१) उत्पादन पद्धतिको आधारभूत तत्वहरु
समाजको माथिल्लो संरचना (Super structure), जस्तो कि कानुन, राजनीति, राज्य, संस्कृति, आदि, त्यो समाजको आर्थिक आधार (Economic Base) मा टिकेको हुन्छ । आर्थिक आधार भनेको कुनै पनि समाजको उत्पादन पद्धति हो । यसै उत्पादन पद्धतिको आधारमा भौतिक वस्तुका उत्पादन र वितरणका नियमहरु वनेका हुन्छन् । उत्पादनप्रक्रियामा उत्पादक शक्तिको भूमिका र उत्पादित बस्तुमा स्वामित्वको कुरा यिनै नियम अनुरुप तय हुन्छन् । भौतिक उत्पादन भन्नु नै उत्पादक शक्ति र उत्पादन सम्बन्धबाट निर्माण भएको बस्तु हो जसले मानिसहरुको आवश्यकताको परिपूर्ति गर्दछ । यस प्रकार समाजको उत्पादक शक्तिहरु र मानिसहरुको उत्पादन सम्बन्धहरुको अन्योन्येक्रियालाई उत्पादन–पद्धति भनिन्छ ।

० श्रमको माध्यमबाट नै मानिसले प्रकृतिमाथि विजय प्राप्त गर्दै आफ्ना आवश्यकता परिपुर्ति गर्ने वस्तुहरु उत्पादन गर्दछन् । उत्पादन गर्न श्रम जुन वस्तुमाथि प्रयोग गरिन्छ त्यो वस्तुलाई श्रमको बस्तु भनिन्छ ।
० श्रमको वस्तु र श्रम बीच प्रयोग हुने साधन नै श्रम साधन हो । सामान्य कुटो, कोदालोदेखि लिएर ठूल्ठूला औजारहरु र प्रविधियुक्त संयन्त्रहरु पनि मानिसको श्रमको साधनहरु हुन् । श्रमका साधनहरुको सचेत प्रयोगले मात्र श्रमलाई परिस्कृत गर्न र भौतिक उत्पादनमा अभिवृद्धि गर्न सकिन्छ । मानवीय सचेत प्रयासबाट नै श्रमका साधन र श्रमका वस्तुहरु उत्पादनका साधनहरु वन्दछन् ।
उत्पादक शक्ति ः ती मानिसहरु जसले उत्पादनका साधनहरु र श्रमका वस्तुहरुलाई आफ्नो अनुभव र श्रम–कुशलताको आधारमा सञ्चालन गर्दछन् ।
उत्पादन सम्बन्ध ः वस्तु उत्पादन गर्ने प्रक्रियामा मानिस बीच वन्ने सामाजिक सम्बन्ध। उत्पादन सम्बन्धको मूल आधार स्वामित्वसँगको सम्बन्ध हुन्छ । स्वामित्वको सम्बन्धले नै उत्पादनमा लागेका श्रमिकहरुको उत्पादन सम्बन्धलाई निश्चित गर्दछ । अर्थात प्रत्येक उत्पादन प्रणलीमा स्वामित्वले गर्दा नै विभिन्न वर्ग वीचको सम्बन्धले निश्चित आकार ग्रहण गर्दछ ।
२) समाज विकासको चरणमा उत्पादन पद्धति ः
(सन्दर्भ –नेपाली समाज विकासको अर्थराजनीति )
क) आदिम समाजको उत्पादन पद्धति
० उत्पादक शक्ति ः आदिम मानव + प्रकृति ।
० उत्पादन सम्बन्ध ः उत्पादनका साधनमाथि सामुदायिक (गोत्रीय) स्वामित्व ।
आदिम समाजको सामाजिक–आर्थिक संगठन भनेको गोत्र अर्थात कुटुम्बको सामुदायिक श्रममा आधारित कम्युन हो । त्यसबेला भूमि तथा उत्पादनका साधनहरुमा कम्युनका सबै सदस्यहरुको स्वामित्व हुन्थ्यो । उनीहरुले सामुहिक रुपमा प्रयोग गर्ने ढुङ्गे हतियार, भाला, तीर–कमानी आदिको कारण नै प्रकृतिको विराट शक्तिमाथि विजय प्राप्त गर्न सक्तथे । त्यसकारण उत्पादनका साधनहरु र उत्पादनमा व्यक्तिगत स्वामित्व सम्भव थिएन । गोत्र कम्युनको अधिनमा उत्पादनका औजारहरु, वन, जमिन, खोला र पशुहरु हुन्थे ।
