विश्वको इतिहास हेर्दा त्यहाँ भूगोल र जनसंख्याको हिसाबले अति ठूलो,अति साना ,सुसम्पन्न ,विपन्न औद्योगिक क्रान्ति पूरा भएका, मध्यम र निम्न अवस्थामा रहेका ,औपनेविशिक शासनद्वारा शासित र स्वतन्त्र देश रहेका छन् । २५० वर्ष पहिले आजको शक्तिशाली अमेरिका बेलायतको उपनिवेश थियो । भारत, दक्षिण अफ्रिका लगायत धेरै मुलुकहरुको हालत यस्तै थियो । सबैको राष्ट्रिय स्वाधिनता छिनिएको थियो । यहाँको अर्थतन्त्र उपनिवेशवादी शक्तिको कब्जामा थियो । सर्वप्रथम ठूलो संघर्ष गरेर अमेरिकाले स्वतन्त्रता प्राप्त ग¥यो । अहिले कुनै पनि देश औपनेशिक दासतामा छैनन् । विज्ञान र प्रविधिको उच्च विकासले गर्दा वस्तु उत्पादनमा भारी विकास भयो । स्वरोजगार खोज्ने निहुँमा साम्राज्यवाद उत्पन्न भएको हो । खोजकार, आविस्कारक , राजनैतिक स्वतन्त्रता ,आर्थिक समृद्धि सबैमा जेनजी युवाहरुको उल्लेख्य उपस्थिति छ । यसलाई सरल तरिकाले नाप तौल गर्न सकिँदैन । नेपालको नै कुरा गरौं ,२००७ सालको परिवर्तन ,२०४६ साल ल्याउनमा २०५२–२०६२ को जनयुद्धमा यिनीहरुको सहभागिता ,त्याग वलिदानलाई कसले कम मूल्याङकन गर्न सक्छ ? यो शक्ति नै परिवर्तनको बहाक हो । यो तथ्यलाई कसैले इन्कार गर्न सक्दैन । समय समयमा असम्भव मानिएको विषयहरु सम्भव भएका छन् । त्यसैले जेनजीका क्रियाकलापलाई नजरअन्दाज ,उपेक्षा गर्नु हुँदैन । त्यसो गर्नु ठूलो भूल हुन जान्छ । जेनजी समाजका युवाहरुको समुह हो । कुनै छुट्टै राजनैतिक संस्था होइन । समाजका अगुवाहरुले यीनमा रहेको अनुभव,कमीका कारण,जता पनि लैजान सक्छन् । यीनको दिमागमा आ–आफ्नो स्वार्थ अनुकूल विचार भरिदिन्छन् । कसैले प्रगति,अग्रगमनतिर डो¥याउँछन् र कसैले अधोगति ,प्रतिगमनको दिशातिर लैजान्छन् । यी युवाहरु स्वार्थले त्यति अन्धो भएको हुँदैनन् ,अर्थात निस्वार्थी भने पनि हुन्छ । यस समुहमा सबै वर्गको युवाहरु हुन्छन् । जस्तै पूँजीपति ,मध्ययम ,निम्न वर्ग । तर पनि युवाविद्यार्थीहरु स्वच्छ हुन्छन् ।अमेरिका, चीन, भारत नेपालका समाजको गति एउटै हो । अमेरिका हिजो उपनिवेश थियो । आज साम्राज्यवादको नाइके छ । सबैका आन्तरिक मामिलामा हस्तक्षेप गर्छ । युद्ध गराउँछ ,आपसमा लडाउँछ । अमेरिका तथा संसारको युवाहरुलाई रोजगारी साथ विद्या दिने लोभ लालच देखाइ लडाइँको नयाँ नयाँ मोर्चामा पठाउँछ । त्यसैगरी भारत यस क्षेत्रको ,सार्क विस्तारवादी शक्तिको नामले परिचित छ । त्यसले पनि युवाहरुलाई त्यही अनुरुप कमाण्डिङ गर्छ ।
