एक जुझारू योद्धा क.तिलक खाती

एक जुझारू योद्धा क.तिलक खाती

सहिद गाथा

सामन्ती–ब्राह्मणवादी राज्यसत्ताबाट आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा सदियौंदेखि पछाडि पारिएका नेपालका लाखौँ दलित समुदायको अत्यन्त उत्पीडित वर्गमा जन्मिएर जातीय मुक्ति आन्दोलन र वर्गसङ्घर्षको आँधीबेहरीमा होमिनुभई दुश्मनसँग लड्दा–लड्दै वीरगति प्राप्त गर्ने क्रान्तिकारी वीर योद्धा महान्् सहिद तिलक खाती (वि.क.) ‘क.विवश’ को जन्म बुबा रूद्रबहादुर खाती र आमा उजेली खातीको दोस्रो सन्तानका रूपमा २०४० साल भदौ १५ गते चितवन जिल्लाको माडी बघौडा गा.वि.स.स्थित ब्रह्मपुरमा एउटा निम्न परिवारमा भएको थियो । कमरेड तिलकको परिवारमा एक दिदी, एक भाइ र बाबु–आमा गरी पाँच जना हुनुहुन्थ्यो । सानै उमेरदेखि विद्रोही र तीक्ष्ण दिमाग भएका तिलक खातीको औपचारिक शिक्षाको प्रारम्भ गाउँकै ब्रह्मपुर प्रा.वि.बाट भएको थियो । उहाँले माडी मा.वि. वसन्तपुरबाट एस.एल.सी. पास गर्नुभई माडी बहुमुखी क्याम्पसमा अध्ययन गर्नु अघिदेखि नै उहाँको माओवादी कार्यकर्तासँग भेटघाट भइरहन्थ्यो । क्याम्पस अध्ययन गर्ने क्रममा महान्् सहिद क.कमल सुयँलसँगको सङ्गतबाट प्रभावित बन्नुभएका उहाँ क्याम्पसमा अखिल क्रान्तिकारीको इकाई सदस्य बन्दै माडी इलाका सदस्य बन्नुभएको थियो ।

लाखौँ विद्यार्थीको शैक्षिक अधिकारलाई केन्द्रमा राखेर वर्गसङ्घर्षको सहयोगी सङ्गठन बनेको सङ्गठन अखिल (क्रान्तिकारी) मा क्रियाशील बन्दै जानुभयो । आफूजस्तै सामन्ती राज्यसत्ताद्वारा अपमानित र अमानवीय व्यबहार भोग्दै आएका लाखौँ दलितहरूको मुक्तिको मार्ग भनेको वर्गसङ्घर्षको बाटो भएको र सशस्त्र विद्रोहको आँधीबेहरी सृष्टिबाट मात्र उत्पीडितवर्गको समस्या समाधान गर्न सकिन्छ भन्ने वैज्ञानिक विचारको आधारमा निरन्तर क्रान्तिको मार्गमा लाग्नुभयो । विभिन्न थरीका दलित सङ्गठनहरूले दलित मुक्ति आन्दोलनका नाममा विकृत तुल्याउँदै लगेकोमा चिन्तित उहाँ आन्दोलनमा देखिएको संशोधनवादी र यथास्थितिवादका विरुद्ध वैचारिक सङ्घर्षसमेत चलाउनुभयो । जातीय मुक्ति आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसँग एकाकार गर्दै हिन्दू उच्च जातीय अहङ्कारवादी राज्यव्यवस्थाको पूर्ण अन्त्य र सर्वहारावर्गको राज्यसत्ता प्राप्त गर्ने २१औँ शताब्दीको ‘मालेमावादी’ विचारबाटै दलित समस्या हल गर्न सकिने ठहर गर्दै उहाँ जनयुद्धको महासमरमा होमिनुभयो ।
नेपाली क्रान्ति आफ्नो मौलिकता र विशेषतासहित प्रयोग भयो । पहिलो वार्ता असफल भएपश्चात् ने.क.पा. (माओवादी) ले एकैसाथ दाङ र स्याङ्जामा भीषण फौजी हमला ग¥यो । तत्पश्चात् देउवा सरकारले देशभरि सङ्कटकालको घोषणा गरेपछि शान्तिपूर्ण अवस्थामा क्रान्तिका ठुल्ठूला गफ हाँक्नेहरू युद्धको कठिनभन्दा कठिन परिस्थितिमा आन्दोलनबाट किनारा लागे । तर कमरेड तिलक खाती निरन्तर क्रान्तिको प्रक्रियामा दृढतापूर्वक आत्मसात् गर्दै उच्च क्रान्तिकारी छवि प्रस्तुत गर्नुभयो ।
सङ्कटकालको बहानामा शाहीसेनाले माडीवासी जनतामाथि दमनचक्र चलाएपश्चात् दुश्मनको यातनाबाट पीडित खासगरी युवाहरू बाध्य भएर प्रवासिनुपर्ने, दुश्मनसँग आत्मसमर्पण गर्नुपर्ने वा जनता र क्रान्तिको पक्षमा दृढतापूर्वक खडा हुनुपर्ने स्थितिको सृजना भएपछि मुक्ति वा मृत्युको कसम खाएर जनता र पार्टीको कठिन स्थितिमा पनि साथ रहने प्रतिबद्धता जाहेर गर्नुभएका उहाँ क्रान्तिको भीषण दौरानमा अन्य कमरेडहरूसँग नेपाली जनताले सञ्चालन गरेको महान्् जनयुद्धमा लामबद्ध हुँदै पूर्णकालीन कार्यकर्ता बन्ने प्रण गर्नुभयो ।