आदिम समाज पहिले मातृसत्ता गोत्रीय अवस्था भएर अघि बढेको थियो । त्यसको कारण त्यो युगको आर्थिक व्यवस्थामा स्त्रीहरुको प्रभावकारी भूमिका, सामुदायिक विवाह र सन्तानहरुले आमालाई मात्र चिन्ने, आदि कुराहरु पर्दथ्योे । नेपालमा ई. पु २००० भन्दा पूर्वको समाज मातृप्रधान समाज थियो । उत्पादन सम्बन्धको मूल आधार स्वामित्वसँगको सम्बन्ध हुन्छ । स्वामित्वको सम्बन्धले नै उत्पादनमा लागेको श्रमिकहरुको उत्पादन सम्बन्धलाई निश्चित गर्दछ अर्थात प्रत्येक उत्पादन व्यवस्थामा स्वामित्वले गर्दा विभिन्न वर्ग बीचको सम्बन्धले निश्चित आकार ग्रहण गर्दछ । यस प्रकारको आदिम समाजमा निजी सम्पती वर्ग, वर्गीय उत्पीडन थिएन । आदिम साम्यवादी समाजको उत्पादक शक्ति आदिम मानव र प्रकृति थियो भने उत्पादन सम्बन्ध गोत्र प्रथात्मक स्वामित्व थियो ।
आदिम समाजको विकासको क्रममा कृषि आदिम स्वरुप भन्दा उन्नत भयो र कृषिबाट पशुपालन छुटियो । यसलाई पहिलो ठूलो सामाजिक श्रम विभाजन मानिएको छ । पहिलोपल्ट फलामको खोज भयो जसले समाजलाई एक उच्चस्तरीय प्रगतितर्फ डो¥याउने काम ग¥यो । तर त्यसले आदिम समाजको पतनको उद्घोष पनि ग¥यो । उत्पादनको गतिविधिमा पुरुषको महत्व बढ्न गयो । साथै कृषि, पशुपालन र दस्तकारी कार्यहरु अलग अलग विकास हुँदै गए । अतिरिक्त उत्पादन र सामाजिक सम्पत्तिमा वृद्धि भयो र फलस्वरुप तिनका बीच विनिमय गरिने माल उत्पादन (Commodity Production ) शुरु भयो । यसबाट निजी स्वामित्वले जन्म लियो र आदिम कम्युन तहस –नहस भयो ।
गोत्रका सरदारहरुले सामुदायिक सम्पत्तिलाई निजी सम्पतिमा बदल्न आफ्नो शक्तिको उपयोग गर्न थाले । फलतःगोत्रीय कम्युनभित्र धनी र गरिबको भेद शुरु भयो । अब धनीहरुलाई बढी श्रमको आवश्यक्ता प¥यो । तसर्थः युद्धबन्दीहरुलाई मार्नुको सट्टा दास बनाउन थालियो । गोत्रभित्रका गरिब मानिसलाई पनि दास बनाउन थालियो । मान्छेले मान्छेको शोषण गर्ने कार्य शुरु भयो । यसरी समाज दुई वर्गमा विभाजित भयो ःदास–मालिक र दास । यसै समयदेखि मानव समाजको इतिहास वर्ग–संर्घषको इतिहास रहिआएको छ ।
ख) दास समाज व्यवस्था
उत्पादक शक्ति ः दासहरु +दासका मालिकका उत्पादनका साधनहरु ।
उत्पादन सम्बन्ध ः उत्पादित वस्तुहरुमाथि दासका मालिकको स्वामित्व ।
यो व्यवस्थामा दासका–मालिकहरु उत्पादनका साधनहरुको मात्र होइन, दासको पनि मालिक हुन्थे । दासहरुलाई शोषण मात्र होइन जनावर सरह व्यवहार गरिन्थ्यो, बली चढाईन्थ्यो र माल (Commodity) को रुपमा बिक्री पनि गरिन्थ्यो । दासहरुबाट अतिरिक्त श्रम हडप गरिन्थ्यो र उत्पादन बढाउनका लागि दासका मालिकहरुले दासहरुमाथि अत्यन्त क्रुर व्यवहार गर्दथे । यातना खप्न नसकेर भाग्ने दासहरुलाई पक्रिएपछि तातो फलामले डामिन्थ्यो र फलामकै साङ्लाले बाँधेर राखिन्थ्यो । उनीहरुद्धारा गरिएको सबै उत्पादन मालिकको हुन्थ्यो । उनीहरुलाई जनावर जति नै खान दिइन्थ्यो, जसबाट उनीहरुको प्राणसम्म धानिन्थ्यो ।
