काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीको भगिनी संगठन अखिल नेपाल प्रगतिशील महिला संघको भेला हिजो २०८२ पौष २७ गते काठमाण्डौमा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट ‘‘पार्टी महिला समुदायसँग राष्ट्रिय अभियान २०८२’’ को क्रममा आज भएको भेलाले ४५ सदस्यी राष्ट्रिय भेला आयोजक तयारी समिति गठन गर्दै र आगामी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चका दिन राष्ट्रिय भेला सम्पन्न गर्न तयारीमा लाग्ने निर्णय लिएको लिदै त्यसका लागि कार्य सुचारु गर्न १५ सदस्यीय सचिवालय गठन गरेको छ । सचिवालयमा संयोजक कुशुम पौडेल सचिव ज्योति गिरी, सहसचिव क्रान्ति सुबेदी, कोषाध्यक्ष रीता पोखरेल सदस्यहरुमा पबित्रा थैब, कमला सेढाई, गीता राई, गीता थापा, पुष्पलता चौधरी, सुश्मा चन्द, पारु कोइराला, लक्ष्मीदेबी ढकाल, चिना फुँयाल, ममता राई, सुबर्ण प्रजापति, बसनतारा माक, रेजी मास्केलाई चयन गरिएको छ । ४५ सदस्यीय केन्द्रिय समिति ठगन गरिएको छ ।
महिला भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका संयोजक लोकनारायण सुबेदीले नेपाली महिलाहरुले नेपाली समाजको परिबर्तनको आन्दोलनमा खेल्दै आएको भूमिकाको उल्लेख गर्दै देशमा प्रजातन्त्रको स्थापना गर्न, प्रतिगमनका बिरुद्ध प्रजान्त्रतको पुनस्र्थापना र गणतन्त्रको स्थापना गर्न, राष्ट्रियता र सार्बभौमिकता रक्षाका लागि र महिला हक हित प्रगति र प्रतिष्ठाका लागि निरन्तर संघर्ष गर्दै र योगदान दिदै आएका छन्, शहादत प्राप्त गरेका छन्, जेलनेल भोगेका छन् । तर पनि महिलाहरुले शोषण अन्याय, थिचोमिचो, दमन र दबाबबाट मुक्ति पाउन सकेका छैनन् । आफ्नो ज्ञान, सीप र अनुभवलाई समुन्नत तुल्याउन सकेका छैनन् । जेजति परिबर्तन देशमा आएको छ त्यसबाट पनि नेपाली मलिाहरु बर्गीय, लैंगिक, जातीय शोषण,उत्पीडनबाट मुक्त हुन सकेका छैनन् । त्यसैले महिलाहरु अझ सचेत, अझ संगठित र अझ संघर्षशील हुन आवश्यक छ । त्यसैका लागि मार्च ८ कादिन महिला भेला राखेर अखिल नेपाल प्रगतिशील महिला संगठनलाई सशक्त तुल्याउन र के महिला, के पुरुष सबै शोषित पीडित जनता एकजुट भएर आमूल अग्रगामी परिबर्तनका लागि सशक्त संयुक्त आन्दोलन उठाउदै निर्णायक क्रान्तिकारी परिबर्तनका लागि उठ्नु र जुट्नु पर्ने आवश्यकता छ । त्यसमा पनि आज बिश्व साम्राज्यबादले जसरी सार्बभौम राष्ट्रहरुमाथि हमला गर्ने र कब्जा गर्ने गतिबिधि तीब्र पारिरहेका र उदण्डरुपमा लागेको त्यस बेला सम्पूर्ण महिला लगायतका सबै शोषित पीडित बर्ग र समुदाय पहिले कहिल्यैभन्दा बढी सचेत, सगठित र एकताद्ध हुन पर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय आवश्यकता अझ बढेको औंल्याउदै यो तयारी समितिलाई त्यस दिशामा अग्रसर हुन सफलताको शुभकामना दिनु भयो ।
