सपेराको मेला

सपेराको मेला

कविता

शहरिया सपेरा गाउँ बस्ती छिरेका छन्
मिठो धुनमा भिड बटुल्दै मगन्ते बन्दैछन्
गरिखाने किसान खेत बारीमा ब्यस्त छन्
ठगिखानेहरू मेलापात पुगेरै सघाउँछन्

भन्छन् म त जादुुँ हँु गाउँलाई शहर बनाउँछु
मेरो नागलाई दुध दिनुस् म अमृत बर्षाउँछु
शहरमा बस्ने सपेराका महल खरानी भए
त्यसैले ढिलो आउने सपेरा यो वर्ष छिटै आए

सपेराका झोलामा बिषालु डुमिनी सर्प छन्
हातमा प्रेम प्रतिक धूर्व टिन्न र किरण छन्
बुझी राखौं यिनीहरूका सर्पले सुन खान्छन्
बासँबारी खान्छन् कोही हरिया डलर खान्छन्

कोही दशनामी बन्धुु त कोही तारै खान्छन्
रमिते नबनौं यी सपेराले फेरि धर्ति खान्छन्
यिनी मगन्ते होइनन् विष छर्न आएका हुन्
फेरि माछामार्ने ढडिया माग्न आएका हुन्
अब सबै मिलि खबर दारी गरौं,
सपेरा लखेटौं आमा बचाऊँ ।