दास समाजको विकासको साथसाथै कृषि, दस्तकारी र औद्योगिक वस्तु विनिमयको विकास भयो । फलतः दास समाजको अन्तिम अवस्थातिर शहरको जन्म भयो र शहर तथा गाउँको बीचमा अन्तरविरोध शुरु भयो । शहर दस्तकारी उद्योग धन्दा र व्यापारको केन्द्र थियो ।
अब सहर व्यापारको केन्द्र मात्र रहेन, दास–समाजको राजनैतिक केन्द्र पनि बन्यो । दासका मालिकहरुले दासहरुको विद्रोह दबाउन र दास ब्यवस्था टिकाई राख्नका लागि राज्य यन्त्रलाई बलियो बनाए । दास–मालिक, ठूला व्यापारी तथा नोकरशाहको बिलासिताका लागि ठूला ठूला महल, मन्दिर, मनोरञ्जन एवं अन्य सार्वजनिक स्थलहरुको निर्माण गरियो । यसरी दास समाजमा शहर एक आर्थिक, राजनैतिक एवं सांस्कृतिक केन्द्र बन्यो र शहर तथा गाउँको बीचमा अरु अन्तरविरोध बढ्यो । शहरले गाउँको शोषण गर्ने आधार निर्माण भयो ।
दास श्रमद्वारा बढीमात्रामा उत्पादित अतिरिक्त उत्पादनको कारणले गर्दा दास–मालिक वर्गलाई श्रमबाट अलग हुने अवसर प्राप्त भयो । यसबाट उनीहरुबीच मानसिक श्रम विभाजन पनि भयो । फलतः दासका मालिकहरुले दास तथा अन्य श्रमिक वर्गलाई शोषण गर्न र आफ्नो वर्गीय अधिनायकत्वलाई कायम गर्न गराउन, राजनीतिक, कानुन, धर्म, आदिका हतियार प्रयोग गर्न सफल भए । यो व्यवस्थावाट उत्पादकशक्तिको एक सीमासम्म विकास भयो । तर त्यसको साथसाथै अन्तरविरोध पनि तीब्र भयो । दासहरुको ठूलो संख्यामा बृद्धि भयो । अब दासहरुलाई मालिकको क्रुर दमन र उत्पीडन स्रह्य भएन र उनीहरुले मालिकको विरुद्ध विद्रोह सुरु गरे । यो विद्रोहमा दासहरुले ज्यान गुमाउनु प¥यो तापनि त्यसले दास समाज व्यवस्थाको अन्त्यलाई अपरिहार्य बनायो । दास समाजमा उत्पादकशक्तिका रुपमा दासहरु र दास मालिकका उत्पादनका साधनहरु हुन्थे भने त्यसबखतका उत्पादित वस्तुहरुमाथि दास–मालिकको स्वमित्व रहन्थ्यो । तर नेपाली समाजभित्र भने हिन्दु उच्च जातिको पहुँच र शासन स्थापित नहुदासम्म जनजातीय पित्रृसत्ता–गणतंत्री ब्यवस्था नै चलेको थियो । यहाँको समाज घरेलु दासता भन्दा अघि बढ्न सकेको थिएन ।
ग) सामन्ती समाज व्यवस्थाः
० उत्पादक शक्तिः भूदासहरु+सामन्ती भूमि (विर्ता,गुठी,जमिनदारी,आदि) ।
० उत्पादन सम्बन्धः भूमाथि स्वामित्वको कारण उत्पादनमा सामन्ती स्वामित्व ।
दास–समाज व्यवस्थाको अन्ततिर सामन्ती उत्पादन सम्बन्धले जन्म लियो । दास–मालिकहरु नयाँ भूस्वामीको रुपमा र दासहरु भूदासको रुपमा परिणत भए । सामन्ती समाज व्यवस्था भनेको भूस्वामिहरुद्वारा भूमिको स्वामित्व र भूदासमाथि नियन्त्रणमा आधारित व्यवस्था हो । भूस्वामी नै जमिनको मालिक हुन्छ तर भूदासहरुसँग जमिन एकदम कम वा नभए सरह हुन्छ । भूदासहरुले बाच्नका लागि भूस्वामीको जमिन जोत्न (खेती गर्न) बाध्य हुनुपर्छ । यसरी किसानहरु (भूदासहरु) सामन्ती भूव्यवस्थासँग जोडिएका हुन्छन् । भूस्वामीहरुद्वारा किसानहरुमाथि शोषण भनेको उनीहरुलाई दिएको जमिनबाट असुल गरिने लगान (कुत) नै हो । कुत तीन प्रकारको थियो ।
