पुस १,काठमाण्डौ ।
ढीलोगरी प्राप्त समाचार अनुसार ९ र १० नं व्यूरोको आयोजनामा महान जनयुद्धकी शहिद सुभद्रा खतिवडाको बुवा रामप्रसाद खतिवडाको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ । उहाँको अर्की छोरी ज्ञानु खतिवडा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको वर्तमान वैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्छ ।
कार्यक्रम सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–२ स्थित जैसीगाउमा २०८२ मंसीर २१ गते आइतबार बिहान सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता ९ नं.ब्युरो सचिव चिन्तामणी पौडेलले गर्नु भएको थियोे भने कार्यक्रमको सन्चालन पार्टीका केन्द्रीय सदस्य केदार खतिवडाले गर्नु भएको थियो । कार्यक्रममा १० नं. ब्युरो इन्चार्ज सुरेश श्रेष्ठले मन्तव्य राख्नु भएको थियो । ९ नं. ब्युरोका सचिव चिन्तामणी पौडेल‘प्रवाह‘को हस्ताक्षरित गरेको श्रद्धाञ्जली विज्ञप्ति वाचन गर्नुभएको थियो ।
९ नं.ब्युरो इन्चार्ज तथा प्रमुख अतिथि दिनेश शर्माद्वारा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा सहिद परिवार एवं छोरी ज्यानु खतिवडालाई श्रद्धाञ्जली पत्र हस्तान्तरण गर्नु भएको थियोे । रामप्रसाद खतिवडाको २०८२ मंसीर१६ गते असामयिक निधन भएको थियो । रामप्रसाद खतिवडाकी छोरी सुभद्रा खतिवडा महान जनयुद्धमा शहिद हुनुभएको थियो ।





























