साम्राज्यवाद, प्रतिगमन तथा यथास्थितिको विरुद्ध स्वाधीन संयुक्त सरकारको माग गर्दै भण्डाफोर सभा

साम्राज्यवाद, प्रतिगमन तथा यथास्थितिको विरुद्ध स्वाधीन संयुक्त सरकारको माग गर्दै भण्डाफोर सभा

सात वटै पालिकाको बिभिन्न स्थानमा कोण सभा गरेर जनसभाको तयारी

नवलपरासी २८ कार्तिक – साम्राज्यवाद, प्रतिगमन तथा यथास्थितिको विरोध गरौं! स्वाधीन संयुक्त सरकार गठन गरौं ! भन्ने नाराका साथ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीले बर्दघाटमा भण्डाफोर स्वरुप कोण सभा गरेको छ । शुक्रवार बर्दघाटको हरियाली नगर साइड बसपार्कतर्फबाट बर्दघाट नगरपालिका चोक हुदै निकालिएको जुलुसले हाटबजारमा पुगेर कोण सभामा परिणत भएको थियो ।
भ्रष्टाचार विरुद्धको अभियान संचालन गरिरहेको उक्त पार्टीले जेनजी बिद्रोहलाई दिशाबिहीन बनाएर बिदेश शक्तिकेन्द्रको इशारामा कठपुतली सरकार बनाइएको भन्दै बिरोध प्रदर्शन गरेको हो । कालो ब्यानर सहित कम्युनिष्ट पार्टीको झण्डा र प्ले कार्ड सहित बिरोध कार्यक्रम गरिएको हो ।
स्वाधीन संयुक्त सरकार गठन गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर, भष्ट्रचारीहरु होसियार, दलालहरु खबरदार जस्ता नारा लगाउदै क्राकपा नेपालका नेता कार्यकर्ताले नाराबाजी गरेका थिए ।
कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले जेनजीको माग भ्रष्टाचार बिरुद्व र सामाजिक सन्जाल बन्दको विपक्षमा रहेको र त्यो मागको पक्षमा आफुहरुले बिगत देखि आन्दोलन गर्दै आएको बताउदै अबको राजनीतिक निकास स्वाधीन संयुक्त सरकार मात्र रहेको औल्याउनुभयो ।
कोणसभामा क्रान्तिकारी संयुक्त मोर्चा नेपाल नवलपरासी संयोजक चुडामणि भण्डारीले स्वाधीन संयुक्त सरकारको लागि देशभक्त, जनवादी , क्रान्तिकारी र बामपंथीहरु एकजुट हुने समय आएको र त्यसबाट मात्र देश जोगाउन सकिन बताउनुभयो ।
कार्यक्रमलाई मंसिर ५ गते सम्म सात वटै पालिकाका बिभिन्न स्थानमा सम्पन्न गरेर बृहत जनसभाको तयारी गरिने पार्टीका जिल्ला सेक्रेटरी रवि पाण्डेयले जानकारी दिनुभयो ।