(१) शुरु शुरुमा कुत श्रमको रुपमा नै लिइन्थ्यो । किसानहरुले आफ्नै औजारले पहिले भूस्वामीको जमिनमा काम गर्नु पर्दथ्यो, अनि मात्र आफ्नो जमिनमा काम गर्न पाउँथे । (२) त्यसपछि किसानहरुबाट वस्तु नै कुत लिने चलन चल्यो । किसानहरुले ५० देखि ८० प्रतिशतसम्म अन्न कुतको तिर्न पर्दथ्यो । यसले किसानहरुलाई भयंकर गरिबीमा धकेल्ने काम ग¥यो । (३) सामन्तबादको उत्तरकालमा मुद्रा लगान प्रचलित भयो । किसानहरु आफ्नो उत्पादन बजारमा बेच्दथे र तोकिएको लगान मुद्रामा तिर्दथे ।
किसानहरुले तोकिएको लगान बाहेक झारा ( Unpaid but compulsary labour) पनि तिर्न पर्दथ्यो । उनीहरुले व्याज–खोरहरुको शोषणको शिकार पनि हुनु पर्दथ्यो । सामन्ती राज्ययन्त्रले पनि भूस्वामी वर्गको रक्षा गर्दथ्यो जसको कारण किसानहरु बढी शोषण उत्पीडनमा पर्दथे । नेपालमा पनि पृथ्वीनारायणशाहको राज्य बिस्तार पछि कुत ७५ प्रतिशतसम्म पुगेको थियो । किसानहरुमाथि लादिने झारा र उच्च व्याजदरको कारण ग्रामिण किसानहरुको स्थिति यति नाजुक हुन्थ्यो कि उनीहरुमध्ये धेरै गाउँ छोडेर भाग्न बाध्य हुन्थे । भाग्न नसकेकाले वाँधा वा दास बन्नु पर्दथ्यो ।
सामन्तवादमा जमिन्दार वर्ग (भूस्वामि र पुरोहित वर्ग) नै शासक वर्ग हुन्छ तर उत्पादन भने सानो स्केलमा गरिन्छ । मुद्राको प्रचलन बढ्दै गएपछि सामन्ती सम्बन्धले ग्रामीण बुर्जुवा वर्ग र स्वतन्त्र किसानको विकास गर्न थाल्यो । यसरी सामन्तवादी व्यबस्थाभित्रबाटै पुँजीवादी उत्पादन प्रकृयाको विकास भयो । यसले सामन्तवादलाई ऐतिहासिक रुपमै अन्त्यतर्फ डो¥यायो ।
किसानहरुको पछिल्लो कालको घनिभूत संघर्षले सामन्तवादलाई धरासायी नै बनायो ।
घ) अर्धसामन्ती व्यवस्थाः
० उत्पादक शक्तिः मोही किसानहरु+खेत मजदुर+जमिन्दारी (विर्ता, गुठी+अनुपस्थित जमिनदारी) स्वतन्त्र किसान+पुँजीवादी किसान (सानो माल उत्पादक)।
० उत्पादन सम्बन्धः भूस्वामित्वका कारण सामन्ती (लगान) र लगानीका कारण पुँजीपतिको उत्पादनमाथि स्वामित्व ।
नेपालमा लिच्छवि कालका राजा मानदेवको पालादेखि सामन्ती उत्पादनको थालनी भएको हो तापनि अठारौ शताब्दीमा भएको गोर्खा राज्य विस्तार अभियानले मात्र एक केन्द्रिकृत निरंकुश हिन्दू सामन्ती राजतन्त्रको निर्माण पुरा गरेको थियो । सन् १८१६को असमान सुगौली सन्धिले नेपाललाई वृटिश–इण्डियाको अर्ध–उपनिवेश बनायो भने सन् १९३५मा औद्योगिक प्रतिष्ठानहरुको सुरुवात भएदेखि नेपाल अर्ध–सामन्ती समाजमा फेरियो । दोस्रो विश्वयुद्ध पछि नव–उपनिवेशी बोज पनि थपिएकोछ ।
ङ) पुँजीवाद ः
० उत्पादन शक्तिः सर्वहारा+निजी पुँजी+उद्यम ।
० उत्पादन सम्बन्धः उत्पादनका साधन+उत्पादित बस्तुमाथि पुँजीपतिहरुको स्वामित्व ।
