाल), विश्वभक्त दुलाल आहुति नेतृत्वकाे वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नारायणमान विजुक्छे नेतृत्वकाे नेपाल मजदुर किसान पार्टी, ऋषि कट्टेल नेतृत्वकाे नेकपा, लाेकनारायण सुवेदी नेतृत्वकाे नेकपा र नारायण शर्मा नेतृत्वकाे कम्युनिस्ट पार्टीलाई शुभकामनाका लागि निम्त्याइएकाे छ ।
बैठकले उद्घाटन सत्र समापन गरेपछि हुने साे क्षेत्रकाे फाेहर पनि आफैले सफा गर्ने र साे कार्यका लागि काठमाडाै नगरपालिकाले पनि सहयाेग गर्ने पनि स्राेतबाट जानकारी प्राप्त भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर