मूल नारा तय : ‘साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन बहिष्कार गरौ ! स्वाधीन संयुक्त सरकार गठन गरौं’

मूल नारा तय : ‘साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन बहिष्कार गरौ ! स्वाधीन संयुक्त सरकार गठन गरौं’

पौष ७ गते सबै जिल्ला सदरमुकामहरुमा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम सार्वजनिक गरिने

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको हालै सम्पन्न स्थायी समितिको बैठकले संसदीय निर्वाचन बहिस्कारको मूल नारा तय गरेको छ । मंसिर २९ देखि पुष २ सम्म सम्पन्न पार्टी महासचिव सीपी गजुरेल गौरवको अध्यक्षतामा सम्पन्न बैठकले ‘साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन बहिष्कार गरौ ! स्वाधीन संयुक्त सरकार गठन गरौं !’ भन्ने मूल नारा तय गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय स्रोतले दिएको जानकारी अनुसार आगामी संसदीय निर्वाचन बहिस्कारसम्बन्धी संघर्षका कार्यक्रमबारे पनि निर्णय गरिएको छ । बैठकले पौष ७ गते सबै जिल्ला सदरमुकामहरुमा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम सार्वजनिक गर्ने पनि निर्णय गरेको छ । बैठकले माओ दिवसका दिन पौष ११ गते काठमाडौंमा हुने केन्द्रित जनसभालाई भव्य रुपमा सफल पार्ने निर्ण गरेको छ । र, सोही अनुसार पार्टीपंक्ति, जवस मोर्चालाई भूमिका खेल्न निर्देशित गरिएको छ ।