लेनिनले भनेका छन्ः पुँजीवाद भनेको त्यो सामाजिक प्रणाली हो, जहाँ मुठिभर भूस्वामीहरु र पुँजीपतिहरुको अधिनमा भूमि, कारखाना, मेसीन, औजार,आदि सम्पूर्ण रहेको हुन्छ, जवकी जनताको ठूलो समुहसँग सम्पति हुदैन, अथवा नाम मात्रको हुन्छ र उनीहरुले आफूलाई श्रमिकको रुपमा बेच्न बाध्य हुनुपर्दछ (१९७७ः३११)। लेनिनको उक्त भनाइबाट पुँजीवादको लागि दुई मुख्य सर्तहरु आवश्यक देखिन्छ ः (क) थोरै व्यक्तिहरुको हातमा विशाल धनको सञ्चय र उत्पादनको साधनहरुको केन्द्रिकरण र (ख) दरिद्रहरुको विशाल जनसमुदायको उपस्थिति जो व्यक्तिगत रुपबाट स्वतन्त्र हुँदाहुदै पनि उत्पादनका साधन र जीवन निर्वाहका साधनबाट वन्चित रहनाका कारण पुँजीवादी दास्ताको साङ्लोमा जकडिन विवश हुन्छन् । त्यसैले सम्पतिशाली पुँजीपति वर्ग र सम्पतिहिन सर्वहारा वर्गको अस्तित्व पुँजीवादी उत्पादन पद्धतिको आधार स्तम्भ रहने गर्दछ र समाज मूलतः यिनै दुईविरोधी वर्गमा विभाजित हुन्छन् ।
पुँजीवादी विकासका चरणहरु ः
पुँजीवादी उत्पादन प्रणालीको विकासका दुई आधारभूत चरणहरु रहेका छन् ः (क) पूर्व–एकाधिकार पुँजीवाद, र (ख) एकाधिकार पुँजीवाद अर्थात साम्राज्यवाद ।
क) पूर्व–एकाधिकार पुँजीवाद ः माक्र्सले उन्नाइसौं शताव्दीको पुँजीवादभित्र विकास भएको ठोस रुप र चरित्रहरुको आधारमा त्यस समयको पुँजीवादी उत्पादन प्रणालीको सामान्य चरित्र र विकासका नियमहरुको विश्लेषण गरेका थिए । स्वतन्त्र प्रतिस्पर्धा त्यसको मुख्य चरित्र रहेको थियो र उत्पादनका साधनहरुमा पुँजीपतिहरुको निजी स्वामित्व रहेको हुन्थ्यो । पुँजीवादी सामाजिक उत्पादन स्वतःस्फूर्त बजारको बनावटबाट नियन्त्रित हुन्थ्यो । स्वतन्त्र प्रतिस्पर्धाको कारण पुँजीवादी शोषण औसत नाफाको नियमबाट सञ्चालित हुन्थ्यो । पुँजीपतिले लगानीको अनुपातमा हुने नाफाको रुपमा मजदुरको श्रमबाट श्रृजित अतिरिक्त मूल्य प्राप्त गर्दथ्यो । यसरी स्वतन्त्र प्रतिस्प्रधाको प्रभूत्वमुनी पुजीपतिवर्गबाट सम्पूर्ण श्रमिकवर्ग शोषित, उत्पीडित रहेका थिए । संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स र अन्य विकसित मुलुकहरुमा पूर्व एकाधिकार पुँजीवादले उन्नाइशौं शताब्दीको सातौं दशकसम्म प्रभूत्व जमाएको थियो ।
ख) एकाधिकार पुँजीवाद अर्थात साम्राज्यवाद ः उन्नाइशौं शताब्दीको सातौं दशकसम्म पुँजीवाद स्वतन्त्र प्रतियोगिताको चरणमा रहेको थियो । त्यसपछिदेखि बीशौं शताब्दीको प्रारम्भसम्ममा पुँजीवादले स्वतन्त्र प्रतियोगिताबाट एकाधिकारमा संक्रमण पुरा ग¥यो र साम्राज्यवादको रुपमा विकसित हुनु पुग्यो । लेनिनले साम्राज्यवादलाई पुँजीवादको एक विशेष अवस्था, त्यसको विकासको उच्चतम र अन्तिम अवस्था हो भनेका छन् । उनले आफ्नो सुप्रसिद्ध कृति “साम्राज्यवाद, पुँजीवादको उच्चतम अवस्था”(१९१६)मा साम्राज्यवादका मुख्य आर्थिक विशेषताहरुको वर्णन निम्नानुसार गरेका छन् ः
क) उत्पादन र पुँजीको संकेन्द्रण विकसित भएर यति उचाइमा पुगिसकेको हुन्छ कि त्यसले अन्ततः एकाधिकार पुँजीवादको रुप लिन्छ ।
ख) ब्याङक पुँजी औद्योगिक पुँजीको बिलयबाट वित्तीय अल्पतन्त्रको जन्म हुन्छ ।