बर्सौंदेखि चितवन निकुञ्जको वन्यजन्तु संरक्षणका लागि जनताको करबाट पालिएका शाही जल्लादहरूले जनताका छोराछोरीहरूलाई हत्या र गिरफ्तार गर्न उद्दत रहे । दुश्मनले आरक्षभित्रको कसरा, बनकट्टा र वगही पोष्टमा सधैं चौपाया थुन्ने गरेको खोरमा स्वाभीमानी माडीवासी जनता र माओवादी समर्थकलाई थुनेर चरम यातना र हत्या गरियो । उक्त खोरलाई हिटलरको यातना शिविर बनाइयो । तर यसले कमरेड तिलकलाई दुश्मनप्रति घृणा र आक्रोश पैदा गर्ने मलजलको काम ग¥यो । उहाँले पार्टी क्रान्तिप्रति आफूलाई सदा समर्पण गर्दै छोटो समयमा क्रान्तिकारी छवि बनाउन सफल हुनुभयो । ज्यादै चलाख, फुर्तिलो, छिट्टै निर्णय लिन र दिन सक्ने क्षमताका धनी क.खाती वर्गदुश्मनसँग पौठेजोरी खेल्दै सचेतन ढङ्गबाट वैज्ञानिक योजनाको आधारमा युद्धको अग्रिम मोर्चामा लड्नुहुन्थ्यो । यसर्थ, चौतर्फी क्रान्तिकारी व्यक्तित्व भएको कारण २०५८ सालमा युद्धको आवश्यकताअनुसार उहाँ जनमुक्ति सेनामा काम गर्नुभयो ।

२०५९ सालमा रूपन्देही जिल्लामा स्थानान्तरण भएर स्पेशल टाक्स फोर्समा रहेर बुटवल र भैरहवाजस्तो दुश्मनको सामरिक महŒव राख्ने भूगोलमा शाहीसत्ताका भरौटेहरूसँग गर्जनुभयो । सहरभित्र हुने प्रायः सबै फौजी कारबाहीहरूमा उहाँको सक्रिय सहभागिता र नेतृŒवदायी भूमिका रह्यो । जनमुक्ति सेनाको नियमलाई अक्षरस पालना गर्ने क.खाती जनमुक्ति सेनाको एस.टि.एफ. सेक्सन कामाण्डर पनि हुनुहुन्थ्यो । वर्गदुश्मनप्रति घृणा गर्ने, आफ्नो वर्गप्रति स्नेह र माया गर्ने श्रमजीवी वर्गलाई सम्मान र आदर गर्ने उहाँको स्वभाव र क्रान्तिकारी चरित्र थियो ।

