ने.क.पा. (एमाले)को ११औं महाधिवेशन भर्खर सम्पन्न भएको छ । उक्त पार्टीको महाधिवेशनबार ेविभिन्न कोणबाट चर्चा परिचर्चा भइरहेको छ एमालेको ११औं महाधिवेशनमा भएको चुनाव, त्यसको नतिजा र त्यसले गरेका निर्णयहरुबारे केही टिप्पणी गर्न गइरहेको छु । सर्वप्रथमत नेकपा एमालेको यो महाधिवेशनमा जुन चुनाव भयो त्यो कुनै नीति तथा कार्यक्रमको विषयलाई लिएर भएको थिएन । उनीहरुको प्राय कार्यदिशा जवज नैहो ।मदनभण्डारीले जवजलाई कार्यक्रमको रुपमा लिएका थिए ।अहिलेको एमालेले त्यसलाई पार्टीको सिद्धान्त भन्दछ । त्यो जवजलाई सिद्धान्त वा कार्यक्रम जे भने पनि त्यो पूँजीवादी व्यवस्थाको एउटा रुप हो यसले मजदुर र किसान वर्गको हितमा काम गर्न सक्दैन भन्ने कुरा एमालेको ०४६ सालदेखि अहिले सम्मको व्यवहारले प्रष्ट पारिसकेको छ । त्यसकारण एमालेको अहिलेको महाधिवेशनमा ओली वा इश्वर पोखरेल जुन पक्षले जिते पनि कुनै तात्विक फरक पर्ने विषय थिएन र गर्दैन पनि । दोस्रो कुरा एमालेको यो महाधिवेशनले उनीहरुको विधान महाधिवेशनको कुनै औचित्य छैन भन्ने कुरा प्रष्ट ग¥यो । ४ महिना पहिले उनीहरुले विधान महाधिवेशन गरेर विधान बनाएका थिए त्यो विधान लागू गर्ला अहिले ओली पक्षले आफ्ना अनुयायीहरुलाई समेट्न नसक्ने अवस्था देखेपछि उनीहरुले स्थायी समितिमा विधान संशोधन गर्ने प्रस्ताव ल्याएका थिए ।
इश्वर पोखरेल पक्षले त्यसको विरोध गरेका थिए । केन्द्रीय समितिमा ओलीको बहुमत भएकाले केन्द्रीय समितिबाट विधान संशोधनको प्रस्ताव पारित गराएर विधान महाधिवेशनले पारित गरेको विधान संशोधन गरियो ।३÷४ महिनाको बीच मै विधान महाधिवेशनले पारित गरेको विधानले काम गर्न नसके पछि त्यो विधान महाधिवेशनको औचित्य नभएको कुरा प्रष्ट हुन्छ । तेस्रो कुरा एमालेको यो महाधिवेशनमा चर्चा पाएको विषय उमेर हद पनि हो । एमालेले पहिले ७० वर्ष भन्दा माथिका व्यक्ति नेतृत्वमा उठ्न नपाउने व्यवस्था गरेको थियो । यो व्यवस्था गर्नेमा केपी ओली पनि थिए र उनकै प्रयासमा त्यस प्रकारको व्यवस्था अनुसार केपी ओली यो महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार बन्न सक्ने थिएनन् । त्यसैले उनले विधान महाधिवेशनमा उमेर हदको प्रावधान हटाइ दिए । यो उमेर हदको विषय अरुमा लागू हुने बेलासम्म ओलीले समर्थन गरे तर जब त्यही प्रावधानले उनी पुनः प्रमुख पदमा दोहोरिन नपाउने भए पछि प्रावधान नै हटाइदिए यसले ओली मा भएको हद दर्जाको अवसरवादलाई नै उजागर गर्दछ ।
वास्तवमा पार्टीको प्रमुख हुनलाई उमेर हदको व्यवस्था सही होइन र यो अवैज्ञानिक हो । पार्टीको सबभन्दा प्रमुख कुरा सिद्धान्त विचार हो र त्यसपछि संगठन हो ।पार्टीमा सक्रिय भएर काम गर्न सक्ने क्षमता प्रत्येक व्यक्तिको उसको स्वास्थ्य क्ष्मताको आधारमा फरक फरक हुन्छ । कसैको स्वास्थ्य अवस्था ८०÷९० वर्ष समय पनि सक्रिय रुपमा काम गर्न सक्ने हुन सक्दछ फेरि अर्को कुरा पार्टी सञ्चालन गर्ने कुरा त्यतिबेलाको पार्टीको आवश्यकता अनुसार जिम्मेवारी दिनु पर्ने हुन्छ । त्यसरी जिम्मेवारी दिँदा उमेरको आधारमा होइन पार्टीको समग्र वैचारिक राजनीतिक र सांगठनिक आवश्यकताको आधारमा दिनु पर्ने हुन्छ । यही कारणले गर्दा माक्र्स, एङ्गेल्स लेनिन ,स्टालिन र माओले नेतृत्वमा बस्नु परेको थियो । त्यसकारण पार्टीको पदीय जिम्मेवारी दिन अधिकतम उमेर हदको प्रावधान राख्नु गलत कुरा हो ।एमालेले अधिकतम उमेर हदको व्यवस्था हटाउने जुन काम ग¥यो त्यो सही छ तर अहिले अधिकतम उमेर हद हटाउने जुन काम ग¥यो त्यसको पछाडिको उद्देश्य अवसरवाद थियो ।
एमालेको एघारौं महाधिवेशन भन्दा अगाडि चलेको बहसको चौथोकुरा भनेको विद्यादेवी भण्डारीको विषय हो । उनी दुइ पटक राष्ट्रपति भइसकेको व्यक्ति हुन् । उनी पार्टी जीवनमा आएर सक्रिय भूमिका निर्वाह गर्न चाहन्थिन् तर केपी ओलीले उनको पार्टी सदस्यता नै नवीकरण गरिदिएनन् ।कम्युनिष्ट पार्टीले पुँजीवादी व्यवस्थाले सिर्जना गरेका पद तथा निकायहरु “चुनाव र अन्य पद”लाई क्रान्तिको पक्षमा उपयोग गर्न सकिने हद सम्म उपयोग गर्दछ । यो व्यवस्था एउटा प्रतिक्रियावादी पुँजीवादी व्यवस्था हो । त्यसको राष्ट्रपति पदमा एमालेले विद्यादेवी भण्डारीलाई पठाएको थियो ।त्यही कारण देखाएर विद्यादेवी भण्डारीलाई पार्टी प्रवेशमा प्रतिबन्ध लगाउनु गलत हो । विद्यादेवी भण्डारीको पार्टी प्रवेशले नेकपा एकालेलाई के नोक्सान पु¥याउँथ्यो ? निश्चित रुपमा केपी ओलीको विकल्पमा उनी आउने सम्भावना थियो ।त्यसैले केपी ओलीले आफ्नो पार्टीको हितलाई ध्यानमा राखेर होइन कि आफ्नो व्यक्तिगत हितलाई प्राथमिकतामा राखेर विद्यादेवी भण्डारीलाई पार्टी प्रवेशबाट रोके । माथि उल्लेखित यी सबै गलत कुराहरुलाई एमालेको ११औं महाधिवेशनले अनुमोदन गरेको छ ।कठै एमाले महाधिवेशन प्रतिनिधिहरुको चेतना !





























