युवा र दलित मोर्चा नवलपरासीको जिल्ला भेलाको तयारी

युवा र दलित मोर्चा नवलपरासीको जिल्ला भेलाको तयारी

युवा आन्दोलन र दलित आन्दोलनमा कोशेढुङ्गा बन्ने

नवलपरासी २६ साउन : नवलपरासीमा क्रान्तिकारी युवा संघ नेपाल र क्रान्तिकारी दलित मुक्ति मोर्चाको जिल्ला भेलाको तयारी तीब्र पारिएको छ । दुबैको जिल्ला कार्यालयको बैठक आइतबार सम्पन्न गरेर २८ गतेको भेला सफल बनाउन तयारी गरिएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीले जनाएको छ । युवा संघको बर्दघाट र दलित मोर्चाको सुस्ता १ मा भेला आयोजक समितिको कार्यालय बैठक भएको हो । सो अवसरमा पार्टी बैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी रवि पाण्डेयले प्रशिक्षणात्मक भनाइ राख्नु भएको थियो । युवाको बैठकमा संघका केन्द्रीय सदस्य राजेन्द्र न्यौपाने र जिल्ला संयोजक राम प्रसाद अर्गेजा ,दलित मोर्चाको बैठकमा केन्द्रीय सदस्य एवं जिल्ला संयोजक सोम बहादुर बिश्वकर्माले योजना बारे सुझाव राख्नुभएको थियो ।

Oplus_0