अहिले दुवै देशको प्रयोग जेनजीको नाममा नेपालमा हुँदैछ । अमेरिकाले कहिले एमसीसी र कहिले एसपीपी र कहिले जेनजी युवा । भारतको हस्तक्षेप पुरानै समयदेखि नै जारी छ । युवाहरुलाई भ्रष्टाचार उन्मूलन गर्ने शक्तिको रुपमा देखाएर ,विल्ला लगाइदिएर प्रतिगमनको रक्षकका ेरुपमा काम गराइएको छ । बहुसंख्यक शुद्ध युवाहरु यस भित्र पर्दैनन् । प्रतिगमनको प्रमाण के ? भूपू राजाले पार्टी खोलेर नारायणहिटी फर्कने कठोर परिश्रम गरिरहेकै थिए । पहिलो परीक्षण आफू समेत उपस्थिति भएर धेरै ठूलो संख्यामा मानिसहरु भेला गराइ दूर्गा प्रसाइँको नेतृत्वमा तिनकुने काण्ड चैत्र १५ गते २०८१ मा गराएका थिए । त्यो आन्दोलन सुस्त सुस्त केही समयको लागि स्थगित भयो । जालहरु बुनिँदै थियो,शक्ति संचय गरिँदै थियो । अहिले दोस्रो प्रयोग गर्नकोलागि प्रतिगमनकारीले आन्तरिक र बाह्य मित्रहरुको गहकिलो सहयोग पाए । बाह्य अमेरिकी साम्राज्यवाद,भारतीय विस्तारवाद र आन्तरिक रुपमा सेनापति । कसरी संसद, मन्त्रिपरिषद , राष्ट्रपति छँदा छँदै सेनापतिको राष्ट्रको नाममा संबोधन – संसद बाहिरको व्यक्तिलाई प्रधानमन्त्री नियुक्ति, संसद विघटन , राष्ट्रपतिलाई बाध्य बनाएर हस्ताक्षर, प्रम सुशीला काकीद्वारा २०८२ फागुन २१ गतेको चुनाव घोषणा ,आन्तरिक रुपमा सहयोगी काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साह ,जेनजीका कमाण्डर (आफै घोषणा गरेका छन् ,नेतृत्व लिन्छु भनेर ) अदृश्य रुपमा रवि लामिछाने, सबैको सरसल्लाह सहमतिले दोस्रो प्रयोग सफल भएको छ । राष्ट्रपतिलाई कहिले फाल्ने हुन् केही दिन हेर्न पर्छ । अब नारायण हिटी दरबार फेरि चम्कने भयो अरु चीज यथावत रहेमा राजा आउने पक्का ,प्रतिगमन पक्का ,चुनाव फास न फुस । भदौ २३ र २४ को जेनजी आन्दोलनको उद्देश्य के ? उद्देश्य त हरेक योजनाको लागि हुनुपर्छ नि ,केही देखिएन । उद्देश्य जेनजी कमाण्डर योजनाकारलाई मात्र थाहा थियो । शुद्ध युवाहरुको नाम लिएर प्रशस्त घुसपैठियाहरुलाई प्रयोग गरियो । शुद्ध युवाहरु मारिए , घुसाइएका पाखा लागे ,बचे । विध्वंश लुट ,खसोट आगजनी गरे । ठूलो धन सम्पत्ति लुटियो । सार्वजनिक ,ऐतिहासिक कार्यालयहरु जलाइयो । ऐतिहासिक पुरुषका शालिकहरु ढलाइयो । सबै दोष बालेन लगायतका योजनाकारमाथि लाग्छ ।
शुद्ध युवाहरु मारिए , घुसाइएका पाखा लागे ,बचे । विध्वंश लुट ,खसोट आगजनी गरे । ठूलो धन सम्पत्ति लुटियो । सार्वजनिक ,ऐतिहासिक कार्यालयहरु जलाइयो । ऐतिहासिक पुरुषका शालिकहरु ढलाइयो । सबै दोष बालेन लगायतका योजनाकारमाथि लाग्छ ।
