काठमाडौं । क्रान्तिकारी महिला संगठन नेपालको केन्द्रीय सचिवालय सदस्य तेजकुमारी थापाको ममतामयी आमा मनकुमारी थापा निधनप्रति गहिरो दुःख व्यक्त गर्दै संगठनले मृतक मनकुमारी थापाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । यही भाद्र २४ गते प्राणघातक क्यान्सर रोगको उपचारको क्रममा ७४ वर्षको उमेरमा असामयिक निधन भएको उल्लेख गर्दै संगठनकी अध्यक्ष अम्बिका मुडभरीले जारी गरेको श्रद्धाञ्जली वक्तव्यमा शोकको यस घडीमा तेजकुमारी थापा लगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।
श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ, “नेपाली महिला मुक्ति आन्दोलनका साथै वर्गमुक्ति आन्दोलनका समर्थक सहयोगी आमा मनकुमारी थापाको निधनले ठूलो क्षति पुगेको छ । र, हाम्रो संगठन आदरणीय आमा मनकुमारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । शोकको यस घडीमा तेजकुमारी थापा लगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।”