यसरी जनताको प्यारो छोरा तथा दलित समुदायको पिछडिएको वर्गबाट क्रान्तिमा कटिबद्ध रहने क्रान्तिकारी वीर योद्धा क.विवशलाई शाहीसेनाका जल्लादहरूले २०६० साल कार्तिक १४ गतेका दिन कार्यक्षेत्र रूपन्देहीमा हत्या ग¥यो । अद्भूत त्याग, तपस्या र साहसिक बलिदानी दिएर क.खाती सहिदहरूको बाटोमा आफूलाई पनि उभ्याएर वीरतापूर्वक विजय प्राप्त गर्दै आफूलाई उच्चकोटिमा उभ्याउनुभयो । क.तिलक कहिल्यै नअस्ताउने नक्षत्र र कहिल्यै नझुक्ने घामजस्तै अटल र अमर रहनुहुनेछ । नेपाली राजनीतिक इतिहासमा मात्रै नभएर अन्तर्राष्ट्रिय सर्वहारावर्गीय आन्दोलनको इतिहासमा कहिल्यै नअस्ताउने ताराका रूपमा आफ्नो नाम दर्ज गर्नुभयो । एउटा क्रान्तिकारी व्यक्तिले दिनुपर्ने रगतको कोटा चुक्ता गरेर हामी बाँच्नेहरूलाई २१औँ शताब्दीको क्रान्ति सम्पन्न गर्ने जिम्मा छोडेर जानुभएको छ । उहाँको उच्च सहादतले साम्राज्यवाद र विस्तारवादको अन्त्यको ढोका खोलेको छ भने संसारभरिका सर्वहारा श्रमजीवी वर्ग एवम् दुःखी गरिबहरूको राज्यसत्ता स्थापना गर्ने ऊर्जा प्रदान गरेको छ ।

विश्वमा दुर्लभ जनावरहरूको बासस्थान र विदेशीहरूका लागि पर्यटकीय स्थल चितवन राष्ट्रिय निकुञ्जलाई शाहीसेनाले क्रान्तिकारीहरूको हत्या गर्ने मानव वधशालाको रूपमा परिणत गर्दै २१औँ शताब्दीको सभ्य र वैज्ञानिक समाजको खिल्ली उडाउँदै बर्बर जङ्गली हत्या ग¥यो । तसर्थ, दश बर्से महान्् जनयुद्ध र १९ दिने ऐतिहासिक जनआन्दोलनले सामन्ती ब्राह्मणवादी राज्यसत्ताको लुटको शासन च्यातिदिएको छ । सहिदहरूको बलिदानबाट जातपात र छुवाछुतजस्तो निकृष्ट र अमानवीय व्यवहारमा परिवर्तन ल्याउँदैछ । तर यतिबेला मुलुक इतिहासको सङ्गीन मोडमा छ । वर्गसङ्घर्ष घनीभूत ढङ्गबाट अघि बढेको छ । महान्् सहिदहरूले छोडेर गएको अधुरो सपनालाई पूरा गर्ने महान्् क्रान्तिको अभिभारा हामी बाँचेकाहरूमाथि आएको छ । भूमण्डलीकृत विश्व साम्राज्यवादलाई परास्त गरी २१औँ शताब्दीको ऐतिहासिक नेपाली क्रान्ति सम्पन्न गर्ने महान्् जिम्मेवारी क्रान्तिकारीहरूको काँधमा आएको छ । कमरेड तिलकलगायत महान्् सहिदहरूप्रति लाल–सलाम !