अर्को कुरा जेनजी आन्दोलन पहिलेको सरकारले युवा लगायत सबै समुहलाई अति आवश्यक पर्ने सामाजिक संजाल फेसबुक ,युट्युव आदिमाथि प्रतिवन्ध लगायो । पत्रकारकारितामाथि नियन्त्रण गर्दै थियो , आफ्ना भक्तलाई मात्रै खुला थियो । संजालमाथिको प्रतिबन्धले प्रतिगमनकारीलाई ठूलो मौका मिल्यो जो शुद्ध अगाडि राखिएका युवाहरु मारिए ,घाइते भए, तिनलाई राष्ट्रले हार्दिक श्रद्धाञ्जली दिनु पर्छ ।प्रभावित परिवार प्रति समवेदना व्यक्त गर्नु पर्छ । घाइतेहरुको शीघ्र स्वास्थ्य सुधारको कामना गर्नु पर्छ । नेपाली कांग्रेस र ओली पार्टीको गठबन्धन सरकारलाई निन्दा भत्सर्ना गर्नु पर्छ । यो सरकारले कलंकको टीका लगायो । इतिहासमा कहिल्यै मेटिने छैन । जनयुद्ध बाहेक जनआन्दोलनमा यति क्षति भएको थिएन ,यो पहिलो घटना हो । सत्तामा छँदा गरिएको मनपरीतन्त्र, घुस, भ्रष्टाचार अनैतिकताको पर्दा खुस्किएला भनेर नै गठबन्धनले सामाजिक संजालमाथि नियन्त्रण गरेको हो । अगाडिका राजा महाराजाहरुले झैं अंकुश लगाएको हो ।
अर्को कुरा प्रतिगमनकारीहरुलाई इतिहासले कहिल्यै क्षमा दिने छैन । अब बहुसंख्यक जनता धेरै चेतनशील भैसके , भ्रममा त्यसरी पर्दैनन् जसरी तिमीहरुले २५० वर्षसम्म अन्धकारमा राखेका थियौं । त्यसले नपुगेर पटक पटक विध्वंश क्षति पार्ने आन्दोलन गरिरहेका छौ । तिम्रो सत्ता स्वार्थका निमित्त सच्चा सिधा साधा विद्यार्थीहरुलाई मर्नको निमित्त प्रेरित गरिरहेका छौ । राष्ट्रले तिमीहरुलाई धिक्कारदर्छ र निन्दा गर्दछ र जन धनको क्षति भएको छ तिमीबाट असुल उपर हुनु पर्दछ भन्नेआह्वान गर्दछ । मुख्य पात्र योजनाकार कमाण्डिङ गर्ने व्यक्ति निर्देशकहरु नै यसको जिम्मेवार छन् भन्ने ठान्दछ । प्रतिगमनबाट मुक्त भएपछि यथास्थितिवादी शक्ति नेपाली कांग्रेस र ओली पार्टीबाट देश उँभो लाग्छ कि बहुसंख्यक जनताका आधारभुत समस्या समाधान हुन्छन् ? जस्तो गास, बास, कपास, रोजगारी, शिक्षा, स्वास्थ्य । भनेको एक रत्ति तीनमा विश्वास भएन । अर्को नामधारी कम्युनिष्ट प्रचण्ड माधवबाट आशा जनताले गरेका थिए त्यो आशा पनि म¥यो । किनकि तिनीहरु पनि यथास्थितिवादीसँग लड्ने सत्ता हात पार्ने तिर मात्र लागे ।जनताका समस्या जनतासँगै रहे । निकासको बाटो कतै देखिएको छैन । पुनर्उत्थानवादी सक्रिय छन् । २०८४ को चुनाव भन्दै जो आएका थिए अब त अवैधानिक तरिकाबाट घोषित गरिएको ०८२ को चुनावमा पनि भाग लिने भएका छन् । बहुमत ल्याउने आशा राख्दै ढुक्क परेर बसेका छन् । पहिलो चुनावै हुँदैन ,भए पनि नाम मात्रको , संवैधानिक राजतन्त्र अन्तरगतको हुने छ ।जसको मतलब राष्ट्रिय पञ्चायतको चुनाव । अब नामधारी कम्युनिष्टहरुले सोच्नै पर्छ । कता जाने ? कुन दिशातिर बढ्ने ? सर्वहारा वर्गको क्रान्तिको निमित्त आन्दोनलन गर्ने कि यथास्थितिवादतिर लम्कने ? अब वार कि पारको लडाइँ आयो, मुखले हुँदैन काम मात्र । ७६ वर्षको कामको मूल्याङकन नगरी सुख्खै छैन । समीक्षा गर्नै पर्छ । गुट बनाएर मिठा मिठा कुरा गरेर हाकिम बन्नुको कुनै अर्थ छैन ।माक्र्सवाद लेनिनवाद माओवाद विचार विचार अनुसार चल्ने कि पँुजीवाद अनुसार । माक्र्स ,लेनिन र माओले सम्पूर्ण जीवन संशोधनवादी पूँजीवादीहरुसँग लड्नमा बिताए ।जसको परिणाम संसारले भोगिसकेका छन् ।
