यो सत्ता नेपालका
जनताको होइन ,
दलालहरूको चौकी हो,
शान्ति पाईँदैन ।
भोट माग्ने नेताहरू
जनता ठग्न डुल्छन् ,
सत्ता पाएपछि भने ,
जनतालाई भुल्छन् ।
भोटलाई बजेटले
छुन सकिँदैन ,
कानुनलाई लुकाइन्छ,
देख्न सकिँदैन ।
साम्राज्यवादको छायाँमा
स्वाधीनता हुँदैन,
विस्तारवादको आडमा
न्याय जन्मिँदैन।
अब सुधार होइन,
रङ्गरोगन होइन ,
परिवर्तन चाहिन्छ,
रोकिने वाला छैन ।
,
श्रमिक,किसानको सत्ता
मात्र नारा होइन ,
आवश्यकता हो यो,
बाँकी रहने छैन ।
उठ जनता ! दलाल सत्ता
फाल्न बाँकी छ।
जनसत्ता कायम गरी
चल्न बाँकी छ।
मिति स्२०८२ मंसिर २७ गते






