कार्यक्रममा बोल्नु हुँदै र शुभ कामना दिनु हुँदै नेपाल कमयुनिष्ट पार्टीका सचिवालय सदस्य तथा संगठन बिभागका प्रमुख लक्ष्मण उप्रेतीले महिलाहरु समेतको संघर्षले देशमा केही परिबर्तन आएको र कतिपय संबैधानिक अधिकार पाएको भए पनि ती अधिकारहरु सुरक्षित र सुनिश्चित अझै छैनन्, महिलाहरु अहिले पनि दोश्रो दर्जाकै नागरिक सरह छन् । त्यसैल उनीहरुको मुक्ति र प्रगतिको आधार तयार गर्न महिलाहरु बर्गीयरुपमै जागृत, भएर लड्नुको कुनै बिकल्प छैन । आठ मार्चमा राष्ट्रिय महिला भेला सम्पन्न गर्न ‘नेपाल कम्युनिष्ट पार्टी महिला समुदायसँग’ भन्ने जुन अभियान अगाडि सारेको छ त्यसले यही आमूल परिबर्तनकारी क्रान्तिकारी दिशामा अघि बढ्न महिला समेत सम्पूर्ण शोषित पीडित बर्ग र समुदायलाई दिशा निर्देश गर्दछ । यसका लागि महिलाहरुको संगठन बिस्तार, चेतना बिस्तार र संघर्षशीलतालाई तिखार्नु पर्ने आवश्यकता छ भन्नु भयो ।
नेकपाका सचिवालय सदस्य तथा अखिल नेपाल प्रगतिशील किसान संघका महासचिव राजन साहले महिला भेलाललाई शुभकामना दिदै भन्नु भयो कि महिलाहरुलाई शसक्त बनाउन उनीहरुलाई अहिलेदेखिनै आत्मनिर्भरताको दिशामा अग्रसर गराउनु आवशयक छ र त्यसका लागि पार्टीैले रुपरेखा तयार पार्दैछ । यसमा पहिलाहरु सक्रियरुपमा लाग्नु पर्दछ र चेतना, संगठन र संघर्ष तीन तहमा सक्षम बन्न जरुरी छ भन्नु भयो ।
पार्टीका सचिवालय सदस्य तथा महिला फ्रयाक्सन इञ्जार्ज सीता सुबेदीले भेलाको अध्यक्षको आसनबाट बोल्दै महिलाहरुका साझा राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्याहरु हल गर्न सम्पूर्ण प्रगतिशील महिला संगठनहरु एकताबद्ध भएर संघर्ष गर्नु पर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि अखिल नेपाल प्रगतिशील महिला संघलाई सशक्त र प्रभावकारी बनाउदै र समान बिचारका महिला संघगठनहरु एकजुट हुुन पर्छ भन्नु भयो ।
पार्टीका सचिवालय सदस्य तथा भेलाले चयन गरेको संयोजकको हैसियतमा बोल्नु हुँदै कुशुम पौडेलले अखिल नेपाल प्रगतिशील महिला संघलाई महिला हक हित र राष्ट्रिय अन्तर्राष्ट्रिय साझा समस्या उठाएर अघि बढ्न सक्ने, अत्मनिर्भर र गतिशील तुल्याउन सक्दो प्रयत्न गर्ने प्रतिबद्धता जनाउँदै सबै सदस्यहरुलाई यस दिशामा सिक्दै सिकाउदै अघि बढन् आहवन गर्नु भयो ।
कार्यक्रममा सचिव ज्योती गिरी, सह सचिव क्रान्ति सुबेदी, कोषाध्यक्ष रीता पोख्रेल, सदस्यहरु गिता राई, सुश्मा चन्द, सुबर्ण प्रजाप्रति, बसनतारा माकहरुले पनि सिक्दै सिकाउदै अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
































