युवा तिमी आँधि हौ आगो हौ
भत्कायौ आवेगले पुरानो आहरिस
तर रोपिएन नयाँ स्वर र शब्दहरू
हतियार, अर्कैले बोक्यो
तिम्रा हाम्रा सपनाहरू फेरि चुडिए अचानक
तिमीले घोकेको अन्यायको सीमा रेखा
खोइ भत्कियो कसरी ?
न बुद्ध पढ्यौ न माक्र्स
बरू बोक्यौ गोरेहरूको प्रयास
तिम्रो मुठीको क्रान्तिको बल,
नयाँ युगको उधारो झलमल
पोलियो पुराना किताबहरू
जलेर गए नयाँ अक्षरहरूले
लेख्न खोजेका दस्तावेजहरू
युवा ! तिमीले सडक हाम्रो हो गीत गायौ
नाराहरू पुराना थिए ढोलक बजायौ
कहिल्यै नझुक्ने, नथाक्ने आँट सजायौ
भन त युवा तिमीलाई कसले भुलायो ?
हो, तिमी डिजिटल युगका विद्रोही वीर
अनायासै ढालियो तिम्रो शीर
न्यायको निम्ति भएनन् गम्भिर
तिमी हामी, बदलिँदो इतिहास त हौ नि
अहारिसेको रिसमा जुटेका पनि हौ नि
अधिकारको खोजीमा उठेका तिम्रा स्वरहरू
कसरी थुनियो गोरेहरूको चोर औंलाले ?
अलिकति डर पलाएको छ कि छैन,
तिम्रो तागत बसाइँ सरेको हो कि होइन ?
के तिमीले बुझेका छौ त साँच्चै
लेनिनको ब्याज खाएर डारिडाको झण्डा बोक्नेको दाउ
के तिमीले देखेका छौ त वीरहरूको छाती डढेको घाउ
झरी परे पनि खडेरीको यो मौसममा ?
के तिम्रो मुटुमा अलिकति
जनताको स्वर छ र
जाँची हेरेका छौ त पृय जेन जी
समताको भूगोल कहिल्यै बाझो हुन्न भन्ने आदर्श
बोक्न छोड नक्कली प्वाँखभिरेका कागहरू ।