गरिव मुलुक ,क्रान्तिकारीहरु लाचार ,अपरिपक्व ,परनिर्भर ,अस्थिर ,बिकाउ हुन ,“सबै पार्टी, विचार, सिद्धान्त र राजनीति नै गलत” भन्ने भाष्यको जवर्जस्त निर्माण गरिएको छ।यसको वर्गीय अर्थ A-राजनीति तटस्थ हुँदैन। जब “सबै राजनीति फोहोरी हो”, “कुनै पनि विचार काम लाग्दैन” भन्ने निराशावादी भाष्य फैलाइन्छ, त्यसको उद्देश्य हुन्छ: अधिकार बिहिन शोषित जनता त्यो वर्गलाई संगठित हुन नदिनु,जनताको प्रतिरोधको चेतनालाई नष्ट गर्नु। “The ruling ideas of every epoch are the ideas of the ruling class.”। आज “विचारविहीनता”, “राजनीतिविहीनता” नै शासक वर्ग (साम्राज्यवाद/एकाधिकार पूँजी) को शासक विचार बनेको छ। सामाजिक सञ्जाल, AI र ‘निरपेक्षता’ को भ्रम :- सामाजिक सञ्जाल र AI लाई “निरपेक्ष, स्वतन्त्र, वस्तुगत” देखाइन्छ। तर A —उत्पादनका साधन जसको हातमा हुन्छ, चेतनाको उत्पादन पनि उसैको हातमा हुन्छ। B “Freedom in capitalist society always remains about the same as it was in ancient Greek republics: freedom for slave-owners.” अर्थात “पूँजीवादी समाजमा स्वतन्त्रता सधैं प्राचीन ग्रीक गणराज्यहरूमा जस्तै रहन्छ—दास मालिकहरूका लागि मात्र स्वतन्त्रता।”आज: एल्गोरिदम,डाटा,सूचना प्रवाह- सबै एकाधिकार पूँजीको नियन्त्रणमा छन्। AI ले के देखाउने, के लुकाउने, के ‘ट्रेन्ड’ बनाउने—सबै वर्गीय निर्णय हुन्। NGO/INGO, ‘जनजागरण’ र ‘गरिबी उन्मूलन’ को वास्तविक चरित्र :- AB धेरै NGO/INGO हरू: राज्य कमजोर बनाउने,वर्ग सङ्घर्षलाई पहिचान–विखण्डन (जात, धर्म, लैङ्गिकता) मा रूपान्तरण गर्ने,राजनीतिक प्रश्नलाई प्राविधिक/मानवीय प्रश्नमा झार्ने उपकरण बनेका छन्। B “Imperialism is capitalism at that stage of development at which the dominance of monopolies and finance capital is established.” — Imperialism: The Highest Stage of Capitalism आजको साम्राज्यवाद: सेना मात्र होइन-NGO, परियोजना, मानवअधिकार रिपोर्ट, AI narrative मार्फत काम गर्छ। “अधिकार” को नाममा राजनीति विघटन :- मार्क्सवाद अधिकारको विरोध गर्दैन, तर वर्ग–सन्दर्भविहीन अधिकार लाई भ्रम मान्छ। AE “The state is nothing but an instrument of oppression of one class by another.” जब: शिक्षा = परियोजना,स्वास्थ्य = अनुदान,रोजगार = तालिम,राजनीति = ‘हेट स्पीच’ बनाइन्छ, तब वर्गसत्ता अदृश्य बनाइन्छ। “राजनीतिको अन्त्य” भन्ने भाष्य नै साम्राज्यवादी राजनीति हो। त्यसैले सबैभन्दा खतरनाक राजनीति भनेको—“राजनीति छैन” भन्ने राजनीति हो। B “Without revolutionary theory, there can be no revolutionary movement.” — What Is To Be Done? त्यसैले: विचार नष्ट गर । संगठन बदनाम गर ।नेतृत्वलाई अपराधी देखाऊ। जनतालाई ‘न्यूट्रल’ बनाऊ यही नै आजको डिजिटल–साम्राज्यवादी रणनिति हो। (LM यसको सार) राजनीति मर्दैन, रूप बदल्छ साम्राज्यवाद आज: बन्दुकभन्दा बढी कथा (narrative), एल्गोरिदम, NGO, AI मार्फत लड्छ वर्ग सङ्घर्ष दबाउन विचारविहीनता र निराशा फैलाइन्छ।