काठमाडौं । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी इनिशा विकलाई न्यायका माग गर्दै बिहीबार माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरुले हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।

त्यस्तै, देशभर भएका बलात्कारका घटनाको निष्पक्ष छानबिनका लागि उच्च स्तरीय आयोग गठन गर्न माग गरेका छन्। जात व्यवस्था उन्मूलन मोर्चा नेपाल र वैज्ञानिक समाजवादी विद्यार्थी संगठन लगायतको आयोजनामा प्रदर्शन गरिएको हो।































