नवलपरासी १६ फागुन: नवलपरासीमा निर्वाचन बहिष्कारको अपिल सहित सातै पालिकामा पर्चा वितरण गरिएको छ । सो क्रममा शनिबार बर्दघाट-२ चिसापानीको मुख्यचोकमा बहिष्कारको अपिल वितरण गरिएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला सेक्रेटरी रवि पाण्डेयले जानकारी दिए । संयुक्त संघर्ष समिति संयोजक समेत रहेका उनले सातै पालिकाको ४१ वडामा बहिष्कारको पर्चा वितरण भएको जानकारी पाएको बताए । बहिष्कारको पर्चा वितरण गर्न समेत प्रहरी प्रशासनले कडाइ गरेको समितिले जनाएको छ । शान्तिपूर्ण कार्यक्रममा समेत प्रहरी कडाइ गरेको प्रति समितिले आफ्नो ध्यानाकर्षण भएको बताउदै सम्बिधानप्रदत अधिकार हनन नगर्न समितिले प्रहरी र प्रशासन सङ्ग आग्रह गरेको छ । यस अघि समिति संयोजक रवि पाण्डेयलाई जनयुद्ध दिवसको ब्यानर टागेको भन्दै गिरफ्तार गरेर चर्को दबाब पछि रिहा गरेको थियो ।






