A “Philosophers have only interpreted the world; the point, however, is to change it.” ट्रम्प (अमेरिकी) रणनीति: सार्वभौम राष्ट्रमाथि हस्तक्षेप :- अमेरिकाको साम्राज्यवादी नीति कुनै एक राष्ट्रपति (ट्रम्प, बाइडेन, ओबामा) को व्यक्तिगत सनक होइन — यो अमेरिकी राज्य–पूँजी–सैन्य–खुफिया संयन्त्रको दीर्घकालीन नीति हो। भेनेजोएला – निकोलस मादुरो तेल: विश्वकै सबैभन्दा ठूलो तेल भण्डार भेनेजोएला ~303 अर्ब बारेल सबैभन्दा ठूलो भण्डार (लगभग 17%) , साउदी अरब ~267 अर्ब बारेल दोस्रो ठूलो , इरान ~209 अर्ब बारेल तेस्रो ठूलो ,क्यानडा ~163 अर्ब बारेल चौथो ठूलो इराक ~145 अर्ब बारेल पाँचौ संयुक्त राज्य विश्वले उत्पादन धेरै गरेता पनि भण्डारमा तेस्रो–दशौँ स्थानमा छ।रणनीति: आर्थिक नाकाबन्दी (Sanctions) :- विपक्षी नेता (Juan Guaidó) लाई “राष्ट्रपति” घोषणा कथपुतली सरकार प्रयास ।CIA समर्थित अपहरण/कु-प्रयास (Operation Gideon) लक्ष्य: समाजवादी सरकार ढालेर अमेरिकी पूँजीको प्रवेश। गद्दाफी (लिबिया) अफ्रिकन स्वर्ण–मुद्रा (Gold Dinar) योजना NATO बमबारी अन्ततः भीडमार्फत हत्या आज लिबिया: गृहयुद्ध, दास बजार, अराजकता। सद्दाम हुसेन (इराक) “Mass Destruction Weapon” झूट तेलको राष्ट्रियकरण फाँसीपछि: लाखौं नागरिक मृत्यु ISIS जन्म अन्ततः अमेरिकी तेल कम्पनीहरूको कब्जा निष्कर्ष अमेरिका जहाँ: प्राकृतिक स्रोत स्वतन्त्र नीति समाजवादी/राष्ट्रवादी नेतृत्व त्यहाँ हस्तक्षेप निश्चित हुन्छ। A: साम्राज्यवादको आर्थिक जड सीधै “Imperialism” शब्द प्रयोग नगरेपनी पूँजीवादको अन्तिम नियति सारमा : “पूँजी आफैंलाई विस्तार गर्न बाध्य हुन्छ। जब घरेलु बजार सकिन्छ, पूँजी विदेशतिर जान्छ।त्यसैले ” पूँजी → मुनाफा → नयाँ बजार नयाँ बजार → उपनिवेश, युद्ध, दमन राज्य → पूँजीको सुरक्षाकर्मी । अमेरिकी राज्य = अमेरिकी पूँजीको चौकीदार B : साम्राज्यवाद = पूँजीवादको उच्चतम चरण Imperialism: The Highest Stage of Capitalism.। विशेषता :
एकाधिकार पूँजी (Monopolies),बैंक र उद्योगको एकीकरण → वित्तीय पूँजी,पूँजी निर्यात (Export of Capital),विश्वको बाँडफाँड,ठूला शक्तिबीच युद्ध। “साम्राज्यवाद शान्तिपूर्ण हुन सक्दैन। युद्ध, हस्तक्षेप र दमन यसको अनिवार्य परिणाम हुन्।” ट्रम्पको नीति = यस सिद्धान्तको जीवित उदाहरण हो। माओ त्सेतुङले अमेरिका बारे भने:“अमेरिकी साम्राज्यवाद कागजी बाघ हो। देखिन्छ बलियो, तर जनताको संघर्ष अघि कमजोर।”साम्राज्यवाद बाहिर बलियो, भित्र संकटग्रस्त जनता संगठित भए साम्राज्यवाद हार्छ । राष्ट्रिय मुक्ति संघर्ष अपरिहार्य भेनेजोएला, क्युबा, भियतनाम, चीन —यी सबै माओको चेतावनीको प्रमाण हुन्। मादुरोमाथि अपहरण :- पूँजी निर्यात + तेल नियन्त्रण।गद्दाफी हत्या :- वैकल्पिक वित्तीय प्रणालीको नाश।सद्दाम फाँसी :- तेल र मध्यपूर्व नियन्त्रण NGO/मानवअधिकार :- नयाँ उपनिवेशवाद।