
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका के.स.स. एवं १५ नं ब्यूरो सचिव डिल्लीराम बोहोराका दाजु तथा पार्टीका संगठित सदस्य झापा जिल्ला दमक नपा–३ निवासी भबिन्द्र बोहोराको सवारी दर्घटनामा परी भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक बोहराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । पार्टीका ब्यूरो सचिव विवेकले जारी गरेको शोक वक्तव्यमा भनिएको छ, “ कमरेड भविन्द्र बोहराको सवारी दुर्घटनामा परी उपचारको क्रममा नोवेल शिक्षण अस्पताल, विराटनगरमा २०८२–०६–०४ गते दुःखद निधन भएको घटनाबाट हाम्रो पार्टी दुःखी एवं स्तब्ध भएको छ । यो दुःखद अवस्थामा दिवंगत कमरेड भवन्दि बोहोरा प्रति भावपुर्ण श्रद्वान्जली अर्पण गर्दै सोकाकुल परिवारका सदस्यहरुमा गहिरो समवेदना प्रकट सहित क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल १५ नं. ब्युरो शोक व्यक्त गर्दछ ।”



























