बुटवल २३ भाद्र – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भ्रष्टाचार विरुद्धको अभियानलाई तीव्र बनाउँदै बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकालाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएको छ ।
आइतवार सैनामैना नगरपालिका र विहीवार बुटवल उप महानगरपालिकालाई ज्ञापनपत्र बुझाइएको हो ।
कार्यक्रममा पार्टीले ज्ञापनपत्र बुझाउँदै जनतालाई साथ लिएर चरणबद्ध संघर्ष अघि बढाउने चेतावनी दिएको छ ।
ज्ञापनपत्रमार्फत पार्टीले नगर भित्रको भ्रष्टाचार, अनियमितता, सार्वजनिक सम्पत्तिको दुरुपयोग, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा देखिएको कमजोरीप्रति गम्भीर आपत्ति जनाएको केन्द्रीय सदस्य तथा जिल्ला सचिव लक्ष्मीकान्त पौडेलले जानकारी दिनुभयो ।