पुँजीको निर्यातले, जो मालको निर्यातभन्दा भिन्न हुन्छ, असाधारण महत्व ग्रहण गर्दछ । लेनिनले भनेका छन् ः पुँजीले राज्यको सीमा पार गर्नु नै साम्राज्यवाद हो ।
घ) अन्तराष्ट्रिय एकाधिकार पुँजीवादी संघहरुको निर्माण हुन्छ, जसले विश्वलाई आपसमा बाँडचुँड गर्दछन् ।
ङ) साम्राज्यवादीहरुले आपसमा सारा संसारको पुनःविभाजन पुरा गर्दछन् ।
साम्राज्यवादी अवस्थामा उत्पादनको सामाजिक चरित्र र वितरणको व्यक्तिगत रुप बीचको अन्तद्र्धन्द्ध उपल्लो स्तर सम्म चर्किन पुग्छ । यो अन्तरद्वन्द्वले आर्थिक संकट र बेरोजगारीलाई जन्म दिन्छ । पुँजीपतिवर्ग र सर्वहारावर्ग बीचको वर्ग संघर्षलाई तीब्र पार्दछ, अनि त्यसले समाजवादी क्रान्तिको आधार सिर्जना गर्दछ ।
च) समाजवाद ः
० उत्पादक शक्ति ः सर्वहारा+सहकारी+कम्युन +राजकीय उद्यम (पुँजी) ।
० उत्पादन सम्बन्ध ः उत्पादनको साधनमाथि सामाजिक (श्रमिक वर्ग) स्वामित्व ।
लेनिनले भनेकाछन्, “हामी समाजको नयाँ, सर्वोत्तम ब्यवस्था कायम गर्न चाहन्छौं । यो नयाँ, सर्वोत्तम समाजमा धनी र गरिब रहने छैनन् । सबैले कामगर्नु पर्दछ । एकमुठी धनाढ्यहरुले नभएर समस्त श्रमिकहरुले श्रमका सबै फल उपभोग गर्न पाउँनेछन् । यो नयाँ, सर्वोत्तम समाजलाई “समाजवादी” भनिन्छ र यो समाजको बारेमा बताउने सिद्धान्तलाई “समाजवाद” भनिन्छ( गाउँका गरिबहरुलाई, १९१७)। माक्र्सले (१९७३ ः २७) भनेका छन् – “समाजवाद भनेको पुँजीवादी र साम्यवादी समाजको बीचमा पहिलोबाट दोस्रोमा क्रान्तिकारी रुपान्तरणको अवधि हो, एक राजनीतिक संक्रमणको समयावधि हो । यो समयावधिमा राज्य सर्वहारावर्गको क्रान्तिकारी अधिनायकत्व सिबाय अरु केही पनि हुन सक्दैन ।
समाजवादी व्यवस्था भनेको उत्पादनका साधनहरुमाथि सामाजिक स्वामित्वमा आधारित व्यवस्था हो । यो व्यवस्थामा भूमि, काराखाना, खानी, यातायात, सञ्चार आदि उत्पादनका साधनहरु सामाजिकरण गरिन्छन्, जसले गर्दा मान्छेले मान्छेलाई शोषण गर्न पाउने भौतिक आधार रहदैन । समाजवादी स्वामित्वका दुई रुप हुन्छन्–राजकीय (सार्वजनिक) स्वामित्व र सहकारी स्वामित्व – जसको स्थापना मजदुरहरु र किसानहरुको सामुहिक स्वामित्वमा बन्दछ । उक्त कारणले गर्दा समाजवादमा पुँजीवादी व्यवस्थामा जस्तो मुठीभर मानिसहरुको स्वार्थ, नाफा र ऐस आरामको लागि लाखौं मजदुर, किसान र अन्य तप्काका गरीबहरुले खट्नु पर्दैन र गरिबी, अभावको जीवन बिताउन पर्दैन । समाजवादमा उत्पादन नाफाको लागि नभएर समाजको आवश्यकताका आधारमा गरिन्छ । त्यस कार्यबाट शोषणलाई मद्दत पुग्दैन ।
समाजवाद निर्माण गर्नका लागि पुँजीवादी व्यवस्थाबाट समाजवादमा संक्रमण गर्दा केही सामान्य नियमहरुले निर्देशन गरेका हुन्छन् । ती हुन ः
क) श्रमिक वर्गले राज्यसत्ता जितेपछि आफ्नो हक, हितका लागि सर्वहारा–जनतन्त्रको अधिनायकत्व स्थापना,
ख) श्रमिक वर्गको किसान समुदाय र कामदार जनताका अन्य तह र तप्कासँग एकता,
ग) पुँजीवादी सम्पत्तिको उन्मूलन र पुँजीवादी उत्पादनका साधनमाथि सार्वजनिक स्वामित्वको स्थापना,
