काठमाडाैं । क्रान्तिकारी किसान महासंंघकाे धादिङ जिल्ला भेला सम्पन्न भएकाे छ । महासंघका महाचिव धनेश्वर पाेखरेलकाे प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले यमबहादुर अधिकारीकाे संयाेजकत्वमा ९ सदस्यीय जिल्ला सम्मेलन आयाेजक समिति चयन गरिएकाे छ ।
हरि खतिवडाकाे अध्यक्षतामा सम्पन्न महासंघकाे जिल्ला भेलाद्वारा चयन गरिएकाे सम्मेलन आयाेजक समितिका सदस्यहरुमा सुस्मिता भुजेल, काइला तामङ, लालबहादुर दुवाडी ,दामोदर रिमाल इश्वोर बहादुर घले, किरन कुमार शाही, रेसम बहादुर भुजेल, टीका कुमारी घले रहेका छन् ।

भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ८ नम्बर ब्यूराेका सचिव दिपक विशेष आतिथ्यता र अमृत अधिकारीकाे सञ्चालन रहेकाे थियाे ।





























