काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ७ नम्बर ब्यूरोले ३१ औं जनयुद्ध दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ । देशैभर आ–आफ्नो सापेक्षतामा जनयुद्ध दिवस मनाउन पार्टी केन्द्रीय कार्यालयले सर्कुलर जारी गरिसकेको छ। उक्त पार्टी केन्द्रीय कार्यालयलको सर्कुलर अनुसार
७ नम्बर ब्यूरोले ३१ औं जनयुद्ध दिवस भव्य रुपमा मनाउने तयारी गरेको हो
७ नम्बर ब्यूरो सचिव नारायण शर्मावाट जानकारी भए अनुसार २०८२ फगुन १ गते दिउसो १२ वजे लालटिन कटेज अमरसिंमा कार्यक्रम हुने भएको छ ।
३१ औं जनयुद्धको दिवसको ऐतिहासिक अवसर पारेर अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनको उद्घाटन हुँदैछ । सम्मेलनको उद्घाटन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले गर्नुहुनेछ । पार्टीको ९ नम्बर ब्यूरोले पनि अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन उद्घाटनसँगै जनयुद्ध दिवस मनाउने तयारी गरेको छ ।






