घ) सहकारिताको आधारमा कृषिलाई विस्तारै, विस्तारै समाजवादी कृषिमा रुपान्तरण,
ङ) समाज निर्माणतर्फ समाजलाई अघि बढाउन र कामदार जनताको जीवनस्तर उच्च बनाउनका लागि राष्ट्रिय अर्थतन्त्रलाई योजनाबद्ध र सन्तुलित ढंगवाट विकास,
च) कामदार वर्ग, कामदार जनता र बुद्धिजीविहरुको विचार र संस्कृति सुधार्नुका लागि सांस्कृतिक क्रान्तिको आवश्यकता,
छ) जातीय उत्पीडन खत्तम गर्न र जातिहरुबीच समान अधिकार र भातृत्व स्थापना र विकास,
ज) भित्री तथा बाहिरी वर्ग शत्रुहरुबाट समाजवादी राज्यको रक्षा,
झ) सर्वहारा अन्तर्राष्ट्रवादलाई बढवा दिने, आदि ।
उक्त कुराहरु समाजवादी राज्यका लागि अनिवार्य जस्तै रहेका हुन्छन् । पुँजीवादी व्यवस्था भन्दा आफूलाई उच्च व्यवस्था सावित गर्न समाजवादले उक्त कुराहरु गर्न जरुरी छ । उक्त कार्यहरु अघि बढाउनाले समाजवादको भौंतिक एवं प्राविधिक आधार तयार हुन जान्छ र सम्पूर्ण अर्थतन्त्रमा समाजवादी उत्पादन सम्बन्धहरुको विजय सु–निश्चित हुन्छ । “काम नगर्नेले खान पनि पाउँदैन” भन्ने नियम यहाँ लागु गरिन्छ । यो कुरा पुँजीवादी मुलुकमा असम्भव हुन्छ । समाजवादको बाटामा अग्रसर भएका मुलुकहरुले पुँजीवादको भन्दा उच्च स्तरमा श्रम उत्पादकत्व सृजना गरेर साम्यवादमा पुग्ने संक्रमण कालको उक्त कार्यभारलाई पुरा गर्दछ ।
छ) साम्यवाद ः
० उत्पादक शक्ति ः क्षमता अनुसारको काम ।
० उत्पादन सम्बन्ध ः आवश्यकता अनुसारको माग ।
सम्पूर्ण मुलुकहरुमा श्रमिक जनताको मुक्ति संघर्षको उच्चतम उद्देश्य साम्यवादी समाजको निर्माण गर्नु हो । लेनिनले स्पष्ट भनेका छन् “हामीले समाजवादी सुधारहरु शुरु गर्दा हामीसँग पुगिने निर्दिष्ट लक्ष्यका बारेमा स्पष्ट दृष्टिकोण हुनुपर्दछ–त्यो हो साम्यवादी समाजको सृजना (१९७७ ः १२७)”। अतः समाजवाद भनेको साम्यवादको अघिल्लो चरण हो । यस अबधिमा वर्गहरु बाँकी रहन्छन् र सर्वहारा वर्गको अधिनायकत्व पनि पुरै अवधिभर नै रहिरहन्छ । जब वर्गहरु बिलाउने छन्, तब अधिनायकत्वको आवश्यकता पनि रहने छैन (लेनिन, १९८६ ः११२)। वर्गीय अधिनायकत्वको आवश्यकता नरहने चरण चाँही साम्यवादको चरण हो । वर्गविहीन र राज्यविहीन चरण हो । यहाँ “प्रत्येकबाट उसको योग्यता अनुसार र प्रत्येकलाई उसको आवश्यकता अनुसार” को नीति लागु हुन्छ । तर समाजवादले साम्यवाद सम्मको लक्ष्य प्राप्त गर्नको लागि लामो बाटो तय गर्नु पर्दछ । साम्यवादी समाजको मार्ग जति सुकै लामो भए पनि र जतिसुकै बाधा बिघ्न परेपनि मावजातिको यो अग्रगमनको निर्दिष्ट बाटो त्यही दिशातिर लम्किरहेको छ ।
१) मानवीय आवश्यकता अनुसार सामाजिक सम्पत्ति उत्पादन गरिनेछ ।
२) दमनको आवश्यकता नपरेकोले राज्य उन्मूलन हुनेछ ।
३) सामाजिक वर्गहरु रहने छैनन् ।
४) बिना कुनै प्रलोभन सबैले काम गर्नेछन् ।
५) सबैलाई समान ज्याला दिइनेछ र सबैलाई बसोबासको राम्रो प्रबन्ध गरिनेछ ।
६) केन्द्रिकृत बजार भएको प्रभावशाली अर्थतन्त्र हुनेछ ।
