प्रेमकुमारी खत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

प्रेमकुमारी खत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बारा जिल्लाको सिमरा बजार निवासी प्रेम कुमारी क्षेत्रीको २०८२ साल जेठ ११ गते विहान २ बजेर २३ मिनेट जाँदा ९३ वर्षको उमेरमा दुःखद निधन भएकोमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । उहाँ पार्टीका केन्द्रीय समिति सदस्य कर्ण थापाकी ममतामयी आमा भएको भन्दै दुःखको यस घडीमा कर्ण थापा लगायत सम्पूर्ण शोकाकूल परिवार, शोकसन्तप्त आफन्तजन तथा उहाँका साथी संगिनीहरुमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

पार्टीका कार्यवाहक महासचिवले जारी गरेको शोक वक्तव्यमा उहाँको निधनबाट पार्टीले एकजना असल शुभचिन्तक र परिवारले कुशल अभिभावक गुमाएको उल्लेख गर्नुभएको छ । मृतक प्रेमकुमारी खत्रीका श्रीमान, जेठा छोरा र जेठी छोरीको पहिल्यै निधन भइसकेको छ । उहाँका एक छोरा, बुहारीहरु र दुई छोरी सहित १७ जना नाति, नातिनाहरु हुनुहुन्छ ।

Prem Kumari Kshetri