सिन्धुली । सिन्धुली धुरा बजार बस्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति सिन्धुलीको जिल्ला सल्लाहकार समितिको सदस्य कमरेड बुद्धिलाल बिश्वकर्मा ’सितल‘को यही २०८२साल असोज ४गते ६४ बर्षको उमेरमा शंकास्पद निधन भएको छ । यो दृर्घटनाले जिल्ला पार्टी र जिल्ला भरिका संपूर्ण कमरेडहरूलाई स्तब्ध तुल्याएको छ । उहाँ काठमाडौंबाट जेठा छोरालाई उपचार गरी बीपी राजमार्ग हुँदै मोटरसाइकलमा जादै गर्दा खुर्कोटबाट माथि माथिल्लो बारा भन्ने स्थानमा मोटरसाइकल सडकमा राखिएको र पचास मिटर तल उहाँको सब भेटिएको थियो भने उहाँको बिरामी छोरालाई अझैसम्म भेट्न सकिएको छैन ।
यस सम्वन्धमा सिन्धुली जिल्ला पार्टी सेक्रेकटरी जीवनले एक वक्तव्य प्रकाशित गर्दै यो केशको सत्य तथ्य पत्ता लगाई घटनामा संलग्न व्यक्तिको खोजीगरी कानूनी कारबाही गरियोस भन्नु भएको छ । वक्तव्यमा मृतक कमरेड प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल संपूर्ण आफन्त परिवार जनमा हार्दिक समवेदना व्यक्त गरिएको छ ।
वक्तव्यको पूर्ण पाठ तल दिइएको छ ः