युवाहरुसँग अपिल
७६ ,७७ वर्ष सम्मको नेपालको परिवर्तनमा जेनजी युवाहरुले ठूलो योगदान गरेका थिए । नेपालको इतिहासमा अंकित भैसकेको छ । तर भाद्र २३ र २४ को आन्दोलन प्रतिगमनकोलागि गरियो । जेनजीको नाममा शुद्ध युवालाई ,परिवर्तनकारी,युवाहरुलाई अगाडि सारेर यो गाडी मच्चाए ।यो जेनजी आन्दोलन अमेरिकी योजनाको हो । भारतले पनि यसलाई पूर्ण समर्थन गर्छ ।यो धेरै देशमा प्रयोग गरिँदैछ । पेरु ,इण्डोनेशिया आदि आदि । एक प्रकारले एमसीसी जस्तै , अहिलेको प्रतिक्रियावादी भारत सरकारले एक दुइ दिन मात्रै आफ्नो उत्तरी सीमास्थित लद्धाखमा प्रयोग गरेको छ ,गर्दैछ । किनकि त्यहाँ सरकार विरोधी शक्ति प्रबल थियो । त्यसैले यो अमेरिकी,भारत र आन्तरिक रुपमा घरेलु प्रतिक्रियावादी योजनाको सम्पूर्ण जेनजी युवाहरुले विरोध गर्नु पदर्छ ,दूरोपयोग हुनुहुँदैन ।अन्धभक्त हुने प्रवृति परित्याग गर्नु पर्छ । अग्रगमनको निमित्त संघर्ष गर्नुपर्छ । नेपाललाई अधिन बनाउने स्वदेशी विदेशी काँढाहरु झिकेर फ्याँकिदिनु पर्छ ।सँधै मागिखाने देशलाई रुपान्तरण गर्नु पर्छ । दान दिन सक्नेमा परिणत गर्नु पर्छ । नेपालमा जागरण आएको एक शताब्दी पनि भएको छैन । यो बीचमा धेरै देश आर्थिक राजनैतिक साँस्कृतिक क्षेत्रमा अगाडि बढे तर नेपाल विकसित देशमा निर्मित आधुनिक सामानहरु सबै सामानहरु उपभोग गर्न पाएर आनन्दको जीवनमा मख्ख छ । विश्वको बजारमा नेपालले जनसंख्याको ठूलो भाग दिनप्रतिदिन निर्यात गरिरहेको छ । के जेनजी युवाहरु यसप्रति अनविज्ञ हुन् ? हुन् मिल्छ ? जेनजी युवाको नाममा भाद्र २३ २४ मा जुन आन्दोलन भयो त्यो शत प्रतिशत गलत भएको छ । किनकि विकल्प दिन सकेनन् ।यसको उद्देश्य स्पष्ट भएन । कता जाने हो थाहा भएन ,पश्चगमन कि अग्रगमन ?यिनीहरुले मनपरी तन्त्र सरकारलाई फाल्नु पर्दथ्यो ,फाले ठीक छ तर अग्रगमनतिर हैन अधोगतितिर गए । उनीहरुले अर्को आन्दोलन गर्नु पथ्र्यो । जसले भन्छ राष्ट्रियता, जनतन्त्र जनजीविकाका आधारभूत आवश्यकता हुन् । गास, बास, कपास ,रोजगारी, शिक्षा ,उचित यातायातको व्यवस्था सबभन्दा पहिला चाहिने विषय हुन् ।त्यसलाई कसैले ध्यान दिएनन् । त्यसैले जे हुनु थियो भयो, हुने कुरा भएन । त्यही भयो नेपालमा । असोज १० ,२०८२




























