काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य राम सिंह श्रीसले क्रान्तिकारीहरु बीचको एकता अत्यावश्यक रहेको बताउनु भएको छ ।
लोक नारायण सुवेदीले नेतृत्व गरेको नेकपाद्वारा राजधानीको संवाद डबलीमा आयोजित अन्तक्र्रिया कार्यक्रममा श्रीसले सो विचार प्रकट गर्नु भएको हो ।
‘क्रान्तिकारी कम्युनिस्ट एकता आजको राष्ट्रिय आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रीसले देशमा क्रान्तिकारीहरु बीचको एकता अत्यावश्यक भएपनि सबै अटाउने साँझा कार्यक्रम आभाव रहेको बताउनु भयो । उहाँले कतिपय अवस्थमा कार्यक्रम नमिल्दा पनि भावनामा बगेर एकता हुने र कतिपय बेला कार्यक्रम साझा हुँदा पनि एकता नहुनुले देशमा क्रान्तिकारी शक्ति कमजोर भएको बताउनु भयो ।
नेपाल कम्युनिस्ट पार्टीका संयोजक लोकनारायण सुवेदीले नेपालका क्रान्तिकारी कम्युनिस्टहरुले परम्परागत शैलीलाई परिवर्तन गर्नुपनर्पे अवस्था आएको बताउनु भयो । देश र जनताले नेपालका क्रान्तिकारीहरु एक भएको हेर्न चाहेको र वर्तमान आवश्यकता पनि त्यही भएकोले आफूहरुले साझा एजेण्डा बनाएर एकतालाई अगाडि बढाउनु पर्ने धारणा राख्नु भयो ।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य जाग्रित रायमाझीले क्रान्तिकारी कम्युनिस्टहरुबीच एकता अत्यावश्यक भएपनि नेताहरुको निजी स्वार्थले त्यसलाई रोक्ने गरेको बताउनु भयो । रायमाझीले नेपालका कम्युनिस्टलाई कमजोर बन्नुमा नेताहरु जिम्मेवार रहेको बताउँदै भन्नु भयो, “समयमा ओली अहंकार र प्रचण्ड घमण्डले क्रान्तिकारी कम्युनिस्टहरुलाई थप कमजोर बनाएका छन् ।” रायमाझीले पुँजीवादी भूमण्डलीकरणले विश्वका कम्युनिस्टहरु कदमकदमा अबरोध गरेको सन्दर्भमा विज्ञान र प्रविधिलाई उत्पादनमा जोड्ने र सोहीअनुसार कम्युनिस्टहरुले आफूलाई परिमार्जित गरे मात्रै देश परिवर्तन हुने उहाँको भनाई थियो ।
नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणप्रसाद शर्माले कम्युनिस्टहरुबीच एकताको मुख्य बाधक भनेको नीतिभन्दा नेतृत्व प्रधानता भएको बताउनु भयो । नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले पछिल्लो समयमा क्रान्तिकारीहरुबीच एकता जरुरी रहेको बताउनु भयो ।
माक्र्सवादी एकता समाजका संयोज श्रीकान्त पण्डित, नेकपा (बहुमत) का कार्यालय सदस्य कृष्ण धमला, माक्र्सवादी महासचिव युवराज कफ्ले, नेकपा कार्यालय सदस्य इन्दिरा अधिकारी, समाजवादी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य आशोक सुवेदी, नेकपा नेता शरणविक्रम मल्ल, स्वतन्त्र बाम बुद्धिजीवी भूमिनन्दा देबकोटा, डाइलेक्टीकल सोसाइटीका संयोजक विनोद लोहनी, नेकपा सचिवालय सदस्य पुस्कर गौतम र महादिप पोखरेलले परम्परागतभन्दा नयाँ तरिकाले कम्युनिस्टले एकता गरि क्रान्तिमा जुट्नु पर्ने धारणा राख्नु भएको थियो ।