कमरेड ऋषि कट्टेलको गिरफ्तारीको घोर भत्र्सना, बिनाशर्त शीघ्र रिहाइको माग

कमरेड ऋषि कट्टेलको गिरफ्तारीको घोर भत्र्सना, बिनाशर्त शीघ्र रिहाइको माग

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेललाई बिना कारण र बिना पक्राउ पूर्जी गिरफ्तार गरिएकोप्रति घोर भत्र्सना गर्दै विनाशर्त शीघ्र रिहाइको लागि माग गरेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले जारी गरेको वक्तव्यमा भनिएको छ, “आज २०८२ फागुन ६ गते नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड ऋषि कट्टेललाई कीर्तिपूरको ट्याङ्ला स्थित उहाँको पार्टी कार्यालयबाट सुशीला कार्की नेतृत्वको कठपुतली सरकारले बिना कारण र बिना पूर्जी गिरफ्तार गरेको छ । अहिले उहाँलाई टेकु स्थित अपराध महाशाखामा राखिएको छ । यो गिरफ्तारीबाट सरकार उहाँको पार्टीले लिएको आगामी संसदीय निर्वाचन बहिष्कार गर्ने नीतिका कारण डराइरहेको र संविधानप्रदत्त मौलिक अधिकारबाट शोषित–उत्पीडित जनता तथा तिनका प्रतिनिधि पार्टीहरुलाई बन्चित गर्न खोजिरहेको प्रस्ट हुन्छ । हाम्रो पार्टी यो गिरफ्तारीको घोर भत्र्सना गर्दै कमरेड ऋषि कट्टेलको बिनाशर्त शीघ्र रिहाइको माग गर्दछ ।”

Press Statement 3 (1)