गुल्मी -क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गुल्मी जिल्ला समितिको आयोजनामा सत्यवतीको जोहाङ खैरेनी बजारमा शुक्रवार कोणसभा गरिएको छ । पार्टीको केन्द्रीय योजना अनुसार भण्डाफोर कार्यक्रम गरिएको र अन्य पालिकामा समेत कार्यक्रम विस्तार गर्ने केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी टिका रानाले जानकारी दिनुभयो । कार्यक्रममा उहाँले स्वाधीन संयुक्त सरकार आवश्यक रहेको बताउनुभयो । कार्यक्रमका संचालन क्रान्तिकारी युवा संघ नेपालका नेता संगीन भ्यु थापाले भष्ट्राचारीलाई जनताले खेद्ने दिन आइसकेको बताउनुभयो ।
यसैबीच २६ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गुल्मी जिल्ला समितिको पुर्ण बैठक समेत सम्पन्न भएको पार्टीले जनाएको छ ।





























