नेपाल सम्बत ११४६ मा नेवाः राष्ट्रिय मुक्ति मोर्चाको शुभकामना : ‘देश अग्रगामी दिशामा अगाडि बढ्न सकोस्’

नेपाल सम्बत ११४६ मा नेवाः राष्ट्रिय मुक्ति मोर्चाको शुभकामना : ‘देश अग्रगामी दिशामा अगाडि बढ्न सकोस्’

काठमाडौं । नेवाः राष्ट्रिय मुक्ति मोर्चाले नेपाल सम्बत्को नयाँ वर्ष ११४६ को अवसरमा शुभकामना वक्तव्य जारी गरेको छ । मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले जारी गरेको वक्तव्यमा भनिएको छ, “नेपाल सम्बत्का प्रवर्तक सर्वसाधारण श्री शंखधर साख्वाःद्वारां जनताको ऋण तिरेर देशको नाममा स्थापित गरिएको सम्बत् हो । ११४६ वर्ष अगाडि शुरु भएको नेपाल सम्बत् राष्ट्रियता र जनकल्याणले भरिपूर्ण गौरवशाली राष्ट्रिय जनसम्बत् हो । नेपालीहरुको चाडपर्व तिहार अन्तर्गत म्हःपुजाका दिन नयाँ वर्षको शुरुवात हुने हुँदा नेपालको संस्कृतिले पनि यो भरिपूर्ण सम्बत् हो । त्यसैले नेपाल सम्बत् आफैमा देशको राष्ट्रियता, संस्कृति र जनकल्याण अन्तरनिहित गौरवशाली सम्बत्को रुपमा रहेको छ । तरं जनताको लामो संघर्षलें राज्यद्वारा यस सम्बत्लाई राष्ट्रिय सम्बत् भनिन बाध्य भएतापनि सोही अनुसार व्यवहारिक रुपमा मान्यतां दिइएको छैन । नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाः सर्वप्रथमं यस्तो गौरवशाली सम्बत् नेपाल सम्बत्को नयाँ वर्ष ११४६ को शुभअवसरमा सम्पूर्ण नेपाली जनतामा सुस्वास्थ्य र प्रगतिको कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछ ।”
जेनजी विद्रोहपछि विकसित परिस्थितिमा संयुक्त स्वाधीन सरकार बनाई जनसंविधान र जनताको व्यवस्था निर्माण गर्न सक्दा मात्र देशमा विद्यमान समस्या हल हुने भन्दै वक्तव्यमा भनिएको छ, “आजं संसदीय व्यवस्था र पार्टीहरुका देशघाती र जनघाती गतिविधिहरुद्वारा सिर्जित युवा बेरोजगारी, महंगी, भ्रष्टाचार र बेतिथिले देश र जनता आक्रान्त भइरहेको वेला जेनजी आन्दोलनका कारण ओली सरकार ढलेर गैरपार्टी शुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । सामाजिक संजाल चालु गर्नुपर्ने, भ्रष्टाचार अन्त्य तथा भ्रष्टाचारीहरुलाई कार्वाही गर्नुपर्ने र सुशासनको व्यवस्था हुनुपर्ने नाराहरु अन्र्तगतं सर्वसाधारण सोझां जेनजीहरुको हजारौँ संख्याको सहभागितासहित जेनजी आन्दोलन भएको थियो । तर यसका आयोजक भने जेनजीका नाममा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादद्वारा समर्थित भूमिगत गिरोहहरुद्वारा संचालित रह्यो । साथै यस आन्दोलनमा प्रतिगामी शक्ति र संसदीय पार्टीहरुको पनिं घुसपैठ भयो । त्यसैले यस आन्दोलनमा धनजनको ठुलो क्षति भएको छ । यसको परिणामको रुपमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको कठपुतली सरकार निर्माण भएको छ । यस सरकारले बढिमा गर्ने काम भनेको निर्वाचन गरी संसद बनाउने हो । तर डरलाग्दो कुरा भनेको वैदेशिक हस्तक्षेपलाई अझ तीब्र बनाई देशको स्वाधीनतामाथि गंभीर खतरा पैदा गर्ने स्थिति निर्माण भएको छ ।
त्यसैले यस संकटको अन्य गर्न देशभक्त, प्रगतिशील र बामपंथीहरुको संयुक्तः स्वाधीन सरकार अपरिहार्य छ । संयुक्त स्वाधीन सरकार बनाई जनसंविधान र जनताको व्यवस्था निर्माण गर्न सक्दा मात्र देशको समस्या हल हुनेछ । यसका लागि सम्पूर्णं उत्पीडित जनता एक भएर सतर्कतापूर्वक अगाडि बढ्नु आवश्यक छ । आज यस गौरवशाली राष्ट्रिय सम्बत् नेपाल सम्बत् ११४६ नयाँ वर्षको अवसरमा पुनः सम्पूर्ण नेपाली जनतामा यस अग्रगामी दिशामा पनि अगाडि बढ्न सकोस्, हार्दिक शुभकामना !”