ट्रम्पको खुलेआम धम्की :- साम्राज्यवादको निर्लज्ज चरण अमेरिकी साम्राज्यवाद “लोकतन्त्र” होइन — यो बन्दुक, प्रतिबन्ध र षड्यन्त्रको राजनीति हो।अमेरिकाको हस्तक्षेपमा पतन भएका राष्ट्र प्रमुखहरू (मुख्य उदाहरण):- प्रत्यक्ष हटाइएका / मारिएका नेता इरान – मोहम्मद मोसाद्देक (1953) तेल राष्ट्रियकरण CIA–MI6 कू (Operation Ajax) । कंगो – प्याट्रिस लुमुम्बा (1961) प्यान-अफ्रिकन, समाजवादी झुकाव,CIA सहयोगमा हत्या दशकौं अस्थिरता। चिली – साल्भाडोर आलेंदे (1973) लोकतान्त्रिक समाजवादी पिनोचेट कू (CIA समर्थित) हजारौं हत्या/बेपत्ता।इराक – सद्दाम हुसेन (2006) तेल नियन्त्रण झूटो WMD अमेरिकी कब्जापछि फाँसी।लिबिया – मुअम्मर गद्दाफी (2011)अफ्रिकी स्वर्ण मुद्रा योजना NATO बमबारी भीडद्वारा हत्या। कू/हस्तक्षेपपछि हटाइएका वा कमजोर पारिएका :- अफगानिस्तान सोभियतविरुद्ध मुजाहिदिन समर्थन तालिबान जन्म 20 वर्षे युद्ध, अन्ततः अमेरिकी हार। भेनेजुएला ह्युगो चाभेज (कू प्रयास 2002)मादुरो (प्रतिबन्ध, अपहरण )सरकार ढाल्न असफल तर देश कमजोर। हैटी जाँ-बर्त्रान अरिस्टाइड दुईपटक अपदस्थ स्थायी अस्थिरता। ग्वाटेमाला लोकतान्त्रिक सरकार ढालियो (1954) दशकौं गृहयुद्ध। राष्ट्र तहमा ध्वस्त पारिएका देशहरू :- इराक विभाजन, ISIS, कब्जा ,लिबिया असफल राज्य,अफगानिस्तान युद्ध + तालिबान,सिरिया प्रोक्सी युद्ध,यमन मानवीय विपत्ति, युक्रेन NATO–रूस युद्धको मैदान। ढाँचा उही तेल / भौगोलिक स्थिति / स्वतन्त्र नीति → हस्तक्षेप → अराजकता।प्रयोग हुने अमेरिकी हस्तक्षेपका “मोडेल” कू (CIA Model) सेना, जनरल, विपक्षी प्रयोग – चिली, इरान, कंगो।आर्थिक युद्ध – प्रतिबन्ध, IMF, विश्व बैंक इरान, भेनेजुएला, क्युबा। सूचना युद्ध :- NGO, मानवअधिकार, मिडिया“तानाशाह” Narrative।प्रोक्सी युद्ध -आफ्नै सेना नपठाउने सिरिया, युक्रेन। चुनावी हस्तक्षेप मनपर्ने नेता उचाल्ने अफ्रिका, ल्याटिन अमेरिका अब उप्रान्त सम्भाव्य अमेरिकी नीति (2026 आसपास) यो भविष्यवाणी होइन ढाँचागत विश्लेषण हो। प्राथमिक टार्गेट ब्लक चीन मुख्य रणनीतिक शत्रु टेक, ताइवान, साउथ चाइना सी प्रत्यक्ष युद्ध होइन → घेराबन्दी। रूस युक्रेनमार्फत कमजोर पार्ने नीति दीर्घकालीन थकान युद्ध। इरान प्रतिबन्ध + इस्राइल कार्ड प्रत्यक्ष युद्ध जोखिमपूर्ण। माध्यमिक टार्गेट भेनेजुएला तेल संकट बढे फेरि दबाब। क्युबा शासन परिवर्तन सपना अझै ।आज मित्र, भोलि नियन्त्रण डलरबाट बाहिरिए खतरा नयाँ नीति विशेषता (आगामी दशक) नगन्य ठूला थलसेना युद्ध घट्ने । अनिवार्य – ड्रोन, साइबर, AI युद्ध ,आर्थिक नाकाबन्दी ,आन्तरिक द्वन्द्व भड्काउने, “लोकतन्त्र” को खोल।AB निष्कर्ष :- पूँजी संकटमा छ → युद्ध अपरिहार्य , B साम्राज्यवाद शान्त हुन सक्दैन । त्यसैले जनता संगठित भए बाघ कागजी हुन्छ।अमेरिका व्यक्ति होइन, यो प्रणाली हो। प्रणाली ढाल्न विचार र संगठन चाहिन्छ यो नै आजको निस्कर्ष बनेको छ।