७) “उत्पादकहरुको स्वतन्त्र र सम्मान संघ” द्वारा अर्थतन्त्रको व्यवस्थापन गरिनेछ ।
८) सहर तथा गाउँमा फरक हुनेछैन ।
९) हरेक व्यक्तिले दुवै काम गर्नु पर्नेछ–शारीरिक तथा बौद्धिक श्रम । कुनै विशिष्ट काम भने अपवाद हुन सक्नेछ ।
१०) पैसा नभएको अर्थतन्त्र हुनेछ ।
११) पूर्ण साम्यवादी प्रणाली विश्वव्यापी हुनेछ ।
ज) नौलो जनवादी अर्थव्यवस्था ः
० उत्पादक शक्ति ः किसान+सहकारी+साना दस्तकार+राष्ट्रिय पुँजी ।
० उत्पादन सम्बन्ध ः उत्पादनका साधन र उत्पादित बस्तुहरुमाथि राजकीय+सहकारी स्वामित्व ।
क. माओले भनेका छन् ः नौलो जनवादी राज्यव्यवस्था बुर्जुवावर्गको अभिनायकत्वमा चलेको अमेरिका–युरोप पुरानो किसिमका प्रजातन्त्रभन्दा फरक हुन्छ । किनभने त्यस्तो प्रजातन्त्र अब पुरानो मात्र होइन काम समेत नलाग्ने भइसकेको छ । अर्कोतिर यो व्यवस्था समाजवादी रुसको सर्वहारावर्गको अधिनायकत्वमा चलेको व्यवस्थाभन्दा पनि फरक छ । किनभने औपनिवेशिक तथा अर्ध–औपनिवेशिक मुलुकहरुमा रुसमा वा अन्य पुँजीवादी मुलुकहरुमा जस्तो समाजवादी क्रान्ति हुन सक्दैन । देशको विशेष चरित्रले गर्दा नै यहाको क्रान्ति नौलो जनवादी प्रकारको हुन्छ र यसप्रकारको क्रान्तिबाट बनेको राज्य व्यवस्था साम्राज्यवाद विरोधी थुप्रै क्रान्तिकारी वर्गहरुको संयुक्त अधिनायकत्वमा चल्दछ । नौलो जनवादी राज्यव्यवस्थाको अर्थतन्त्र पनि नौलो हुन्छ । हुनतः सर्वहारावर्गको नेतृत्वमा चल्ने नौलो अर्थव्यवस्थामा निजी नाफा र निजी आवश्यकताको सट्टामा सामाजिक आवश्यकता पूर्ति गर्न एक केन्द्रिकृत तथा योजनावद्ध उत्पादन प्रणाली लागु गरिन्छ । तर पनि यो व्यवस्था समाजवादी आर्थिक प्रणाली भन्दा फरक छ । किनभने नयाँ जनवादी राज्यले आधारभूत उद्योगहरु, सञ्चार प्रणाली र वाणिज्य संचालन गरेपनि कृषिमा आधारित मध्यम तथा सान वाणिज्य तथा उद्यमहरुलाई निजी स्वामित्व मै छोडिएको हुन्छ । तर यस्ता निजी स्वामित्व अन्र्तगत रहेका उत्पादनहरु पनि राज्यको केन्द्रिकृत आर्थिक योजनाद्धारा नै निर्देशित र नियन्त्रित हुन्छन् । त्यसैले यसप्रकारको उत्पादनको चरित्र पनि पूर्णतः पुँजीवादी हुँदैन । नौलो जनवादी अर्थतन्त्रको ढाँचा (१) राज्यको नियन्त्रणमा राष्ट्रिय पुँजीपतिहरुको उद्यमको विकास (२) सामन्ती तथा दलाल पुँजीपतिको सम्पत्ति जफत (३) सहकारी कृषि प्रतिष्ठानहरुको स्थापना र (४) मध्यम तथा साना निजी उद्यमहरुको उपस्थिति । उक्त सबैलाई मिलाएर नै नौलो जनवादी अर्थव्यवस्था वन्दछ ।
तर उत्पादक शक्तिहरुको विकासको एक खास विन्दुमा नौलो जनवादी अर्थव्यवस्था पनि प्रर्याप्त हुदैन । कृषिको विकासले सामाजिक आवश्यकता पुरा गर्नका लागि बृहत स्केलको मेशिनकृत खेतीको माग गर्दछ र त्यसरी नै राष्ट्रिय पुँजीपतिको साना–तिना निजी उद्यमले बढ्दो सामाजिक मागलाई पुरा गर्न सक्दैन । त्यसैले समाजवादी अर्थव्यवस्था शुरु गरिनु पर्दछ ।