साम्राज्यवादले नेपाललाई कसरी हेरेको छ। नेपाल किन साम्राज्यवादी दृष्टिमा “महत्वपूर्ण” छ? नेपालमा: ठूला उद्योग छैन ,नेपाल भुपरिबेस्टित र भ्रजिन ल्याण्ड हो,हाइड्रो,युरोनियम लगाएत खनिजको ठूलो सम्भाब्यता नभएको भने होइन ? भू–रणनीतिक स्थिति चीन र भारतको बीच ,BRI (चीन) Indo-Pacific Strategy (अमेरिका) को क्रसरोड,हिमाल = सैन्य/निगरानी दृष्टिले संवेदनशील ,नेपाल स्रोतको होइन, नियन्त्रणको राजनीतिमा पर्छ। नेपालमा सम्भाव्य अमेरिकी/पश्चिमी हस्तक्षेपका मोडेल अमेरिका नेपालमा इराक/लिबिया जस्तो खुला सैन्य हस्तक्षेप गर्दैन। यहाँ प्रयोग हुने मोडेल फरक हुन्छ। वैचारिक र नीतिगत हस्तक्षेप (Soft Imperialism) MCC जस्ता परियोजना “अनुदान” को भाषा भित्र: नीति, कानुन, प्राथमिकतामा हस्तक्षेप सैन्य शब्दावली नदेखिने, तर रणनीतिक सर्तहरू NGO / INGO नेटवर्क,मानवअधिकार,सुशासन,लैङ्गिक/पहिचान (वर्गभन्दा पहिचान अघि) वर्गीय चेतना कमजोर बनाउने,राज्यलाई नीति–निर्माणमा निर्भर बनाउने। आर्थिक निर्भरता र ऋण–राजनीति वैदेशिक सहायता IMF/World Bank को सर्त निजीकरण, श्रम लचिलोपन A“ऋण भनेको भविष्यको श्रममाथि कब्जा हो।” नेपालमा: सार्वजनिक सम्पत्ति कमजोर, श्रमिक विदेश पलायन,राज्य कर उठाउने भन्दा अनुदान कुर्ने, सूचना युद्ध (Narrative Control) “विकास = निजीकरण”,“राजनीति = भ्रष्ट”,“संघर्ष = अतिवाद” यसले जनतामा भ्रम “सबै उस्तै हुन्”,“विचारले पेट भरिँदैन” यही नै राजनीतिक निष्क्रियता उत्पादन गर्ने कारखाना हो। सम्भाव्य भविष्यका जोखिम – चीन–विरोधी मोर्चामा तानिने दबाब,खुला सैन्य होइन कूटनीतिक,नीतिगत, सूचनात्मक, राष्ट्रिय निर्णय क्षमता कमजोर,ठूला नीति बाहिरै तय हुने,संसद औपचारिक,वर्ग संघर्ष होइन, गरिब vs धनी होइन जात/क्षेत्र/लिङ्ग मात्र यसले शोषक सुरक्षित बनाउँछ।A“राज्य शासक वर्गको सामूहिक समिति हो।”राज्य पूँजी र दलाल पूँजीको संरक्षणकर्ता,श्रमिक/किसान नीति–निर्माणमा बाहिर,जब राज्य कमजोर हुन्छ,बाह्य शक्ति सजिलै पस्छ।साम्राज्यवाद बिना सेना पनि आउँछ B“आधुनिक साम्राज्यवाद सधैं बन्दुकसहित आउँदैन,कहिलेकाहीँ बैंक र सम्झौतासहित आउँछ।”सैन्य अड्डा छैन तर नीति, अर्थ, शिक्षा प्रभावित यो नै २१औँ शताब्दीको उपनिवेशवाद।C “साम्राज्यवाद बाहिर बलियो देखिन्छ, तर भित्र खोक्रो हुन्छ।जनता उठे भने त्यो कागजी बाघ हो।” नेपालमा: जनता विखण्डित,संगठन कमजोर,विचारभन्दा “सेवा” हावी यसले बाघलाई कागज होइन, डर लाग्दो बनाइदिन्छ। नेपालका लागि वैकल्पिक बाटो A वैचारिक स्पष्टता,विकास ≠ निजीकरण मात्र,स्वतन्त्रता ≠ अनुदान,वर्गीय एकता,किसान–श्रमिक–युवा,वर्ग केन्द्रमा ,बहुपक्षीय सन्तुलन,कुनै शक्ति–ब्लकको उपनिवेश होइन,आत्मनिर्भर नीति,नेपालमाथि खतरा,ट्यांकले होइन,सम्झौताले,ऋणले,र चेतनाको क्षयले आउँछ।नेपाल जेलेस्किहरु ( शुशिला सरकार त्यही योजनामा अघि बडिरहेको अवस्था ) निर्माण गर्ने प्रक्रियामा अगाडि बडेको छ ।
































